निर्णय नं. ९००४ - घर भत्काई खिचोला मेटाईसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९००४ - घर भत्काई खिचोला मेटाईसमेत भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०२/०६ ३२२१ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.९००४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की ०६४–CI–१२७५ फैसला मितिः २०७०।२।६।२ मुद्दाः– घर भत्काई खिचोला मेटाईसमेत । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, धापासी गा.वि.स.वडा नं.८ बस्ने विष्णुमाया महर्जनसमेत विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, धापासी गा.वि.स.वडा नं.८ बस्ने बसुनारायण महर्जन शुरू फैसला गर्नेः मा.न्या.श्री रामप्रसाद ओली पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल § अंश मुद्दा नै नपरेको अवस्थामा को, के, कति अंशियार हुने र कुनै सम्पत्ति पैतृक हो वा सगोलको हो वा बण्डा लाग्ने वा नलाग्ने सम्पत्ति हो भनी अंशसम्बन्धी विषयमा घर भत्काई खिचोला मुद्दाबाट निरोपण हुन नसक्ने । (प्रकरण नं.३) § जुन घर भत्काई पाऊँ भनी दावी लिएको हो सो घर जग्गा बकसपत्रबाट पाएको देखिए पनि सगोलको हो भनी विवाद उठी अंशबण्डा भइसकेको नभई सगोलमा बसी अंशियारा रहेको तथ्यमा दुवैको मुख मिलेको अवस्थामा स्वआर्जन वा अंश लाग्ने सम्पत्ति हो होइन भनी घर भत्काई खिचोला मुद्दाबाट निर्णय गर्न सकिने अवस्था नरहेको र सगोलका अंशियारबीच जग्गा खिचोलाको स्थिति नआउने र त्यस्तो जग्गामा बनेको घरमा पनि दुई छुट्टाछुट्टै बेसरोकारका व्यक्तिबीचको विवाद भएको जस्तो गरी भत्काउने अवस्था हुन नसक्ने । (प्रकरण नं.४) § सगोल परिवारबीचको कुनै सम्पत्ति बण्डा लाग्ने हो होइन भनी अंश मुद्दा परेका बखत निर्णय हुने विषयवस्तु भएको र सगोल परिवारबीच अंशको मुद्दा नै नपरेको अवस्थामा उनाउ बेसरोकारवाला व्यक्तिहरूबीचको जग्गा खिचोलाको झगडा वा व्यवहार जस्तो गरी सगोलका अंशियारबीचको जग्गा खिचोलाको वारदात वा तथ्य सिर्जित नहुने हुनाले त्यसमा बनेको घर भत्काई पाऊँ भन्ने सगोल अंशियारको वादी दावी अंशियारबीचकै प्रतिवादी विरुद्ध लाग्न नसक्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, रमणकुमार श्रेष्ठ तथा विद्वान अधिवक्ता गुणराज घिमिरे विपक्षीतर्फबाटः विद्वान अधिवक्ता जयलाल भण्डारी अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.वैद्यनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटनको मिति २०६४।१।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन पेश भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– म फिरादी बसुनारायण महर्जनको नाममा दर्ता रहेको का.जि.धापासी गा.वि.स. वडा नं.८(ख) कि.नं.६६ के ०–१४–० जग्गा रहेकोमा सो जग्गाको पूर्व उत्तरतर्फ रहेको मूल सडकसँग जोडिएको मोहडा ४३ फिट भएकोमा उत्तरतर्फको १५ फिट लम्बाई खाली जग्गा राखी सोदेखि दक्षिणतर्फको २५ फिट र पूर्व पश्चिम ३५ फिट लम्बाई र चौडाईको ३ तले पक्की घर २०५३ सालमा निर्माण गरी सोदेखि पश्चिमतर्फ आफ्नै खाली जग्गा राखी सो जग्गाको मुनीबाट आफ्नै घरमा प्रयोग हुने पानीको पाईपलाईन विच्छाएर सोमाथि म आफैँले आवाद गर्दै आइरहेको थिएँ भने सोही कि.नं.६६ को पश्चिम दक्षिण भागमा टहरा बनाई सो टहरासम्म जाने आउने सोही जग्गाबाट गर्ने गर्दथेँ । मेरो सो घर जग्गाको उत्तर–पश्चिमतर्फका संधियार विपक्षी प्रतिवादीको नाममा कि.नं.७०२ को जग्गा रहेकोमा मेरो कि.नं.६६ को जग्गामध्ये उत्तरपश्चिमतर्फको