निर्णय नं. ८७९७ - निवेदकः सिरहा जिल्ला महादेव पोर्ताहा गा.वि.स.वडा नं. २ बस्ने देवनाथ यादव
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९७ - निवेदकः सिरहा जिल्ला महादेव पोर्ताहा गा.वि.स.वडा नं. २ बस्ने देवनाथ यादव भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६९/०२/११ ४००६ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९७ सर्वोच्च अदालत, सयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६५ सालको –WO–०४६९ फैसला मितिः २०६९।२।११।५ विषयः उत्प्रेषण समेत । निवेदकः सिरहा जिल्ला महादेव पोर्ताहा गा.वि.स.वडा नं. २ बस्ने देवनाथ यादव विरुद्ध विपक्षीः पुनरावेदन अदालत राजविराज सप्तरी समेत § फैसला कार्यान्वयनका तामेली निर्णय समेतका कामकारवाहीलाई मुद्दाको रूपमा नभई केवल रीत वा वेरीतको कसीमा मात्र दण्ड सजायको ६१ नं. र अ.वं. १७ अनुरूप हेरिने हो । फैसला कार्यान्वयन गर्ने भन्दैमा कानूनद्वारा निर्धारित रीत र प्रक्रियाप्रतिकूल गर्नुपर्छ भन्न नहुने । (प्रकरण नं.२) § कानूनबमोजिम म्याद समेत नघाई प्रवेश गरेको यकीन भएमा चुनौती दिइएका विषयवस्तुमा प्रवेश नगर्न सकिन्छ । चुनौती दिने व्यक्ति सरोकारवाला देखिएन भने पनि विषयवस्तुमा प्रवेश गर्न आवश्यक छैन । अन्यथा उजूरी वा दरखास्त वा निवेदनमा उठाइएका प्रश्नहरूमा प्रवेश गरी अदालतले कानूनको परिधिमा रही यथोचित् निर्णय दिनुपर्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको सन्दर्भमा गरिने तामेलीको आदेश वा निर्णय मुद्दामा गरिने फैसला वा निर्णय सरह होइन । मुद्दाका निर्णयलाई अ.वं. १७ नं. ले बदर गर्न नसक्ने । § फैसला कार्यान्वयनको कामकारवाही स्वरूप तहसीलदारले गर्ने तामेलीको निर्णय न्यायिक कार्य नभई एक किसिमको प्रशासकीय कार्य भएकाले यस कार्यमा प्रक्रिया वा रीत नपुगेको प्रश्न मात्र सान्दर्भिक हुन्छ । सरोकारवालाले खोज्ने उपचारका विधिसम्मत् मार्ग दण्ड सजायका ६१ नं. र सो पश्चात् अ.वं. १७ नं. नै हुने । § दण्ड सजायको ६१ नं. ले नै अ.वं. १७ नं. को उपचार औँल्याई, यसलाई दुई महिनाभित्र किनारा गर्नुपर्ने मार्गनिर्देशन गरेबाट पनि फैसला कार्यान्वयनमा तदारूकताको अपेक्षा विधिकर्ताले राखेको छ भन्ने अर्थमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.६) निवेदकतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता महादेव यादव विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता नारायणवल्लभ पन्त र जगदीशचन्द्र पाण्डे अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत रिट निवेदनको सक्षिप्त तथ्य एवं ठहरको व्यहोरा यस प्रकार छ :– म निवेदकउपर विपक्षीमध्येका कपिलदेव चौधरीले सिरहा जिल्ला अदालतमा दिएको लेनदेन मुद्दामा साँवा रू.२७,६००। ब्याज रू.२७,६००। समेत जम्मा रू.५५२००। म निवेदकबाट भराई पाउने गरी उक्त अदालतबाट मिति २०६३।७।१६ मा फैसला भएको थियो । सोही फैसलाबमोजिम विगो भराई पाउन विपक्षी कपिलदेव चौधरीले मिति २०६३।११।१६ मा दिएको दरखास्तउपर कारवाही हुँदा मिति २०६४।२।२६ मा वेरितको जायजात मुचुल्का र मिति २०६४।३।१४ मा वेरितको पंचकिर्ते मूल्याङ्कन गरी गराई भूस मूल्य रू.५७१२६। मा म निवेदकको सिरहा जिल्ला महादेवा पोर्ताहा गा.वि.स.वडा नं. २ख. कि.नं. ४७९ को ०–१–७ कि.नं. ४९० को ०–२–१३ मध्ये पूर्वबाट ०–१०–१२ र कि.नं.५०४ को ०–०–८ समेत जम्मा ०–२–५–१२ (दुई कठ्ठा पाँच धुर बाह्र कनवा) बहुमूल्य जग्गा मिति २०६४।६।२३ मा डाँक लिलाम गराएकोले उक्त लिलाम बदर गरी पाउन मुलुकी ऐन दण्ड सजायको ६१ नं. बमोजिम उजूर गरेकोमा सिरह