निर्णय नं. ८४२३ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४२३ - अंश दपोट भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/१०/१९ ६१३० निर्णय नं.८४२३ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६० सालको दे.पु.नं.– ९५४४ संवत् २०६५ सालको दे.पु.नं.– ८१० फैसला मितिः २०६६।१०।१९।३ मुद्दा :- अंश दपोट । पुनरावेदक प्रतिवादीः का.जि का.मा.न.पा वार्ड नं.९ बत्तिसपुतली बस्ने सीता सिँह मल्ल विरुद्ध प्रत्यर्थी वादीः ऐ ९ गौशाला बस्ने मञ्जूकुमार सिँह मल्ल पुनरावेदक वादीः का.जि का.मा.न.पा वार्ड नं. ९ गौशाला वस्ने मञ्जुकुमार सिँह मल्ल विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ ९ वत्तिसपुतली वस्ने सीता सिँह मल्ल शुरु तहमा फैसला गर्ने मा.जि.न्या. श्री आनन्दमोहन भट्टराई पुनरावेदन फैसला गर्ने मा.न्या.श्री, खिलराज रेग्मी मा.न्या. श्री वोधरीराज पाण्डे § अंश मुद्दा चली अंशबण्डाको २०, २१ नं. बमोजिम सम्पत्तिको तायदाती फाँटवारी दाखिल गर्ने आदेश भएपछि मात्र पेश गरेको फाँटवारी तायदातीमा दवाए छपाएको छैन भनी कागज गरिसकेको अवस्थामा दवाए छपाएको उपर नदवाउनेले दावी नालेस गर्न सक्ने र त्यस्तो अवस्थामा मात्र दवाउनेले अंश दपोट गरेको ठहरी नदवाउने वादीले अंश दपोट गरेको जग्गा सम्पत्ति खान पाउने । § अंश नालेश नपरेको र सम्पत्तिको फाँटवारी पेश नभएको एवं सो फाँटवारीमा दवाए छपाएको छैन भनी उल्लेख हुने अवस्था नरहेकोले अंशबण्डाको २७ नं. र अंशबण्डाको २१ नं. आकर्षित नहुने । (प्रकरण नं.३) § सगोलको वा पैतृक सम्पत्ति भागबण्डा गर्नुपर्ने हुन्छ । निजी सम्पत्ति वा दाइजो पेवा वा निजी आर्जनबाट खरीद भएको वा आर्जन भएको र दान वा वकसबाट प्राप्त गरेको सम्पत्तिमा अरु कसैको अंश हक नलाग्ने । § देवानी मुद्दामा दावी जिकीर लिएको कुराको प्रमाण नपुर्याएमा वादी दावी खम्वीर हुन नसक्ने । (प्रकरण नं.४) § सगोलको जग्गा कुनै पनि प्रमाणबाट नदेखिएको र निजी स्रोतबाट प्राप्त जग्गा बण्डा लाग्न नसक्ने अवस्था रहेकाले अंश मुद्दा परी तायदाती फाँटवारी मागिएको अवस्था नभई वादी र प्रतिवादीहरूले बण्डापत्र खडा गरी सम्बन्धित मालपोत कार्यालयबाट पारित गराई आ–आफ्नो अंश लिनुदिनु गरेको देखिएको अवस्थामा अंशबण्डाको २७ नं. को कानूनी व्यवस्थाले अंश दपोट गरेको भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री नैनविनोद न्यौपाने र श्री बच्चुसिँह खड्का प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृणप्रसाद भण्डारी एवं अधिवक्तात्रय श्री शम्भु थापा, श्री सविता वराल र श्री बालमुकुन्द श्रेष्ठ अवलम्बित नजीरः सम्वद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा २६ फैसला न्या.अवधेशकुमार यादवः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अर्न्र्तगत मुद्दा दोर्याउने निस्सा प्राप्त भै दायर हुन आएको यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः पिता आशाकाजीको ४ छोरामा विपक्षी सीता सिँहको पति हरिगोविन्द,आशाराम,कृष्ण, र कान्छा म फिरादी भएकोमा माता, पिता र दाई हरिगोविन्द र कृष्ण परलोक भै ३ अंशियार सगोलमा रही सगोलमा व्यापार व्यावसाय गरी आएकोमा ०५२।८।१२ मा बण्डा हुँदा नदेखाइएको दाजु स्व.हरिगोविन्दको श्रीमती मेरो भाउजू सीता सिँहको नाउँमा रहेको सगोलबाट वढे वढाएको सम्पति भ.पु.जि. दिव्यश्वरी गा.वि.स. वार्ड नं. १ख. कि.नं. ४२२ र सोमा भएको ३ तले पक्की घ