निर्णय नं. ८३६० - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३६० - उत्प्रेषण समेत । भाग: ५२ साल: २०६७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/०१/१५ ४००५ निर्णय नं. ८३६० ने.का.प २०६७ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की २०६५ –WO – ०१६७ आदेश मितिः २०६७।१।१५।४ मुद्दा :– उत्प्रेषण समेत । निवेदकः सिन्धुपाल्चोक जिल्ला किउल गा.वि.स. वडा नं. ७ घर भै का.जि.जोरपाटी गा.वि.स. वडा नं. ३ जोरपाटी स्थित नेपाल ह्योल्मो समाज सेवा संघको कार्यवाहक सभापति वर्ष ३२ को निमा लामा ह्याल्मो समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौँ समेत § एउटै जाति एउटै परम्परा मान्ने सो जातिलाई कुनै ठाउँमा ह्योल्मो र कुनै ठाउँमा योल्मो भन्ने गरेको एवं सोहीअनुसार लेख्ने समेत गरेकोले त्यसमध्येको एउटा लेखाई ठीक र अर्को लेखाई बेठीक छ भन्ने कुरालाई उचित भन्न सकिने अवस्था भएन । ठाउँ अनुसारको उच्चारण भेदको कारणले कहीं ह्योल्मो र कहीं योल्मो भन्ने गरेको हुनाले र आ–आफ्नो लेखाई तथा उच्चारणमा दुबै पक्ष अडिग समेत देखिएका हुनाले एक प्रकारको लेखाईलाई शुद्ध र अर्कोलार्ई अशुद्ध भन्न न्यायोचित नहुने । (प्रकरण नं.२) § नेपाल ह्योल्मो समाज सेवा संघ नामको संस्था विधिवत दर्ता भैसकेपछि विधान तथा प्रचलित कानूनबमोजिम संस्थाको नाम परिवर्तन गर्न पाउने भए वा गर्नुपर्ने भए अरु कुनै संस्थाले नभई स्वयं सोही संस्थाले नाम परिवर्तनको प्रक्रिया अगाडि बढाउनु पर्ने । § विधान तथा प्रचलित कानूनबमोजिम संस्थाको नाम परिवर्तन गर्न पाउने भए वा गर्नुपर्ने भए अरु कुनै संस्थाले नभई स्वयं सोही संस्थाले नाम परिवर्तनको प्रक्रिया अगाडि बढाउनु पर्ने हुँदा ह्योल्मो समाज सेवा संघले नभई नेपाल योल्मो समाज सेवा संघले ह्योल्मोलाई योल्मोमा संशोधन गरी पाउन प्रक्रिया अगाडि बढाएको कार्य दर्ता भैरहेको संस्था नेपाल ह्योल्मो समाज सेवा संघबाट सो संस्थाको नाम परिवर्तन गर्ने प्रक्रिया प्रारम्भ भै कारवाही भएको नदेखिनाले सो कारवाहीलाई कानूनसम्मत भन्न नसकिने । (प्रकरण नं.५) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरू श्री पन्नामान तुलाधर, श्री रविराज भण्डारी, श्री शंकर लिम्बू, श्री फुर्पा तामाङ र श्री सन्तोष राना मगर विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्ण भटृराई, विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री प्रेमबहादुर खड्का, श्री श्यामकुमार श्रेष्ठ र श्री नारायणप्रसाद खनाल अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या.गिरीशचन्द्र लालः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : – नेपालको विभिन्न भूभागमा बसोबासगरिरहेका आदिवासी “ह्योल्मो” जातिको हकहित, भेषभूषा, धर्म, लिपि र संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै सामाजिक, आर्थिक र बौध्दिक समुन्नतिका साथसाथै राष्ट्रोन्नतिमा समयोचित योगदान पुर्याउनका लागि “नेपाल ह्योल्मो समाज सेवा संघ” नामको संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मिति २०५५।४।३ द.नं. ३।०५५।५६ मा दर्ता भै आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा ५९ औ क्रममा “ह्योल्मो” जाति सूचीकृत भई सोही नामलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले मान्यता समेत दिई निरन्तर कार्य गर्दै आएको छ । यसै संस्थाका २१ जना कार्यसमिति पदाधिकारी तथा सदस्यहरू मध्येबाट २ जना निर्वाचित र २ जना मनोनीत सदस्यहरू संलग्न भई वि