निर्णय नं. ८३६३ - परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३६३ - परमादेश समेत । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०३/१७ ४८९९ निर्णय नं. ८३६३ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती रि.पू.इ.नं. : ०६६–WF–०००२ आदेश मितिः २०६७।३।१७।५ विषय : परमादेश समेत । निवेदकः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ बबरमहल घर भै हाल घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रमा रा.प.अनं. प्रथम (प्राविधिक) प्रमुख शिक्षक पदमा कार्यरत सुमित्रा हाडा विरुद्ध विपक्षीः लोकसेवा आयोग, कमलपोखरी, काठमाडौं समेत § कानूनमा रहेको प्राबधानमा कुनै किसिमको द्विविधा वा अस्पष्टताको अवस्था नरहेमा बलपूर्वक अर्को अर्थ निकाल्नुपर्ने वा विधिकर्ताको मनसाय के थियो भनी अनुमान गर्नुपर्ने आवश्यकता तथा कानून नै प्रष्ट रहेको अवस्थामा व्याख्या गर्ने कुनै ठाउँ नरहने । (प्रकरण नं.४) § सेवा अबधि जोडाउँदा सबै अवस्थामा फाइदा नै हुन्छ भन्ने पनि हुँदैन । त्यसैले त्यस्तो अबधि जोडाउने भन्ने कुरालाई सम्बन्धित कार्यालयले निर्णय गर्ने विषयभित्र नपारी सम्बन्धित कर्मचारीले त्यसबाट हुने लाभ हानिको मूल्याङ्कनका आधारमा निर्णय गर्ने विषयभित्र पारिएको हो भन्ने स्वाभाविक अनुमान गर्नुपर्ने । § निजामाती सेवा नियमावली, २०५० को नियम १२३ मा गरिएको सेवा अबधि जोड्नेसम्बन्धी कानूनी व्यवस्थाअन्तर्गत कुनै कर्मचारीको अस्थायी सेवा अबधिलाई निजको सेवा अबधिमा स्वतः जोडिने नभै त्यसका लागि कानूनले निर्धारण गरेको प्रक्रियाको अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.४) § निश्चित सेवा अबधि पूरा गरेका कर्मचारी भन्नाले स्थायी अस्थायी सबै खालको सेवा अबधि समेतलाई गणना गरिने भन्ने अर्थवोध गर्न सकिने हुँदैन । ऐनको सम्बन्धित प्राबधानलाई हेर्दा त्यसले सेवा अबधिको मात्र कुरा गरेको अवस्थामा त्यस्तो सेवा अबधिभित्र अस्थायी सेवा अबधिलाई पनि स्वतः समावेश भएको मान्ने हो भने त्यसले निजामती सेवालाई नै अनिश्चित र अन्यौलग्रस्त तुल्याउन सक्छ । त्यसले अस्थायी र स्थायी सेवाका बीचमा कुनै किसिमको अन्तर् नरहेको भन्ने सन्देश प्रवाहित हुन जान्छ । अस्थायी सेवा अबधिलाई स्थायी सरह नमानिने । (प्रकरण नं.७) § सम्बन्धित कर्मचारीको कामको मूल्याङ्कन नै नगरिएको अस्थायी सेवा अबधिलाई स्वतः स्थायीसरह मानी बढुवाको सम्भाव्य उम्मेदवार बनाउनु पर्ने भन्ने मागलाई कानूनअनुरूपको माग मान्न नसकिने । § निजामती सेवा ऐनको दफा २४घ१ को बढुवा भनेको कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनमा आधारित बढुवा प्रणाली हो, त्यस्तो बढुवामा अस्थायी सेवा अबधि जस्तो कुनै किसिमको मूल्याङ्कन हुन नसक्ने अबधिलाई समेत गणना गरी बढुवाको लागि आवश्यक पर्ने न्यूनतम् सेवा अबधि पुगेको मान्न सकिने अवस्था नरहने । § निजामती सेवा नियमावलीको नियम १२३ ले बढुवा प्रयोजनका लागि अङ्क प्रदान गर्दा मात्र त्यस्तो अस्थायी सेवा अबधिलाई मान्यता दिन सकिने गरी गरेको व्यवस्थालाई समुच्चा सेवा अबधिको गणनामा त्यसलाई समावेश गर्ने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता डा.श्री भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा २४घ१ § निजामती नियमावली, २०५० को नियम १२३(३), ३क) आदेश न्या.तपबहादुर मगरः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १