निर्णय नं. ८३४८ - लगत सच्याई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३४८ - लगत सच्याई पाऊँ । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/१२/०९ ३०३६ निर्णय नं. ८३४८ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६० सालको दे.पु.नं.९३३८, ८२७७ फैसला मितिः २०६६।१२।९।२ मुद्दाः– लगत सच्याई पाऊँ । पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ४ हाल थिमी न.पा. वडा नं. १५ बस्ने कान्छाभाइको मु.स. गर्ने आशालाल प्रजापती समेत बिरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८ बस्ने मञ्जू ढुङ्गाना समेत एवं पुनरावेदकः ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. १ बस्ने बलराम बस्नेत बिरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८ बस्ने मञ्जू ढुङ्गाना समेत शुरु फैसला गर्ने : भू.सु.अ.श्री जानकीराम शर्मा पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री राजेन्द्रराज पन्त मा.न्या.श्री हरिबाबु भट्टराई § अधिकारक्षेत्रविहीन निकायले गरेको निर्णयको अस्तित्व कानूनको दृष्टिमा शून्य हुने र त्यस्तो निर्णय स्वतः बदरभागी हुने हुनाले उक्त निर्णयबाट तत्कालीन मोहीहरूको मोहीयानी हकमा असर परेको सम्झन नमिल्ने । § जग्गाधनी नै कायम नभएका उनाउ व्यक्तिको नालेसका आधारमा अधिकारक्षेत्रविहीन गाउँ पञ्चायतको निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.४) § सर्जमिनको आधारमा एउटा कायम भइरहेको मोहीलाई निष्काशन गरी अर्कै व्यक्तिलाई मोही कायम गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता बालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता शम्भु थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीले न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन गरी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :— भक्तपुर जिल्ला दिब्यश्वरी गा.बि.स.वडा नं.४ (ख) को कि.नं.३००, ३८७, ३९४, ३९९ तथा २९४ समेतका जग्गा हाम्रा दाता ज्ञानीबाबा जोशीबाट मिति २०४९।५।१५ मा मालपोत कार्यालय भक्तपुरबाट राजीनामा लिखत पारित गरी लिई हाम्रो हक हुन आएको उक्त जग्गाको हकभोग र स्वामित्वमा विवाद उठाई दाता ज्ञानीवावा जोशीउपर बलराम वस्नेतले निर्णय दर्ता बदर मुद्दा दिएकोमा भक्तपुर जिल्ला अदालतबाट वादी दावी नपुग्ने ठहरी मिति २०५०।१।२९ मा भएको फैसला पुनरावेदन अदालत, पाटनबाट मिति २०५१।१२।१३ मा सदर हुने ठहरी अन्तिम भइरहेको छ । निज बलराम बस्नेतले उक्त मिति २०४९।५।१५ को राजीनामा लिखतउपर लिखत बदर तथा जालसाजी मुद्दा दिएकोमा सो मुद्दामा समेत वादी दावी नपुग्ने ठहरी भक्तपुर जिल्ला अदालतबाट मिति २०५२।११।२५ मा भएको फैसला समेत अन्तिम भइरहेको छ । उल्लिखित जग्गाको हक स्वामित्वमा बलराम वस्नेत र हामीबीच विवाद भई मुद्दा चली अदालतहरूबाट भएका फैसलाहरूबाट हाम्रो हक स्वामित्व स्थापित भई हाम्रै हकभोग चलनमा रहेको छ । भूमि सम्बन्धी ऐन, २०२१ लागू भई नापी हुँदाका बखत यही जग्गामध्ये कि.नं.२९४ र ३०० को जग्गाको किसानको महलमा कान्छाभाई प्रजापती र कि.नं.३८७, ३९४ र ३९९ को जग्गाको किसानको महलमा पुनकुमार प्रजापती नाम रहन गएकोमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २८ अनुसार जग्गावालाको हैसियतमा मोहीबाट झिकी पाऊँ भनी बलराम बस्नेतले स्थानीय ललितपुर इमाडोल गा.पं.मा निवेदन दिएकोमा क