निर्णय नं. ८३५५ - लिखित गाली बेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३५५ - लिखित गाली बेइज्जती भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/१०/२० ९६५९ निर्णय नं. ८३५५ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री रणबहादुर वम संवत् २०६२ सालको दे.पु.नं.–३५२९ फैसला मितिः २०६६।१०।२०।४ मुद्दाः– लिखित गाली बेइज्जती । पुनरावेदक वादीः म्याग्दी जिल्ला भल्कवाङ गा.बि.स.वडा नं.८ बस्ने थकदेवी छन्त्याल विरुद्ध प्रत्यर्थी प्रतिवादीः म्याग्दी जिल्ला भल्कवाङ गा.बि.स.वडा नं.८ बस्ने बलिमाया छन्त्याल समेत शुरु :जिल्ला अदालतः मा.न्या.श्री दामोदरप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ताहिर अली अन्सारी मा.न्या.श्री बुद्घीप्रसाद रेग्मी § गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (Actus) भन्दा त्यस्ता व्यक्तिको नियत वा मनसाय (Intention) के रहेको छ, त्यसले व्यक्तिको चरित्रमा के कति ह्रास पुर्याएको छ त्यसमा विचार गर्नुपर्ने । (प्रकरण नं.५) § नारीको सतित्व र अस्मिता सामाजिक अनुशासन हो । यो सदैव उच्चस्थान र मर्यादामा रहेको हुन्छ । मर्यादा उल्लंघन नगरेको अवस्थामा कुनै व्यहोराबाट आक्षेप लगाइन्छ भने लगाइएको आक्षेप सबूद प्रमाणद्वारा पुष्टि गरी प्रमाणित गराउन असमर्थ हुने व्यक्ति दण्डको भागीदार भई दाण्डिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटःबिदुषी अधिवक्ता श्री सुष्मा बाँस्कोटा प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामबहादुर कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः · गाली बेइज्जती ऐन, २०१६ को दफा ३ र ५ फैसला न्या. प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः म थकदेवी छन्त्याल सन्तान सम्पन्न हिन्दु नारी हुँ । आफ्नो मान मर्यादा चरित्रमा बसेकी पतिव्रता नारीलाई तकदेवी, बलिमाया, तमबहादुर समेतले बेस्या अर्काको गर्भ फाल्ने पात्तर भनी बेइज्जत गरेमा २०५७ साल असार महिनामा गाली बेइज्जतीको फिराद दिएको र लोग्ने खिमबहादुर समेतका उपर अंश पाऊँ भनी २०५७।३।११ मा अंश मुद्दा दायर गरेकीमा दुबै मुद्दामा ०५७।१२।१० मा प्रतिउत्तर लगाउँदा रामबहादुर बि.क.संग करणीमा बिग्री गर्भ धारण गरी गर्भ समेत फालेकी भनी मेरो लिखित रुपमा बेइज्जती गरेकाले विपक्षीहरूलाई गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र । थकदेवीले म खिमबहादुरको सतित्व डगाई परपुरुष रामबहादुरसंग करणीमा बिग्री सकेकी र जन्मेको जातक समेतको हत्या गरेकी व्यक्ति हुन् । वादी अनुशासन भङ्ग गरी कुलिन परम्परा एवं कानूनी कर्तव्यच्यूत भएको कुरालाई मनन गरी सामाजिक हितको खातिर असल नियतले काम गरिएको सम्म हो । विपक्षीको सार्वजनिक प्रश्नसंग सम्बन्ध आचरणबाट प्रदर्शन भएको साँचो व्यवहारलाई मात्र हामीले प्रतिउत्तर पत्रको प्रकरणमा खुलाएका हौ । सबै घटनासंग सम्बन्धित यथार्थ कुराको साँचो सिफारिश प्र.म रामबहादुरले गरी दिएको हुँ, व्यक्तिगत रिसइवीले चरित्र हत्या गर्ने उद्देश्यले होइन । गाउँ विकास समितिको जिम्मेवारी जन प्रतिनिधिको हैसियतले वडा र गाउँ विकास समितिका सदस्यहरूको पूर्व समर्थन एवं आग्रहका आधारमा सिफारिश दिएको हुँ । विपक्षीका हालका पति रामबहादुर बि.क., रामबहादुर बि.क.को पिता डल्ला कामी, चैती कमीनी, खिमबहादुर कै छोरा गंगाबहादुर छन्त्याल समेतलाई अ.बं.१