निर्णय नं. ८३४७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३४७ - जग्गा खिचोला भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/१२/०१ ४६८१ निर्णय नं. ८३४७ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६१ सालको दे.पु.नं. ८३५६ फैसला मितिः २०६६।१२।१।१ मुद्दा : जग्गा खिचोला पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २२ बस्ने जयन्तीदेवी जोशी बिरुद्ध प्रत्यर्थी वादीः ऐ. वडा नं. १२ बस्ने प्रेमदेवी श्रेष्ठ शुरु फैसला गर्नेः मा.न्या.श्री जनार्दनबहादुर खड्का पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री हरिबाबु भट्टराई § आफ्नो जग्गा अरुले कब्जा गरेको थाहा पाएपछि खिचोलामा नालेस गर्नुपर्ने कारण (Cause Of Action) सिर्जना भएको मान्नुपर्दछ र सोही मितिबाटै नालिस गर्ने हदम्याद सिर्जना हुने । § वादीको जग्गामा पर्खाल लगाउँदैमा वादीको स्वामित्व समाप्त हुने र प्रतिवादीको स्वामित्व सिर्जना नहुने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री पन्नामान तुलाधर, श्री विनय स्थापित र श्री जगदीश दाहाल प्रत्यर्थी वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ताद्वय श्री लक्ष्मीप्रसाद उप्रेती र श्री शालिकराम पाण्डे अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. फैसला न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :— साविक ल.पु.जि.ल.पु.न.पा वडा नं. ३ (घ) कि.नं. ४७९ को क्षे.फ. १–०–० मध्ये पूर्वतर्फबाट क्षे.फ. ०–९–० ऐ. कि.नं. १७ को क्षे.फ. २–०–० मध्ये पूर्वतर्फबाट १–७–० जग्गा मिति २०२८।२।२।१ मा जयन्तीदेवी ढुंगेलबाट म फिरादीले राजीनामा गरी लिएकोमा सोहीबमोजिम हाल ल.पु.जि., ल.पु.उप.म.न.पा. वडा नं. ३ (घ) कि.नं. ७३ को क्षे.फ. ०–३–० नाप नक्सा भएको उक्त जग्गा रेखाँकन गरी साँध सीमाना छुट्याउन नापी शाखा कार्यालय ललितपुरमा मिति २०५६।८।१८ मा स्थलगत निरीक्षण गर्दा विपक्षीको कि.नं. ६४ को क्षे.फ. १–०–० मा कि.नं. ७३ को पूर्वतर्फबाट पूर्वपश्चिम लम्बाई ११ फीट ६ ईञ्च उत्तर दक्षिण चौडाई ७८ फीट जम्मा ०–२–२ जग्गा घूसेको देखिन्छ भनी ललितपुरबाट खटिई आएका अमिनले नक्साअनुसार रेखांकन गरी प्रतिवेदन ०५६।८।२० मा नापी शाखा ल.पु.मा पेश गरेको हुँदा उक्त प्रतिवेदन मिति २०५६।८।२० मा हेरेपछि थाहा जानकारी भएकोले सो विपक्षीको कि.नं. ६४ को पश्चिमतर्फ विपक्षीले च्यापी घूसेको जति खिचोला मेटाई हक कायम गरी अड्डैबाट चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद दावी । विपक्षीले मलाई कि.नं. ६४ को जग्गा राजीनामा गरी दिँदा सो जग्गावाहेक पश्चिमतर्फ निजको कुनै जग्गा केही नरहेकोले राजीनामा लिखतअनुसारको जग्गा मैले राजीनामा गरी लिएपछि सोही मात्र भोग चलन गरी आएकोले निजको जग्गा मैले घूसाएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जयन्तीदेवीको प्रतिउत्तरपत्र । मिसिल संलग्न रहेको नक्सा मुचुल्का हेर्दा न.नं. ५ कि.नं. ६४ को ०–१४–१–२ र ६४ को जग्गाको दक्षिणतर्फ बाटोमा परेको ०–२–२ जग्गा समेत जोड्दा १–०–३–२ जग्गा प्रतिवादीको छुट्टै रहेको सो प्रतिवादीको कि.नं. ६४ पश्चिमपट्टी न.नं. ४ कि.नं. ७३ म