निर्णय नं. ८३५७ - ठगी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३५७ - ठगी । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०१/०७ ३९२७ निर्णय नं. ८३५७ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६४ सालको फौ.पु.नं.– ३२७, ०४५१ फैसला मितिः २०६७।१।७।३ मुद्दा :– ठगी । पुनरावेदक प्रतिवादीः सोलुखुम्बू जिल्ला सल्यान गा.बि.स.वडा नं.८ बस्ने बीरेन्द्र निरौला विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक वादीः नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः सोलुखुम्बू जिल्ला सल्यान गा.बि.स.वडा नं.८ बस्ने बीरेन्द्र निरौला शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री शम्भुबहादुर कार्की पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री कृष्णप्रसाद बस्याल मा.न्या. श्री जनार्दनबहादुर खड्का § वैदेशिक रोजगारमा पठाउन इजाजत पत्र नपाएको व्यक्तिले गफलतमा पारी आफूलाई फाइदा र अरुलाई नोक्सान पार्ने कार्य गरेको कसूर ठगीको महलको २ नं. ले परिभाषित गरेको कसूरभित्र नै पर्ने देखिएको र सरकारवादी भै चलाएको मुद्दालाई वैदेशिक रोजगार ऐनअन्तर्गत नचलाएको भन्ने कारणले मात्र कानूनविपरीतको अभियोग पत्र दायर गरेको भन्न नमिल्ने । § अभियोग पत्र दायर गर्दा ठगीको महलको १ नं. को कसूर स्थापित गरेको भए तापनि कसूरको प्रकृति र अवस्थाबाट ऐ. महलको २ नं. को परिभाषाअन्तर्गत पनि पर्न सक्ने । (प्रकरण नं.२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बिक्रम बस्नेत पुनरावेदक वादीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई अवलम्वित नजीरः सम्बद्ध कानूनः · मुलुकी ऐन ठगीको १ नं. र २ नं. फैसला न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मिति २०५७।२।२७ गते प्रतिवादीहरू बीरेन्द्र निरौला, मदन निरौला, सुशील न्यौपाने, नारायणप्रसाद न्यौपाने, मुस्कान न्यौपाने, समेतले विदेश पठाउने मेनपावर संस्था दर्ता गरेको हो भनी दर्ता नै नगरी झूठा प्रमाण पत्र देखाई हामीहरू लक्ष्मी कार्की, विनोद भट्टराई, पुरुषोत्तम शर्मा, देबेन्द्र श्रेष्ठ, ठाकुरचन्द्र राई समेतलाई अनेकन प्रलोभन देखाई हामीबाट जम्मा रु.२२,००,०००। गोमा के.सी.को घर कोठाबाट लिएर गएको र पछि रकम फिर्ता समेत नगरी ठगी गरेकाले कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । प्रतिवादीमध्येका बीरेन्द्र निरौलाले वैदेशिक रोजगारीको लागि क्यानाडा पठाई दिनेछु भनी लक्ष्मी के.सी., विनोद भट्टराई, पुरुषोत्तम शर्मासंगबाट गोमा के.सी. मार्फत रु.१२,००,०००। लिएको भन्ने समेत व्यहोराको कागज । मलाई विदेश क्यानाडामा रोजगारीका लागि पठाई दिन्छु भनी बीरेन्द्र निरौला, मदन निरौला, ईश्वरी शाह, नारायण न्यौपाने, सुशील न्यौपाने समेतले ३,५०,०००।– जाहेरवालामार्फत लिएको हो । निजहरूले एकमुष्ट म समेतबाट जाहेरवालामार्फत जम्मा रु.२२,००,०००। ठगी गरेको हो भन्ने समेत व्यहोराको बुझिएका मानिसहरू विनोदकुमार भट्टराई, पुरुषोत्तम शर्मा, ठाकुरचन्द्र राई, लक्ष्मी कार्की समेतका व्यक्तिहरूले गरी दिएको कागज । प्रतिवादी मुस्कान न्यौपानेलाई खोजतलास गर्दा फेला नपरेको र वतन समेत खुल्न नसकेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । प्रतिवादीहरू बीरेन्द्र निरौला, मदन निरौला, सुशील न्यौपाने, ईश्वरी शाह, मुस्कान न्यौपाने, समेत भै विदेश क्यानाडा रोजगारीको लागि पठाई दिन्छु भनी मेनपावर संस्था नखोलीकनै खोलेको हुँ भनी विन