निर्णय नं. ९००३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९००३ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०१/३१ ३५०९ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.९००३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की ०६८-WO-०९०४ आदेश मितिः २०७०।१।३१।३ विषयः— उत्प्रेषणयुक्त परमादेश । निवेदकः धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं.१० बस्ने धु्रवबहादुर के.सी. विरुद्ध विपक्षीः धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं.९ बस्ने राकेशकुमार गुप्तासमेत § सूचना दिँदा कुनै प्रतिनिधि उपस्थित भएन भने पनि लिलाम कार्य नरोकिने कानूनी व्यवस्था भइरहेको अवस्थामा सूचना कानूनबमोजिम प्रभावित भएको र प्रतिनिधि उपस्थित नभएको कारणबाट मात्र लिलामी प्रक्रियालाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं.३) § कानूनसम्मत् प्रक्रिया पूरा गरी तहसीलदारले पञ्चकृते मूल्य कायम गर्दा जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(५) को (क) देखि (झ) सम्मका आवश्यकताअनुसार कुनै वा सबै आधार लिन सक्ने, नियमको देहाय (ङ) समेतलाई आधार मानी निर्णय गरेको पञ्चकृते मूल्याङ्कनलाई अन्यथा भन्नुपर्ने तथा निवेदकको जग्गा कति मोलिनु पर्ने हो सो सम्बन्धमा रिट क्षेत्रबाट निर्क्यौल गर्न नमिल्ने हुँदा जिल्ला अदालतबाट जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(६) को प्रक्रियाबमोजिम नगरपालिका, स्थानीय कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधिलाई साक्षी राखी बढाबढ गरी लिलाम गर्नुपर्ने । (प्रकरण नं.५) निवेदकतर्फबाटः विद्वान अधिवक्ता भरतबहादुर राउत विपक्षीतर्फबाटः विद्वान अधिवक्ता राजन अधिकारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § जिल्ला अदालत नियमावली, २०५२ को नियम ८(२), ७५(४), ७५(५)(क) र ७५(६) § मुलुकी ऐन, अ.बं.१७ नं. आदेश न्या.वैद्यनाथ उपाध्यायः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनसहितका सम्पूर्ण कागजातहरूको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः म रिट निवेदकले विपक्षी राकेशकुमार गुप्तासँग घर खर्च गर्नको लागि मिति २०५६।२।७ गतेको दिन नगद रू.७५,०००।– लिई विपक्षीका नाममा रू.२,००,०००।– को कपाली तमसुक बनाई दिएको थिएँ । निजबाट लिएको ऋण चुक्ता गरेपछि मेरो लिखत तमसुक च्यातिदिनु पर्नेमा सो नगरी विपक्षीले सोही तमसुकको आधारमा ममाथि धनुषा जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेका थिए । धनुषा जिल्ला अदालतबाट मिति २०६२।१।२२ गतेका दिन फैसला हुँदा वादी दावी हुने गरी फैसला भएको थियो । फैसला हुनासाथ मैले पुनरावेदन गर्ने अवधि बाँकी छँदाछँदै विपक्षीले बिगो भरिभराउ गरिपाऊँ भनी निवेदन दिएता पनि उक्त निवेदन तामेलीमा राखिएको अवस्था थियो । धनुषा जिल्ला अदालतको फैसलाउपरमा म निवेदक पुनरावेदन जाँदा सो अदालतबाट मिति २०६३।६।४ गते शुरू फैसला नै सदर गर्ने गरी फैसला भएको थियो । शुरू सदर गर्ने गरी फैसला भएपश्चात् विपक्षीले बिगोको निवेदन तामेलीबाट जगाई बिगो भरिभराउको कार्य गरिपाऊँ भनी पुनः निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा धनुषा जिल्ला अदालतबाट डोर खटी गई मिति २०६४।११।२ गतेको दिन म निवेदकको नाउँमा दर्ता रहे भएको धनुषा जिल्ला यज्ञभूमि गा.वि.स.वडा नं. ५ (क) कि.नं.६९३ को क्षेत्रफल ०–६–५ जग्गा प्रतिकठ्ठा रू.२५,०००।–कायम हुने गरी मोल मुचुल्का कागज बनाएको रहेछ । सो कागजको आधारमा विपक्षीहरूले डाँक लिलाम गर्ने भनी कागज बनाएको रहेछ । म निवेदकले विपक्षीहरूले गरेको वेरीतको जायजात तायदा