निर्णय नं. ९००५ - कर्तब्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९००५ - कर्तब्य ज्यान भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०२/०६ ३९५३ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.९००५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६६ सालको स.फौ.पु.नं. ०६६–CR–०७२८ फैसला मितिः २०७०।२।६।२ मुद्दाः कर्तब्य ज्यान । पुनरावेदक प्रतिवादीः तेह्रथुम जिल्ला, संक्रान्तिबजार गा.वि.स.,वडा नं.२ बस्ने ईश्वर लिम्बू विरुद्ध प्रत्यर्थी वादीः हेमकुमार पाहिमको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने :– मा.न्या.श्री कोषकुमार नेम्वाङ्ग पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री ऋषिराज मिश्र § मुलकी ऐनको ज्यान सम्बन्धी महलको ५ नं. अनुसार घटनामा फौजदारी अपराध हुने आपराधिक तत्वमध्येको महत्वपूर्ण तत्व मनसायको अभाव रहने हुन्छ । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान यसमा हुँदैन । कुनै एउटा कामको निमित्त सावधानीसँग सतर्कतापूर्वक गरिरहेको अवस्थामा अचानक केही ब्यहोराले अरूलाई लाग्न गएकोमा भवितव्य हुन्छ । भवितव्यबाट सो घटना घट्न गएको हो भन्ने पक्षले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन । उचित सतर्कता र सावधानी राखिएको थियो भन्ने कुराको प्रमाणित गर्नुपर्दछ । सो घटनामा मानिस छ भन्ने कसूरदारलाई थाहासम्म पनि भएको हुनु हुँदैन । अरू नै कुनै केही चीज वस्तुउपर प्रहार गर्दा अचानक मानिसउपर पर्न गै मानिसको मृत्यु भएको हुनुपर्ने । § मुलकी ऐनको ज्यान सम्बन्धी महलको १४ नं. को व्यवस्थामा मान्छेको उपस्थिति पनि भएको, घटना वारदात मान्छे–मान्छेबीच भएको तर उक्त मान्छेले–मान्छेलाई ज्यानमार्नेसम्मको कुनै मनसाय पनि नभएको, ज्यान लिनुपर्नेसम्मको पूर्व रीसइबि पनि नभएको, लुकी चोरीकन पनि नहानेको, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लातमुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी अवस्था भएकाले सोही ऐनबमोजिम मानिस–मानिसबीच वारदात हुन गएको तर उसै मौकामा उठेको रिस थाम्न नसकी लात मुक्काले हानेको अवस्थाबाट मृतकको मृत्यु हुन गएकाले सोही ऐनको १४ नं.आकर्षित हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादीतर्फबाटः प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५, ६ र १४ नं. फैसला न्या.प्रा.डा.भरतबहादुर कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।३।१६ गतेको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरो भाइ अम्बरबहादुर पाहिमलाई मिति २०६४।१२।१६ गतेका दिन ११ः०० बजेको समयमा जिल्ला तेह्रथुम, संक्रान्तिबजार गा.वि.स., वडा नं.२ बस्ने ईश्वर लिम्बूले छिमेकी रामबहादुर फोम्बोको घर आँगनमा लात्ती मुड्कीले कुटपीट गरी कर्तव्य गरी मारेको हुँदा निजलाई पक्राउ गरी कानूनी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरवाला हेमकुमार पाहिमको २०६४।१२।२७ गतेको जाहेरी दरखास्त । निधारको दाहिनेमाथि निलो दाग, दाहिने खुट्टाको घुँडामा खोस्रेको नीलडाम, लिङ्गबाट रगत वीर्य निस्केको देखिएको भन्नेसमेत व्यहोराको मृतक अम्बरबहादुर पाहिमको घटनास्थल तथा लाश जाँच मुचुल्का । हेमकुमार पाहिमको जाहेरीले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको