निर्णय नं. ८३४५ - उत्प्रेषण, परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३४५ - उत्प्रेषण, परमादेश । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०७/२२ ५११६ निर्णय नं. ८३४६ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजालस माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६४ सालको रिट. नं.– ०६४–WO–००८७ आदेश मितिः २०६६।७।२२।१ मुद्दाः–उत्प्रेषण, परमादेश । निवेदकः नवलपरासी जिल्ला स्थित राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, कावासोतीको तर्फबाट अख्तियार प्राप्त प्रबन्धक पुरुषोत्तम अर्याल विरुद्ध विपक्षीः गुल्मी जिल्ला अदालत, गुल्मी समेत § कानूनबमोजिम गठित कम्पनीहरूलाई विषयवस्तुको प्रकृति र अवस्थाअनुसार यस अदालतको असाधारण अधिकारक्षेत्रमा निवेदन गर्ने हक हुन्छ । संविधानको धारा १०७(२) को असाधारण अधिकारक्षेत्रमा Locus Standi केवल प्राकृतिक व्यक्तिलाई मात्र प्राप्त हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.६) § निक्षेपकर्ताको मृत्यु भएको स्थापित नभएको अवस्थामा निजका नामका निक्षेपमा रहेको रकम बण्डा गर्ने गरी भएको मिलापत्र हाल कार्यान्वयन हुन नसक्ने । (प्रकरण नं.१४) § वेपत्ता भएको भनेको भरमा निक्षेपकर्ताको Trust वा विश्वासमा चल्नुपर्ने बैंकले अदालतमा मिलापत्र गरेको भन्दैमा निक्षेपकर्ताको रकम अरुलाई दिन नसक्ने । (प्रकरण नं.१६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री भोला ढुंगाना विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरू श्री सूर्य के.सी. र श्री भीमार्जुन आचार्य अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३, धारा १२ देखि ३१ § वाणिज्य बैंक ऐन, २०३१ § वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ८१, ८१(१) § प्रमाण ऐन, २०३१ को दफा ३२ आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ ः– विपक्षीहरू कुमारी पौडेल तीर्थप्रसाद पौडेल, टेकराज पौडेल, प्रेमप्रसाद पौडेलबीच २०६४।१।२३ मा दायर भै चलेको अंश मुद्दामा गुल्मी जिल्ला अदालतबाट २०६४।१।२४ मा मिलापत्र हुँदा प्रतिवादीहरूका पति पिता एवं यस बैंकका निक्षेपकर्ता नन्दराम पौडेल बेपत्ता भएको भनी एक आपसमा मिलेमतोबाट अंश मुद्दामा मिलापत्र गरी मिलापत्रको शर्तमा विशेष ऐनअन्तर्गत स्थापित रा.वा.बैंक शाखा कार्यालय, कावासोतीमा निक्षेपकर्ता नन्दराम पौडेलले निक्षेप राखेको रकम निजको मञ्जूरी र सहमति वेगर गैरकानूनी रुपले निक्षेप समेत वण्डा गर्ने भनी मिलापत्र भएको रहेछ । गुल्मी जिल्ला अदालतले मिलापत्रबमोजिम गरिदिनु भनी लेखेको मिति २०६४।१।२४ को पत्र प्राप्त भएपश्चात् सो कुराको जानकारी हुन आएकोले यसरी भएको मिलापत्र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को प्रस्तावनाको मर्म, भावनाविपरीत हुनुका साथै सो ऐनको दफा ८.१ (१), (२), (३) र दफा ९२ समेतको कानूनी व्यवस्थाविपरीत भै सो कार्यबाट बैंकको हकहितमा प्रत्यक्ष असर पर्न गएको छ । त्यस्तो मिलापत्र वदर गर्ने अर्को प्रभावकारी उपचारको मार्ग नभएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत प्रस्तुत रिट निवेदन गर्न आएको छु । विपक्षीहरू २०६४।२।७ मा यस बैंकमा आई उक्त मिलापत्रबमोजिम निक्षेपकर्ता नन्दराम पौडेल लामो समय २०६३।२।५ देखि फेला नपरेकाले निक्षेपबाट रकम झिकी पाऊँ भनी हकदारको हैसियतले निवेदन दिएकोमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम निक्षेपकर्ता बाहेक अरु कसैको हकदावी लाग्दैन । यदि न