निर्णय नं. ८३५३ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३५३ - लिखत दर्ता बदर दर्ता भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०८/२१ ३७२६ निर्णय नं. ८३५३ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६० सालको देवानी पु. नं. ८३०६ फैसला मितिः २०६६।८।२१।१ मुद्दा :— लिखत दर्ता बदर दर्ता पुनरावेदक वादीः भारत मधुवनी, खजोली थाना मरूकिया जन्म घर भई हाल सिरहा जिल्ला, फुलकाहाकट्टी गा.वि.स., वडा नं. ९ बस्ने सहदेब महतोको मु.स.गर्ने दुलारीदेबी समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः भारत मधुवनी, खजोली थाना जौली गाउँ मरूकिया जन्म घर भई हाल सिरहा जिल्ला, फुलकाहा कट्टी गा.वि.स., वडा नं. ९ बस्ने कासी महतो समेत शुरू फैसला गर्नेः मा.जि.न्या. न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या. श्री शारदाप्रसाद पण्डित मा.न्या. श्री ताहिरअली अन्सारी § अदलको ३ नं. मा प्रयुक्त अंश प्राप्त भयो भने भन्ने शब्दहरू भित्र अंशमा दावी गर्ने र प्राप्त गर्ने हक पनि पर्दछ । कानूनले प्रदान गरेको कुनै पनि हक आलंकारिक मात्र हुन सक्दैन । अपुतालीमा दावी गर्ने हक विदेशी नागरिकलाई प्राप्त नहुने मान्यता राख्ने हो भने विदेशी नागरिकका हकमा अदलको ३ नं. द्वारा संरक्षित हकको कुनै अर्थ रहँदैन । विधिकर्ताले निष्क्रिय र निष्प्रयोजित शब्दावली प्रयोग गरेको मान्न नमिल्ने । (प्रकरण नं.५) § राष्ट्रिय कानूनका रूपमा हाम्रो मुलुकी ऐनमा समाहित भएर रहेका यी अंश र अपुतालीको हक प्राप्त गर्ने र अदलको ३ नं. को सीमाभित्र रही उपभोग गर्नसमेत विदेशी नागरिकलाई कानूनले कुनै बन्देज लगाएको छैन । केवल विदेशी नागरिकको दावी भन्दैमा अंश वा अपुताली प्राप्त गर्न वाधा खडा गर्ने लिखत यदि प्रचलित नेपाल कानूनले बदर हुने प्रकृतिको रहेछ भने त्यो बदर हुने । (प्रकरण नं.६) § नेपालभित्रको सम्पत्तिमा नेपाल ऐन कानून नै लागू हुने हुँदा अंशवण्डाको महलले वादीको समेत हक लाग्ने सम्पत्ति विषयमा प्रतिवादीहरूवीच भएको लिनु दिनु व्यवहारवाट वादीहरूको अंशसम्बन्धी हकमा असर पुगेको र अंशसम्वन्धी हकले हाम्रो कानूनी प्रणालीमा नैसर्गिक हकको रूपमा मान्यता पाएको हुँदा सोको स्थापनाको लागि उपचार खोज्नलाई विदेशी नागरिकको हकमा उक्त ऐनले अवरोध पुर्याउने नभै त्यस्तो सम्पत्ति निजहरूको नाममा दर्ता हुनवाट रोक्ने अभिप्राय मात्र राखेको देखिन्छ । अंश वा अपुतालीवाट प्राप्त हुने सम्पत्तिमा विदेशी नागरिकको हक कायम हुने अवस्था भए उल्लिखित कानूनी ब्यवस्थाअनुसार त्यस्तो सम्पत्ति नेपाल नागरिकलाई बिक्री गरी वा कुनै व्यहोराले हक छाडी दिन मिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री जीवन उपाध्याय अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, राजविराजको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) अनुसार यस अदालतमा मुद्दा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मौजीर महतोका ४ भाई छोराहरू मध्ये जेठा कासी महतो, माहिला अयोध्यी महतो, साहिलो जुगेश्वर महतो र कान्छा फिरादी सहदेब महतो हुन् । माहिला अयोध्यी महतो मरी निजको श्रीमती मोहिनीदेवी फिरादी हुन् । हामीबीच अंशबण्डा भएको छैन । अंश दर्ता मुद्दा चलिरहेको छ । प्रतिवादी