निर्णय नं. ८३५० - उत्प्रेषण मिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३५० - उत्प्रेषण मिश्रित परमादेश । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०८/२३ ४४१६ निर्णय नं. ८३५० ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६२ सालको रिट नं– २८२७ आदेश मितिः २०६६।८।२३।३ विषयः— उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला कञ्चनपुर, महेन्द्रनगर नगरपालिका वार्ड नं. १८ घर भै श्री जानकी कन्या माध्यमिक विद्यालय कञ्चपुरका प्रधानाध्यापक श्रीमती आनन्दी पन्त समेत विरुद्ध निवेदकः शिक्षक सेवा आयोग, भक्तपुर समेत § कानूनले नै रोक नलगाएको अवस्थामा कुनै स्थायी दरबन्दीका शिक्षकको लियन पद यथावत् राखी अन्यत्र काजमा खटाइएको मात्र कारणबाट निज शिक्षक बढुवाको लागि अयोग्य हुने भनी आत्मनिष्ठ अर्थ र व्याख्या गर्न नमिल्ने । § आफ्नो हक अधिकारको संरक्षणको लागि आफूसरहका अन्य शिक्षकको बढुवा पाउने हकलाई कानूनविपरीत समाप्त पार्ने कार्य मनासिब भन्न नमिल्ने । (प्रकरण नं.२) § कानूनले निषेध गरेको अवस्थामा बाहेक स्थायी दरबन्दीको शिक्षकलाई स्रोत व्यक्तिको रुपमा खटाउन मिल्ने नै हुन्छ । स्रोत व्यक्तिको रुपमा रहेको अवधिमा निजको शिक्षकको हैसियत समाप्त हुन्छ भन्न नमिल्ने । § स्रोत व्यक्तिको रुपमा अन्यत्र काजमा रहेको व्यक्ति बढुवाको लागि उम्मेदवार हुन नपाउने भनी कानूनले निषेध नगरेको अवस्थामा त्यस्तो व्यक्ति उम्मेदवार भई बढुवा भएको कार्यलाई कानूनसम्मत नै मान्नु पर्ने । (प्रकरण नं.३) § काजमा खटिने कुरा शिक्षकको आफ्नो रुचि र नियन्त्रणको कुरा नभई अधिकार प्राप्त अधिकारीको नियन्त्रणभित्र हुने र काजमा खटिएको अवस्थामा साविक लियन पदको हैसियत नै समाप्त भै बढुवा जस्तो वृत्ति विकासको अवसरबाट वञ्चित हुन्छ भन्न नमिल्ने । § आफू कार्यरत रहेको निकायमा भरेको का.स.मू. फारामको आधारमा दिएको नम्बर र सोही आधारमा भएको बढुवालाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू गोपालकृष्ण घिमिरे, टीकाराम भट्टराई, हरिमोहन थापा र डा. भीमार्जुन आचार्य एवं कमलनयन पन्त विपक्षी तर्फबाटः विद्वान नायब महान्यायाधिवक्ता सूर्य कोइराला तथा सहन्यायाधिवक्ता राजेन्द्र पोखरेल, विद्वान वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी अवलम्वित नजीरः सम्बद्ध कानूनः · शिक्षक सेवा नियमावली २०५७ को नियम २७ मा आदेश न्या.रामकुमारप्रसाद शाहः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ (२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– हामी रिट निवेदकहरू मध्ये म आनन्दी पन्त जानकी कन्या माध्यमिक विद्यालय कञ्चनपुरमा प्रधानाध्यापक पदमा कार्यरत शिक्षिका हुँ भने म निवेदक हजारी दत्त भट्ट वैजनाथ उच्च माध्यमिक विद्यालय कञ्चनपुरमा कार्यरत शिक्षक र त्यसैगरी म निवेदक मोहन दत्त जोशी वैजनाथ उच्च माध्यमिक विद्यालय कञ्चनपुरमा प्रधानाध्यापक पदमा कार्यरत शिक्षक र म निवेदक काशी सिंह साउद महाकाली जनसेवा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुँ । यस कञ्चनपुर जिल्लाभरका माध्यमिक विद्यालयहरूमा तृतीय श्रेणीमा कार्यरत शिक्षकहरूलाई सोही सेवाको द्वितीय श्रेणीमा रिक्त रहेको १२ पदमा बढुवा गर्ने प्रयोजनार्थ शिक्षक सेवा आयोगको वि.नं. ३३८/०६० मिति २०६१।१।३१ को गोरखापत्रमा प्रकाशित सूचनाअनुसार दर्खास्त आव्हान गरिएबमोजिम उक्त पदको लागि योग्यता पुगेका शिक्षकहरूले फाराम भरी बढुवा प्रक्रिया अ