निर्णय नं. ८४२५ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४२५ - उत्प्रेषण, परमादेश भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०२/१७ ५१३५ निर्णय नं.८४२५ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको WO – ०३४८ आदेश मितिः २०६७।२।१७ मुद्दाः उत्प्रेषण, परमादेश । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २९ सामाखुशी बस्ने सुरेशचन्द्र पौडेल विरुद्ध विपक्षीः नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, दरवारमार्ग काठमाडौँ समेत § विश्वसनीय आधार र कारण नभई आफैँले जारी गरेको चेकको भुक्तानी रोक्का गर्न छूट दिने हो भने बैंकमार्फत् हुने भुक्तानी प्रणालीमा अविश्वास पैदा भई सम्पूर्ण बैंक तथा वित्तीय प्रणालीको सञ्चालनमा नै नकारात्मक असर पर्न सक्ने । (प्रकरण नं.३) § बैंकहरू मार्फत हुने भुक्तानी प्रक्रियाको संवेदनशीलता तथा विश्वसनीयताको विषयलाई पनि गम्भीर रुपमा हेर्नु पर्दछ । चेकबाट हुने भुक्तानीसम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न र स्वस्थ्य तथा विश्वसनीय भुक्तानी प्रणालीको विकास गर्न, चेकको भुक्तानीलाई नियमित गर्नको लागि राष्ट्र बैंकले निर्देशिका जारी गर्न सक्ने र सो निर्देशिकालाई पालना गर्नु अन्य बैंकको कर्तव्य र दायित्व हुने । § विना आधार र कारण चेकको भुक्तानी रोकी नियमित रुपमा हुने भुक्तानी प्रणालीमा अविश्वास खडा गरी आफैले जारी गरेको चेकबाट हुने भुक्तानीमा अवरोध खडा गरेकोले सो क्रियालाई चेकको अनादर गरेको मानी निजलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने बैंकको कार्य कानूनविपरीत रहेछ भनी मान्न नमिल्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति वञ्जाडे र विद्वान अधिवक्ताहरू श्री डिल्ली मैनाली विपक्षी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री सुरेन्द्रकुमार खड्का र श्री मिराज श्रेष्ठ अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल राष्ट्र वैंक ऐन, २०५८ को दफा ४(१) (ख), ५(१), १११ § वित्तीय संस्था ऐन, २०६३ को दफा ४९(२) आदेश न्या. भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदक उद्यम विकास बैंक नारायणगढको सञ्चालक अध्यक्ष हुँ । उद्यम विकास बैंकको केही शेयर बिक्री तथा हक हस्तान्तरण गर्ने उद्देश्यले सो बैंकको अख्तियारप्राप्त गरी म र विपक्षी बनाइएका जंगबहादुर श्रेष्ठ, वासुदेव गिरी, रविन श्रेष्ठ, प्रज्वल श्रेष्ठ, प्रदीप आचार्यसमेतका बीच मिति २०६३।४।११ मा मिति २०५३।७।३० भित्रमा शेयर खरीद बिक्री दा.खा. नामसारी समेत सम्पन्न गर्ने करारनामाको लिखत गरी एक– एक प्रति लिए दिएका थियौं । करार सम्पन्न गर्ने सिलसिलामा प्रज्वल श्रेष्ठ र रविन श्रेष्ठबाट रु .५०,००,०००।– बराबरको चेक शेयर खरीदकर्तामध्येका प्रज्वल श्रेष्ठले मलाई दिएकोमा सो चेकबाट भुक्तानी हुन नसकी वाउन्स हुन पुगेको थियो । अन्य खरीदकर्ताहरू मध्ये वासुदेव गिरी र भूमिनन्द ढकालबाट समेत गरी जम्मा रु.२१,५०,०००।– मिति २०६३।४।१९ मा बुझिलिएको हुँ । शेयर खरीदकर्ताहरूले बाँकी रकम मिति २०६३।७।३० गतेसम्म भुक्तानी गर्न नसकी करारको उल्लघन गरेका थिए । मैले वासुदेव गिरी र भूमिनन्द ढकालबाट लिएको उक्त रकम निजहरूलाई फिर्ता गरी भरपाई समेत गराएको छु । विपक्षी मध्ये रविन श्रेष्ठले म प्रज्वल श्रेष्ठको अधिकारप्राप्त व्यक्ति हुँ भनी मिति २०६४।११।१० मा चितवन स्थित उद्यम विकास बैं