निर्णय नं. ८३४५ - परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३४५ - परमादेश समेत । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०३/२२ ८७३३ निर्णय नं. ८३४५ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत २०६४ सालको रिट नं. ०६४–WO–०८६४ आदेश मितिः २०६६।३।२२।२ विषय : परमादेश समेत । निवेदकः कैलाली जिल्ला धनगढी नगरपालिका वार्ड नं. २ घर भै कारागार कार्यालय, काठमाडौं अन्तर्गत भद्रवन्दी गृहमा थुनामा रहेका किशोर भन्ने रामबहादुर हमाल विरुद्ध विपक्षीः कारागार व्यवस्थापन विभाग समेत § अदालत आफूले आदेश गरी पुर्पक्षका लागि अन्य कारागारमा पठाउने तर आफ्नै आदेशले थुनामा रहेको थुनुवालाई पेसीको जानकारी नदिने यो कार्य Fair Trail को मान्य सिद्धान्त विपरीत हुने । (प्रकरण नं.५) § फौजदारी अपराधको आरोप लागेको व्यक्तिलाई निजको विरुद्ध भएको प्रत्येक कानूनी कारवाहीको जानकारी पाउने हक हुने । § फौजदारी अपराधमा अभियोग लागेको व्यक्तिलाई उसले आफूले रोजेको कानून व्यवसायीको साथ प्रत्येक पेसीमा अदालतमा उपस्थित भई वा उपस्थित गराई आफ्नो विरुद्ध सम्पूर्ण अदालती कारवाही आफ्नै रोहवरमा भएको हेर्न पाउने अधिकार प्रत्येक Accused को मौलिक हक हो । (प्रकरण नं.८) § स्वच्छ सुनुवाईको लागि देहायको कुराहरू आवश्यक पर्दछः क) मुद्दा हेर्ने अधिकारी वा अदालत कानूनद्वारा गठित हुनुपर्छ । ख) मुद्दा हेर्ने अधिकारी Competent, Independent र Impartial हुनुपर्छ । ग) अभियोग लागेको अभियोगको बारेमा उसले बुझ्ने भाषामा तुरुन्त जानकारी गराउनुपर्दछ । घ) अभियुक्तलाई लागेको अभियोगको बारेमा उसले प्रतिरक्षालाई तयारीको लागि थुनामा रहेको अभियुक्तलाई पर्याप्त सहुलियत र समय प्रदान गरिदिनुपर्दछ । ङ) अभियोग लागेको व्यक्तिले लागेको अभियोगको बारेमा आफूले चाहेमा आफूले रोजेको कानून व्यवसायीबाट प्रतिरक्षा गराउन पाउनुपर्दछ, तर त्यस्तो अभियुक्तले आर्थिक कमजोरीका कारण आफै कानून व्यवसायी राख्न सक्दैन भने राज्यले निःशुल्क कानून व्यवसायी उपलब्ध गराइदिनुपर्छ । च) अभियोग लागेको व्यक्तिले मुद्दाको कार्वाहीमा आफै उपस्थित भै आफ्नो साक्षी प्रमाण अदालतसमक्ष प्रस्तुत गन पाउनुपर्छ र आफ्नो साक्षी बकाउन र आफ्नो विरुद्धका साक्षीको जीरह गर्न पाउने मौका पाउनुपर्दछ । छ) अभियुक्त भाषा नबुझ्ने भए उसलाई भाषा बुझ्ने दोभाषे (Interpreter) उपलब्ध गराई दिनुपर्छ । (प्रकरण नं.९) § थुनामा रहेको व्यक्तिले मुद्दामा पुर्पक्षका सिलसिलामा अदालती कारवाही हुने दिन वा मुद्दा पेसी भएको जानकारी पाउनु पर्ने । (प्रकरण नं.१३) निवेदक तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री शान्ता सेढाई विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री किरणकुमार पौडेल अवलम्वित नजीरः सम्वद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(५), (८), (९) § मुलुकी ऐन जबर्जस्ती करणीको महलको १, २, १० आदेश न्या.बलराम के.सी: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाऊँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :— म निवेदकलाई २०६३।२।१५ मा पक्राउ गरी प्रतिवादी बनाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. को कसूरमा सोही महलको २ नं. बमोजिम सजाय गरी १० नं. बमोजिम आधा अंश सर्वस्व गरिपाऊँ भनी २०६३।३।६ गते सरकारी वकील कार्यालय, नुवाकोटले नुवाकोट जिल्ला अदालतमा अभियोग