निर्णय नं. ८३५६ - गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३५६ - गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/१०/२६ ५६३६ निर्णय नं. ८३५६ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरत राज उप्रेती संवत् २०६१ सालको दे.पु.नं....... ९६६१, ९६६२ फैसला मितिः २०६६।१०।२६।३ मुद्दा :– गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग । पुनरावेदकः का.जि.का.म.न.पा.वडा नं. ३१ स्थित भृकुटी मण्डपमा प्रधान कार्यालय भएको माउण्ट एभरेष्ट व्रुअरी प्रा.लि.का अधिकार प्राप्त कार्यकारी निर्देशक डा.दमनबहादुर अमात्य विरुद्ध विपक्षीः नेपाल सरकार, उद्योग, विभाग, त्रिपुरेश्वर, काठमाडौं समेत पुनरावेदकः मकवानपुर जिल्ला हेटौंडा न.पा.वडा नं. ८ स्थित प्रधान कार्यालय भएको युनाईटेड व्रुअरी नेपाल प्रा.लि.को तर्फबाट अधिकार प्राप्त डाइरेक्टर प्रेमध्वज थापा विरुद्ध विपक्षीः नेपाल सरकार, उद्योग, विभाग, त्रिपुरेश्वर, काठमाडौं § बियर आफैमा पेय पदार्थ हो । तर यस्तो बियर भरिने वोतलहरू खाद्य वा पेय वस्तु नभएको हुनाले यी प्रत्येकको उत्पादनको प्रक्रियाको भिन्नता वा प्रकृतिले नै वोतल उत्पादन गर्ने उद्योगको प्रकृति र यी वोतलमा राखिने बियर, वाइन, ह्स्किी जस्ता पेय पदार्थ उत्पादन गर्ने कम्पनी वा फर्म एउटै हुन्छन् भन्ने परिकल्पना गर्न नसकिने । (प्रकरण नं.३) § औद्योगिक वस्तुको उत्पादनकर्तालाई निजले उत्पादन गरेको वस्तुमा दुई प्रकारको स्वामित्व सम्वन्धी हक अधिकार प्राप्त हुन्छ । यसरी उत्पादन गरेको वस्तुको भौतिक स्वामित्व सम्वन्धी अधिकार पहिलो अधिकार हो भने यसरी उत्पादित वस्तुलाई अन्य प्रतिस्पर्धी उत्पादकहरूले उत्पादन गरेको वस्तुबाट छुट्याउनको लागि प्रयोग गरिने ट्रेडमार्क वा डिजाइनलाई वौद्धिक वा औद्योगिक सम्पत्ति (intellectual or Industrial Property) सम्बन्धी दोस्रो महत्वपूर्ण अधिकार मानिन्छ । यी दुई अधिकारमध्ये प्रत्येकको प्रकृति फरक हुने हुदा यी प्रत्येक अधिकारको विक्री वा हस्तान्तरणको प्रक्रिया पनि फरक हुन्छ । यस्ता औद्योगिक उत्पादन वा वस्तुहरूको भौतिक स्वामित्वमाथिको अधिकारको हस्तान्तरण सामान्य खरीद विक्रीको प्रक्रियाबाट हुन्छ । तर यस्ता वस्तुमा लगाइने वा प्रयोग हुने ट्रेडमार्क वा डिजाइन जस्ता वौद्धिक सम्पत्तिको हस्तान्तरणको प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । यस्तो प्रक्रिया नअपनाई यस्तो अधिकार हस्तान्तरण हुन सक्दैन र यस्तो प्रक्रिया पूरा गरी हक हस्तान्तरण नगरिएसम्म यस्तो ट्रेडमार्क लगायत अन्य वौद्धिक सम्पत्तिको स्वामित्व यसको वैधानिक मालिकमा नै रहने । (प्रकरण नं.५) § उत्पादन गरेका वस्तु विक्री भएपछि यस्तो वस्तुमा रहेको भौतिक स्वामित्वसम्बन्धी हक खरीदकर्तामा हस्तान्तरण हुन्छ । तर उक्त वस्तुमा रहेको उत्पादनकर्ताको वौद्धिक सम्पत्तिसम्बन्धी हक वस्तु विक्रीको प्रक्रियाबाट खरीदकर्तामा हस्तान्तरण भएको हुँदैन । यस्तो हक उत्पादनकर्तामा नै रहने । § बियर र यसको वोतलमा अंकित ट्रेडमार्क अर्थात् वौद्धिक तथा औद्योगिक सम्पत्तिउपर कुनै हक वा स्वामित्व प्राप्त गर्न सक्दैन । वोतलमा भरिएको बियर उपभोग गरेपछि यो वोतलको भौतिक स्वामित्व प्राप्त गर्ने खरीद कर्तालाई यो वोतल फोर्न, तोड्न, कुनै व्यहोराले नास गर्न वा त्यसलाई गलाई अर्कै वस्तु बनाउन वा यसबाट नयाँ वोतल बनाउने हक पनि प्राप्त हुन सक्दछ र यस्ता खाली वोतल अन्य प्रतिस्पर्धी उद्योगहरूले उत्पादन गरेका