निर्णय नं. ८३४९ - नेपाली नागरिकताबाट हटाएको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३४९ - नेपाली नागरिकताबाट हटाएको । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/११/१८ ४२१८ निर्णय नं. ८३४९ ने.का.प.२०६७ अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश रामकुमारप्रसाद शाह संवत् २०६४ सालको फौ.पु.नं....०६२२ फैसला मितिः २०६६।११।१८।३ मुद्दा :– नेपाली नागरिकताबाट हटाएको । पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर हेटौंडा नगरपालिका वडा नं. १० टि.सि.एन.रोड वस्ने अशोककुमार शाह विरुद्ध विपक्षी वादी नेपाल सरकार, गृह मन्त्रालय शुरु फैसला गर्नेः– गृह मन्त्रालय पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या. श्री लक्ष्मणमणि रिसाल § नेपालमा स्थायी बसोवास गर्ने कुनै व्यक्तिले कुनै कालखण्डमा नेपालको नागरिकताको प्रमाणपत्र नलिएको मात्र कारणबाट निज विदेशी नागरिक हुने भनी सम्झन नमिल्नुका साथै त्यसको कुनै कानूनी आधार नहुने । § नेपालमा स्थायी बसोबास भएको हरेक व्यक्तिले नागरिकताको प्रमाणपत्र लिनै पर्ने कुनै कानूनी प्रावधान रहेको नपाइँदा पिताले तत्कालको अवस्थामा नागरिकताको प्रमाणपत्र नलिएको मात्र कारणबाट निज स्वतः गैरनेपाली नागरिक वा विदेशी नागरिक रहेको भनी सम्झन नमिल्ने । (प्रकरण नं.२) § नेपालको स्थायी बासिन्दा नभएको अथवा विदेशी नागरिक रहेको भनी जिकीर लिने पक्षले नै निज कुन विदेशी राष्ट्रको नागरिक हो भनी तथ्यपूर्ण रुपमा स्थापित गर्नुपर्ने । (प्रकरण नं.३) § प्रत्येक निर्णयकर्ताले प्रचलित नेपाल कानून तथा तथ्य र प्रमाणहरूको आधारमा मात्र निर्णय गर्नुपर्ने हुन्छ । नभएको तथ्य र प्रमाणको आधारमा गरिएको निर्णय स्वेच्छाचारी एवं न्यायिक मनको अभावमा गरिएको निर्णय मान्नुपर्ने हुन्छ र यस्तो निर्णय बदरयोग्य हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव र अधिवक्ता श्री रामबन्धु शर्मा विपक्षी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल नागरिकता ऐन, २००९ को दफा ४(क) फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६२।१०।१७ को फैसलाउपर प्रतिवादीको मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी निवेदन परेकोमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित फैसला यस प्रकार छ :– अशोककुमार शाहले बाबु जयनारायण शाह र ठेगाना जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा नं. १० देखाई मिति २०२४।८।८ मा नारायणी अञ्चलाधीश कार्यालय बीरगञ्जबाट (नं. नखुलेको) जन्मसिद्ध नेपाली नागरिकताको प्रमणपत्र लिएको । विजयकुमार शाहले बाबु स्व.जयनारायण कलवार शाह र ठेगाना जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा नं. १० देखाई मिति २०५३।५।२५ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ना.प्र.नं. २५।१२८ को वंशजको नेपाली नागरिकताको प्रमणपत्र लिएको । जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा नं. १० बस्ने विजयकुमार शाह (अशोककुमार शाहका भाइ) ले जालसाजी गरी नागरिकता लिएकोले कारवाही गरिपाऊँ भनी पौडेल थर राखी वेनामी व्यक्तिले उजूरी निवेदन गरेको । सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि कारवाहीको जानकारी माग भै आएको । स्व. जयनारायण साह भारतीय हुन् । निजको छोरा बनी वंशजको नागरिकता लिने विजयकुमार शाहको नागरिकता छानबीन गरिपाउन पौडेल थरको बेनामी व्यक्तिले उजूरी निवेदन