निर्णय नं. ८४२४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४२४ - लेनदेन भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/२४/०२ ६४८९ निर्णय नं.८४२४ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर वम माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको दे.पु.नं ९६९५ संवत् २०६२ सालको दे.पु.नं.७७७४ फैसला मितिः २०६७।४।२४।२ मुद्दाः– लेनदेन । पुनरावेदक प्रतिवादी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.३ वस्ने स्व.स्वस्ती खड्काको मु.स.गर्ने र आफ्नो हकमा समेत प्रेमकुमारी खड्का विरुद्ध काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं.१४ वस्ने सम्पूर्ण नारायण भारी काठमाडौँ जिल्ला का.म.न.पा.१४ वस्ने सम्पूर्ण नारायण भारी विरुद्ध बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.३ वस्ने स्व.स्वस्ती खड्काको मु.स.र आफ्नो हकमा समेत पे्रमकुमारी खड्का शुरू फैसला गर्नेः मा.जि.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § कपाली तमसुकको लिखत कीर्ते जालसाजी भनी अ.बं.७८ नं. बमोजिम अदालतमा वयान गरेको भए तापनि प्रतिवादीको मृत्यु भइसकेकोले कपाली तमसुकको सहिछापसँग भिडाउन उल्लेख भएको मितिसँग समकालीन कुनै लिखतमा निजको सहिछाप परेको भए सो पेश गर्न आदेश भएकोमा निजले सो समकालीन कुनै लिखत पेश गरी कपाली तमसुकको सहिछाप मृतकको होइन भन्न नसकेसमेतवाट उक्त कपाली तमसुकमा भएको सहिछाप मृतकको होइन भन्न नमिल्ने । § कानूनबमोजिम लिखत गर्न सक्षम व्यक्तिले गरेको कपाली तमसुकउपर करकापमा फिराद नपरेको र करकापवाट लिखत गरेको भन्ने र लिखत कीर्ते जालसाजीबाट खडा गरेको भन्ने जिकीर लिनेले सोको प्रमाण पुर्याउन नसकेको अवस्थामा पेश गरेको कपाली तमसुक रीतपूर्वकको र सद्दे व्यहोराबाट खडा भएको मान्नुपर्ने । (प्रकरण नं.२) § घरको मूली बाहेक अन्य व्यक्तिले कुनै ऋण लिनुदिनु गरेमा सो कारोवारलाई घर व्यवहार मिलाउन लिएको भन्न सकिने अवस्था नरहने । § मृतकले कपाली तमसुक गरेको समयमा घरको मूली रहेको नदेखिएको र कपाली तमसुकमा सहिछाप गरेको समेत नदेखिएकोले उक्त ऋणको दायित्व निजमाथि पर्ने भन्ने नदेखिने । § मृतकलाई सम्पत्ति प्राप्त हुने भनी कुनै किसिमको किटान नभएको र अपुताली पर्नको लागि मर्नेको स्पष्ट सम्पत्तिको अधिपत्य नभएका मृतकको अपुताली के हुने भन्ने नै स्पष्ट नभएको एवं मृतकको नाउँको यो यस्तो सम्पत्ति अपुताली खाएको भनी दावी लिन र किटान गरी सम्पत्ति देखाउन नसकेको अवस्थामा अपुताली पाउने भन्ने अवस्था नै नरहने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री नरबहादुर थापा प्रत्यर्थी वादी तर्फबाटःविद्वान अधिवक्ता श्री अर्जुनप्रसाद कणेल अवलम्वि नजीरः सम्वद्ध कानूनः § मुलुकी ऐन लेनदेन व्यवहारको ८ र ९ नं. फैसला न्या.रणबहादुर वमः पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– प्रतिवादीमध्येका स्वस्ती खड्का र प्रेमकुमारी खड्काले काठमाडौँमा रही व्यवसाय र व्यवहार चलाउने क्रममा मसँग २०५७।५।२७ गते रु.११,००,०००।– एघार लाख लिई स्वस्ती खड्काले कपाली तमसुक गरी दिएकोमा भाखाभित्र साँवा व्याज नवुझाएकोले सावा रु.११,००,०००।– लाख र सो को फिराद गर्ने समयसम्मको व्याज रु,१,०५,४७९।– गरी जम्मा रु,१२,०५,४७९।– विगो भरी भराई पाऊँ भन्ने व्यहोराको सम्पूर्ण नारायण भारीको