निर्णय नं. ८३५८ - नामसारी रोकी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३५८ - नामसारी रोकी पाउँ । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०२/१६ २७०६ निर्णय नं. ८३५८ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६२ सालको दे.पु.नं.९६६४ फैसला मितिः २०६७।२।१६।१ मुद्दा :– नामसारी रोकी पाउँ । पुनरावेदक प्रतिवादीः राजेन्द्र शाहकी पत्नी धनुषा जिल्ला जनकपुर न.पा.वडा नं.४ बस्ने नागोदेवी विरुद्ध प्रत्यर्थी वादीः जोगिन्द्र शाहकी पत्नी धनुषा जिल्ला जनकपुर न.पा.वडा नं.४ बस्ने चन्द्रकलादेवी शुरु फैसला गर्नेः श्री गोपीकृष्ण खनाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दीपेन्द्र उपाध्याय मा.न्या.श्री राजेन्द्रराज पन्त § पक्षहरूका बीचमा तेरो मेरोको प्रश्न उपस्थित भई हक बेहकको प्रश्न उपस्थित भएमा त्यस्तो प्रश्नको निरुपण गर्ने अधिकार अदालत बाहेक अन्य निकायलाई भएको नदेखिएको अवस्थामा हक बेहकतर्फ यकीन गराई ल्याउनु भनी गरेको नगरपालिकाको निर्णयउपर पुनरावेदन नै लाग्न नसक्ने अवस्थामा कानूनबिपरीत पुनरावेदनपत्र लिई सो पुनरावेदन पत्रका आधारमा आदेशात्मक रुपमा भएको पुनरावेदन अदालतको फैसलामा स्पष्ट रुपमा अधिकारक्षेत्रात्मक त्रुटि रहे भएको देखिने । § पक्षहरू बीच उत्पन्न तेरो मेरो प्रश्नमा गैरकानूनी रुपमा पुनरावेदन परेकै कारणले प्राविधिक रुपमा जीवित रही रहेमा विवादको निरन्तरता कायम रही रहने हुँदा मुद्दाको अन्तिमता (Disposable of the case) को सिद्धान्तसमेतलाई दृष्टिगत गरी यो फैसला प्राप्त गरेको मितिबाट ३५ दिनभित्र शुरु जिल्ला अदालतमा नालेश गर्न जाने हक प्रत्यर्थीको सुरक्षित नै रहने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो एवं श्री गौरीशंकर महतो प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत जनकपुरको मिति २०६१।८।१६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : सोनचन साह मिति २०५१।११।२९ गते परलोक भएको निजको पत्नी रासोदेवीको २०२० सालमा मृत्यु भएको, मृतकको छोरा क्रमशः जोगिन्द्र साह र राजेन्द्र साह भएकोमा राजेन्द्र साह परलोक भै निजको हक खाने पत्नी नागोदेवी मात्र भएको, मृतक सोनचन साह तेलीको नाउँमा पूर्जा कलम जग्गा दर्ता रहेको सोही जग्गसि हाल नापी हुँदा जनकपुर नगरपालिका वडा नं.४ सि.नं.१३५५–२४ कि.नं.२३, ४१, ४३ को ०–०–६–३ मा मैले नै घर बनाई भोगी आई नापी क्याम्पको मिति २०४८।३।२ को निर्णयबाट ससुरा सोनचन साहूको नाम बदर भै मेरो भोग चलन भई वादी नागोदेवी साह प्रतिवादी मेरो पति जोगेन्द्र साहसँग धनुषा जिल्ला अदालतमा चलेको दे.नं.१६४४ को अंश मुद्दा मिति २०५९।११।७।३ मा भएको मिलापत्रमा उल्लिखित सम्पत्ति बाहेक अरु सम्पत्ति जो जसको नाममा छ उसैको नाममा रहने, बण्डा नलाग्ने गरी मिलापत्र भएकोले स्व.राजेन्द्र साहको श्रीमती नागोदेवी र मेरो पति जोगेन्द्र साहसँग मञ्जूरी लिई एकलौटी दर्ता रैतान नामसारीको लागि सिफारिश गरिपाऊँ भन्ने निवेदिका चन्द्रकलादेवीको जनकपुर न.पा.मा परेको उजूरी । निवेदिका चन्द्रकलादेवी मेरो जेठानी हुन् । हाम्रो सगोलको सम्पत्ति जग्गा मेरो हक भोगको छ । सो जग्गा रैतानी नम्वरी गरिदिने शुरु कार्यालयमा माग गरेकोमा सो सिफारिश रोक्का गरी मेरो हक भोग छुट्याई पाउँ भन्ने नागोदेवीको ज