निर्णय नं. ८४२६ - जोत नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४२६ - जोत नामसारी भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०५/०४ २९२९ निर्णय नं.८४२६ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती मुद्दा नं. २०६६-CI- ०६८०, ०८२४ फैसला मितिः २०६७।५।४।६ मुद्दाः– जोत नामसारी । पुनरावेदक प्रतिवादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १५ बस्ने देवेन्द्र श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १३ बस्ने माणिकलाल श्रेष्ठ एवं पुनरावेदक प्रतिवादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. ८ बस्ने रामचन्द्र श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी वादीःजिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १३ वस्ने माणिकलाल श्रेष्ठ शुरु फैसला गर्नेः– श्री हरिप्रसाद दुलाल पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री ठाकुरप्रसाद शर्मा मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ § जग्गाधनी प्रमाण पूर्जा तथा फिल्डबुकमा नै मोही जनिएको र बाली दिलाई मोही निष्काशन मुद्दा चली अन्तिम भएको अवस्थामा मोहीका लागि आवश्यक पर्ने लगत तथा अनुसूची फारम नभएको भनी मोही नामसारी मुद्दामा विवाद उठाउनु प्रासंगिक नहुने । § नापी हुँदाकै अवस्थामा फिल्डबुकमा र जग्गाधनी प्रमाण पूर्जामा समेत मोहीको नाउँ जनिएको अवस्थामा उक्त जग्गामा मोहीको हैसियत प्राप्त गरिसकेको तथ्य स्थापित भएको मान्नुपर्ने । § आफूसँग लामो समय रहेको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा कसैको नाम जनिन्छ र त्यसलाई बदर गराउने प्रयास गरिन्न भने पछि आएर सो जग्गामा मोही नै छैन् भन्न नमिल्ने । (प्रकरण नं. ४) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ता बालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ – मेरा बाबु बेखालाल श्रेष्ठ मोही भएका विभिन्न जग्गाहरूको जोत नामसारी गरिपाऊँ भनी मिति २०५३।१०।६ मा द.नं. २७८० बाट निवेदन दिएकोमा भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ७६६ क्षेत्रफल ०–५–१, कि.नं. ७६८ क्षेत्रफल ०–७–१ र कि.नं. ७४९ क्षेत्रफल ०–३–१ जग्गाको जोत नामसारी नभएकाले मोही बेखालाल श्रेष्ठको नाउँ खारेज गरी मेरा नाउँमा नामसारी गरिपाऊँ भन्ने माणिकलाल श्रेष्ठले मिति २०५७।१०।५ मा दिएको निवेदन । पिता नीरबहादुरका ३ छोराहरूमा जेठा बेखालाल, माहिला म भगतबहादुर, कान्छा तुल्सीबहादुर भएकोमा दाजु बेखालाल मोही भई मैले कि.नं. ७६८ क्षे.फ.०–७–१ जग्गा जोतभोग गर्दै आएको र जग्गाधनीहरूले समेत मलाई नै मोही पत्याएको हुँदा विपक्षी माणिकलाल श्रेष्ठको निवेदन र साविक मोही बेखालाल श्रेष्ठको नाम खारेज गरी उक्त जग्गाको मोही मेरा नाममा नामसारी गरिपाऊँ भन्नेसमेत व्यहोराको भगतबहादुर श्रेष्ठले मिति २०५९।५।२८ मा दिएको निवेदन । विपक्षीका नाममा मोही कायम हुन आवश्यक पर्ने १ नं. लगत, २ नं. तथा ३ नं. अनुसूची र ४ नं. जोताहा निस्सा प्रमाणहरू केही पनि नभएको अवस्थामा दावी खारेज गरिपाऊँ । १ नं. लगत र २ नं. अनुसूची प्राप्त भएको अवस्थामा पनि उक्त जग्गा भगतबहादुर श्रेष्ठले जोतभोग गरिआएको र हामीलाई कुत बाली समेत निजले बुझाई आएको हुँदा निज भगतबहादुर श्रेष्ठलाई मोही कायम गर्न मञ्ज