निर्णय नं. ८३६७ - गुठी तैनाथी जग्गा कायम गरेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३६७ - गुठी तैनाथी जग्गा कायम गरेको । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/१०/२६ ७४५९ निर्णय नं: ८३६७ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको दे.पु.नं.. ३०० फैसला मितिः २०६६।१०।२६।३ मुद्दाः गुठी तैनाथी जग्गा कायम गरेको । पुनरावेदक निवेदकः महोत्तरी जिल्ला इटहर्वाकट्टी गा.वि.स. वडा नं. १ को हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ८ बस्ने डा. कामेश्वरप्रसाद सिँह विरुद्ध प्रत्यर्थी विपक्षीः गुठी संस्थान केन्द्रीय कार्यालय प्रशासक शुरु फैसला गर्नेः श्री श्यामराज ढुंगेल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रराज पन्त मा.न्या.श्री भीमेन्द्रबहादुर कार्की § जग्गाको लगत स्रेस्ता गुठी तैनाथी भैरहेको अवस्थामा सो लगतलाई खण्डन गर्ने बलियो प्रमाणको अभावमा कुनै कानूनले अधिकार नदिएको पदाधिकारी र कार्यालयले कानूनविपरीत गरेको काम कानूनसम्मत नहुने हुँदा त्यस्तो निर्णय र त्यसको आधारमा भएको अन्य काम कारवाहीले समेत वैधानिकता पाउन नसक्ने । (प्रकरण नं.३) § मोही नै नलाग्ने, गुठी संस्थानको पूर्ण स्वामित्वमा रही आफैंले मात्र बन्दोवस्त गर्नसक्ने कानूनी व्यवस्था भएको जग्गालाई गुठी तहसील तथा खर्च कार्यालयको एकाधपत्रको आधार लिई गुठी अधिनस्थ जग्गा हो र मोही कायम हुन्छ भन्नु उपयुक्त र कानूनसम्मत नहुने । (प्रकरण नं.४) § गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबाट एउटा प्रकृतिको जग्गालाई अर्को प्रकृतिको जग्गामा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानको प्रशासकलाई पुनः सो जग्गा पुरानो प्रकृतिमा लग्न निर्णय गर्न पाउने अख्तियारी प्रष्ट शब्दमा प्रदान गरेको देखिँदा यो ऐनको सम्बन्धमा संशोधन पछिको कानून पहिलेको कार्यमा लागू हुन सक्दैन, गुठी प्रशासकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री जयकान्तलाल प्रत्यर्थी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § गुठी संस्थान ऐन, २०३३ को दफा १७, १८, २६, २७, २८, ३०, २ञ, ३०, ३८, ३९ § मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. आदेश न्या. रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ८(ख) कि.नं. २५९ को दक्षिणतर्फबाट क्षे.फ. ०–७–६ (सातकठ्ठा छ धुर) जग्गा वशिष्ठ शरण वैष्णवले शर्तनामा लेखी दिएकोले मोहियानी प्रमाणपत्र पाउन सम्बन्धित कार्यालयका नाउँमा सिफारिश पाऊँ र वरिष्ठ शरण वैष्णवको नाउँ मोहियानी प्रमाणबाट कट्टा गरी यस कार्यालयबाट मसँग कवुलियत बनाई कानूनबमोजिम जो जे गर्नुपर्ने गराई सम्बन्धित कार्यालयका नाउँमा सिफारिश पाऊँ भन्ने डा. कामेश्वरप्रसाद सिँह राजपुतको निवेदन । उक्त कि.नं. २५९ को जग्गा संस्थान आफैंले खेती गर्न छुट्याएको १५०० विगाहा भित्रको जग्गा भएकोले सो सम्बन्धमा केही कारवाही गर्न मिलेन, बाँकी जग्गाको मोही नामसारी गर्ने सम्बन्धमा निर्देशन पाउन भनी जनकपुर गुठी तहसील तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख कृष्णमुरारी शर्माले २०४६।१।२५ मा गुठी संस्थान केन्द्रीय कार्यालयसमक्ष अनुरोध गर्नु भएकोमा संस्थानले खेत