निर्णय नं. ८३३८ - गुठी कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३३८ - गुठी कायम भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०१/०२ ४३८१ निर्णय नं. ८३३८ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६४ सालको NE – ००५९ आदेश मितिः २०६७।१।२।५ मुद्दा :— गुठी कायम । पुनरावलोकनकर्ता वादीः गुठी संस्थान सञ्चालक समिति, गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं र आफ्ना हकमा समेत गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासक सेमन्तराज चापागाई विरुद्ध प्रत्यर्थी प्रतिवादीः नारायणप्रसाद लामिछानेको मु.स.गर्ने काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने ईश्वरीदेवी लामिछाने समेत यस अघि फैसला गर्नेः मा.न्या.श्री दामोदरप्रसाद प्रजापति मा.न्या.श्री वोधरीराज पाण्डे सर्वोच्च अदालतः– मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी मा.न्या.श्री शारदा श्रेष्ठ § केवल पहिलेदेखि अविछिन्न दर्तावाला मोही रहेको भन्ने बिना तथ्यको लेखाई सम्मकै आधारलाई अदालतले प्रमाणको रुपमा ग्रहण गर्नु कानूनसंगत नहुने । (प्रकरण नं.२) § कुनै पनि जग्गामा मोहीको हैसियतले दावी गर्ने व्यक्तिले त्यस्तो जग्गाको जग्गाधनी हो भनी देखाएको जग्गाधनीले नै आफू जग्गाधनी नभएको भनी मुद्दा मामिलाको रोहबाट खण्डन गरिसकेको र त्यसलाई अन्यथा प्रमाणित गराउन नसकेको स्थितिमा केवल मोही हुँ भनी दावी गरेकै आधारमा मात्र त्यस्तो जग्गामा निजको मोही हक सिर्जना हुने र पछिसम्म सो मोही हकले निरन्तरता पाउन नसक्ने । (प्रकरण नं.६) § कसैबाट चुनौती नदिई सक्षम अदालतबाट अन्तिम भएको फैसलाको अन्तरवस्तुमा असर पर्ने गरी अदालतबाट पुनः इन्साफमा प्रवेश गरी बोल्न नमिल्ने । (प्रकरण नं.१२) § पहिले दायर गरेको मुद्दामा यिनै प्रत्यर्थीहरूले प्रस्तुत गरेको हकको स्रोतलाई वैधानिक हकको प्रमाणको रुपमा अदालतले स्वीकार नगरी अन्तिम भई वसेको विषयमा हाल आएर सोही साविक स्रोतलाई प्रत्यर्थीहरूको हकको स्रोतको रुपमा स्वीकार गर्न र मान्यता प्रदान गर्न नमिल्ने । § पहिले दायर भएको निर्णय बदर मुद्दामा प्रमाणको मूल्याङ्कन र विवेचना समेत भई वादीको दावी खारेज हुने ठहरी सकेपछि तिनै प्रमाणको आधारमा पुनः उही जग्गामा दावी लिएको देखिएबाट त्यस्तो दावीकै भरमा यी प्रत्यर्थीहरूको मोहियानी हक कायम हुने अवस्था नरहने । (प्रकरण नं.१५) वादी तर्फबाटः विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद पौडेल प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण न्यौपाने र श्री माधव बास्कोटा अवलम्वित नजीरः नेकाप २०५३, नि.नं. ६०७१, पृष्ठ २०७ सम्बद्ध कानूनः भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१(क) अ.वं. ८५ नं. आदेश प्र.न्या.रामप्रसाद श्रेष्ठः यस अदालत संयुक्त इजलासको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– श्री पशुपति सदावर्त गुठीको साविक सिनामंगल वडा नं २ (ख) कि.न. २४७ को क्षेत्रफल ०—३—० र कि.नं. १०१ को क्षेत्रफल १—९—० जग्गाको हाल नयाँ नापी हुँदा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ९ कि.न. ४५ को क्षेत्रफल २—६—०—२ जग्गा ठहर भएको हुँदा उक्त बढ भएको जग्गाको बाली बुझाई जग्गाधनी दर्ता पूर्जा पाऊँ भनी काठमाडौं सिनामंगल बस्ने नारायणप्रसाद