निर्णय नं. ८३५९ - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३५९ - अंश चलन । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/११/०४ ५००२ निर्णय नं. ८३५९ ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५७– CI–६३०४, ६५२७ फैसला मितिः २०६६।११।४।३ मुद्दाः अंश चलन । पुनरावेदक प्रतिवादीः धवलागिरी अञ्चल, मुस्ताङ जिल्ला, लोमन्थाङ गा.वि.स.वडा नं. १ बस्ने झिग्मी पलवर विष्ट समेत विरुद्ध विपक्षी वादीः ऐ.ऐ. घर भई हाल वाग्मती अञ्चल, काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. २ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लावाङ पुनरावेदक वादीः पुनरावेदक वादीः धवलागिरी अञ्चल, मुस्ताङ जिल्ला, लोमन्थाङ गा.वि.स. वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. २ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लावाङ विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. घर भई हाल काठमाडौँ जिल्ला, का.म.न.पा वडा नं. ७ बौद्ध चुच्चेपाटी बस्ने झिग्मी पलवर विष्ट समेत शुरु फैसला गर्नेः मा.न्या.श्री बद्रीकुमार बस्नेत § कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्र्यौल गर्नु पर्दा अदालत अति संवेदनशील हुनु पर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशवण्डाको ३० नं. प्रयोग गरी वण्डा भइसकेको निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.४) § घर व्यवहारबाट छुट्टिभिन्न भएको स्थापित हुन लिखतबमोजिम वण्डामा परेको सम्पत्ति वण्डा पाउने व्यक्तिहरूका नाउँमा नरम–गरम मिलेको हुनुका अतिरिक्त नामसारी दाखिल खारेज विक्रीव्यवहार भएको हुनुपर्ने । (प्रकरण नं.५) § आफूबाहेक अरु हकवालाको साम्पत्तिक हकलाई निजहरूको मञ्जूरीविना तिलाञ्जलि दिने अधिकार परिवारको मुख्यलाई पनि हुँदैन । मुख्यले नै सम्पत्ति छाडेपछि निजको हकवालाको पनि हक गएको अर्थ निकाल्न न्यायोचित नहुने । (प्रकरण नं.१०) § धार्मिकस्थलको विभाजन सो स्थलको समाप्तिको कडी भएकाले यस्ता धार्मिकस्थल वण्डा गर्न नमिल्ने । (प्रकरण नं.१२) § गुम्बा धार्मिकस्थल भएको कारणले सोको सार्वजनिक रुपमा प्रयोग हुन्छ । धार्मिक आस्थाअनुरूप त्यहाँ जो कोहीले धार्मिक उपासना गर्न पाउने हुन्छ । यस्तो मानवमात्रको आस्थाको केन्द्रको रुपमा रहेको गुम्बालाई विभाजित गरी धर्म र संस्कृतिमा आँच पुर्‍याउनु न्यायोचित नहुने । (प्रकरण नं.१३) § निजी नाममा दर्ता सम्पत्तिलाई स्वआर्जन प्रमाणित भएको अवस्थामा बाहेक दरवार भन्ने संज्ञा पाउँदैमा कुनै कानूनले विशेष सम्पत्ति नमानेकाले सम्पत्तिमा हक छाडेको अर्थ नलाग्ने । § ऐतिहासिक भवन भन्दैमा बासस्थानको रुपमा प्रयोग भइआएको सम्पत्ति वण्डा नलाग्ने भन्न नमिल्ने । § नेपाली नागरिकभन्दा छुट्टै विशिष्ट स्थान प्राप्त गरी व्यक्तिगत नाममा दर्ता रहेको पैतृक सम्पत्तिका सम्बन्धमा निजले विशेषाधिकार प्राप्त गर्ने भन्ने कुरा संविधान र कानूनतः नमिल्ने । § दरवारको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक स्वरुप प्रचलित नेपाल कानूनका अधिनमा रही यथावत् कायम गर्ने गरी सम्पत्ति अंशवण्डा हुनुपर्ने । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा र शम्भु थापा पुनरावेदक वादी तर्फवाटः वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, अधिवक्ताहरू श्री मातृका निरौला अवलम्वित नजीरः · मुलुकी ऐन अंशबण्डाको ३० नं. · प्रमाण ऐन, २०३१ को दफा २७(२) · राज्य रजौटा ऐन, २०१७ को दफा ४ र ६ सम्बद्ध कानूनः · नेकाप २०४२, नि.नं. २२९५, पृष्ठ २४३ · नेकाप २०६०, नि.नं