निर्णय नं. ८४२२ - घरटहरा भत्काई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४२२ - घरटहरा भत्काई पाऊँ भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०६/१० ३०७७ निर्णय नं.८४२२ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संम्वत् २०६३ सालको दे.पु.नं ....०५२७, ०५२८ फैसला मितिः २०६७।६।१० मुद्दा : घरटहरा भत्काई पाऊँ । पुनरावेदक वादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं.१६ पकनाजोल बस्ने कुलदेवराज शाही विरुद्ध प्रत्यथीः प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं.१६ पकनाजोल बस्ने रोमनराज शाही समेत एवं पुनरावेदक वादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं.१६ पकनाजोल बस्ने कुलदेवराज शाही विरुद्ध प्रत्यर्थी प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका १६ पकनाजोल बस्ने रोमनराज शाही समेत शुरु फैसला गर्ने : श्री हेम शर्मा पोखरेल का.म.न.पा.प्रमुख पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री केशवप्रसाद मैनाली मा.न्या. श्री हरिबहादुर बस्नेत § एउटै मुद्दामा एकै विषयमा दुई पक्षले अलग–अलग पुनरावेदन दिएकोमा पुनरावेदन अदालतबाट एकै मितिमा एकै इजलासबाट अलग–अलग र परस्परमा विरोधाभाषपूर्ण फैसला भएको देखिन्छ । यस्तो निर्णयलाई कानूनसंगत भएको भन्न नमिल्ने । (प्रकरण नं. ४) § एकै साथ एउटै मुद्दामा दुई पक्षबाट परेको दुई पुनरावेदनमा पुनरावेदन अदालतबाट भएको दुई परस्पर विरोधाभाषपूर्ण फैसलाहरूको कार्यान्वयन हुन नसक्ने । § जुनसुकै निकायबाट भएको शुरुको एउटै फैसला र एउटै मिसिलमा जतिसुकै पुनरावदेन परे पनि पुनरावेदन तहको अदालतबाट एउटै फैसला हुनुपर्ने । § पुनरावेदन अदालतले शुरुको फैसलामा रहेको प्रक्रियागत, तथ्यगत र कानूनी त्रुटि एवं प्रमाणको मूल्याङ्कनसम्बन्धी त्रुटिहरूलाई सच्याउने काम गर्दछ । आफूले गरेको फैसला नै निरर्थक र कार्यान्वयन हुन नसक्ने वा एउटै मुद्दामा विरोधाभाषपूर्ण हुने गरी फरक–फरक फैसला पुनरावेदन अदालतले गर्ने होइन । त्यसो गरेमा त्यो कानूनविपरीत, त्रुटिपूर्ण हुन्छ र त्यस्तो निर्णय गर्ने निर्णयकर्ताहरूको कार्यक्षमता सम्बन्धी गम्भीर प्रश्न उठ्न सक्ने । (प्रकरण नं. ५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कोपिल प्रसाद अधिकारी प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री शालिकराम पाण्डे अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को ५४ नं. § न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ग) § अदालती वन्दोवस्तको ७२, १८६ र १९२ नं. फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार रहेको छ :– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ को मेरो कि.नं. ११११ जग्गाको उत्तर सीमानामा रहेको पर्खालमाथि नक्सापास नगरी कि.नं. ४३५ को जग्गाधनी रोमन राज शाहीले टहरा बनाएको हुँदा भत्काई पाउँ भन्ने उजूरी निवेदन । त्यसैगरी मेरो दक्षिण तर्फका शशिराज शाहीले निजको कि.नं. ४३७ जग्गामा नक्सा पास नगरी ३ तल्ले घर बनाएको हुँदा उक्त घर भत्काई पाउँ भन्ने व्यहोराको मिति २०६१।७।१३ को कुलदेव राज शाहीको उजूरी प्रतिवेदन । विपक्षीले काठमाडौं महानगरपालिका वडा नं. १६ को कि.नं. ११११ जग्गामा घर बनाउन नक्सा पास गर्दा संधियार पुर्जी चौहदीमा काका नाता पर्ने रोमन राज शाहीको पर्खाल घर जग्गा भनी लेखी स्वीकारेकोले उक्त पर्खाल हाम्रो वर्षौ पुरानो हो । कि.नं. ४३५ मा कुनै नयाँ टहरा बनाएको छैन । कि.नं. ४३७ क