निर्णय नं. ८३५२ - भ्रष्टाचार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३५२ - भ्रष्टाचार । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०४/२७ ३५०६ निर्णय नं. ८३५२ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६३ CR––०१५८ फैसला मितिः २०६६।४।२७।३ मुद्दाः भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वार्ड नं. ४ कञ्चनवारी हिमालीटोल बस्ने राधाप्रसाद घिमिरे विरुद्ध बिपक्षी वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत कोमलबहादुर खत्रीको प्रतिवेदनले नेपाल सरकार § आफूले नियमित रुपमा गर्नुपर्ने कार्य र पूरा गर्नुपर्ने पदीय जिम्मेवारी स्वाभाविक रुपले कर्तव्यनिष्ठ भै इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा Malafied Intention राखी रोक्का रहेको जग्गालाई रोक्का छैन भनी उल्लेख गरिदिएको कारणबाट रमादेवी गौतमको नाममा हस्तान्तरण भएको जग्गा र सो जग्गा कृषि विकास वैंकको सूचना पत्रबमोजिम आफैले सकार गरेको स्थितिबाट रमादेवी गौतमलाई गैरकानूनी हानि नोक्सानी हुन गएको अवस्थामा निजको कार्यबाट उत्पन्न परिणाम समेतका आधारमा निजको कार्य वदनियतपूर्ण रहेभएको मान्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता प्रेमराज कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको मोरङ जिल्ला साविक बखरी गा.वि.स.वडा नं. ८(क) को कित्ता नं. ३५९ को क्षेत्रफल ०–१–१२–५ भएको जग्गा र सो जग्गामा बनेको घर कृषि विकास बैंक, मोरङले धितो लिई कर्जा प्रवाह गरी कृषि विकास बैंकको पत्रबमोजिम मालपोत कार्यालय मोरङले रोक्का राखिरहेको अवस्थामा रोक्का छैन भनी मेरो नाममा राजीनामाको लिखित पारित गरी दिने मालपोत कार्यालयका कर्मचारीहरूलाई कारवाही गरी क्षतिपूर्ति दिलाई पाऊँ भन्ने समेत व्यहोरा रहेको रमादेवी गौतमको उजूरी निवेदन । लोकसेवा आयोगबाट सिफारिश भई बिभिन्न कार्यालयमा कामकाज गर्दै २०५२ सालदेखि २०५५ साल कार्तिकसम्म मालपोत कार्यालय मोरङमा कार्यरत थिए । हाल जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत छु । मिति २०५२।६।२ मा म मालपोत कार्यालय, मोरङको रोक्का फाँटमा कार्यरत रहँदा पारित हुन आएका लिखतहरूको रोक्का भिडाउने, बिभिन्न कार्यालयहरूबाट रोक्का राख्न भनी आएका पत्रबमोजिम रोक्का राख्ने तथा फुकुवा भनी लेखी आएको अवस्थामा फुकुवा गर्ने कार्य गर्दथे । नन्दकुमारी पराजुलीको नाममा दर्ता रहेको मोरङ जिल्ला बखरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ३५९ को जग्गा ०–१–१२.५ कृषि विकास बैंक मोरङबाट रोक्का रहिरहेको अवस्थामा रोक्का छैन भनी मिति २०५२।६।२ को राजीनामाको कागजको पुछारमा भएको सही मैले नै गरेको हुँ । त्यसबेलाको भिडभाडको अवस्थाले बखरी गा.वि.स. को ठेलीबाट रोक्का भिडाउनु पर्नेमा गल्तीको कारणले उक्त ठेलीबाट रोक्का नभिडी विराटनगरको ठेलीबाट पनि भिड्न भिडाउनु पर्नेमा गल्तीको कारणले उक्त ठेलीबाट रोक्का नभिडी बिराटनगरको ठेलीबाट पनि भिड्न सक्ने हुँदा उक्त व्यक्तिको नाममा रोक्का छैन भनी प्रमाणित भई गएको हुनसक्छ । दृष्टि पुग्न नसकी कर्यबोझले गर्दा रोक्का प्रमाणित भएको हुनसक्छ । बखरी गा.वि.स. को ठेली हेरी भिडाउनु पर्नेमा विराटनगरको ठेलीबाट