निर्णय नं. ८३६९ - सरकारी दस्तखत, छाप कीर्ते ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३६९ - सरकारी दस्तखत, छाप कीर्ते । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/१२/२२ ३०३१ निर्णय नं: ८३६९ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री रणबहादुर बम फौ.पु.नं. ०६४–CR–०४०२ फैसला मितिः २०६६।१२।२२।१ मुद्दाः– सरकारी दस्तखत, छाप कीर्ते । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला किर्तिपुर न.पा.वडा नं. २ वस्ने संजय महर्जन विरुद्ध विपक्षी वादीः नेपाल सरकार शुरु निर्णय गर्नेः मा.जि.न्या.श्री शिवनारायण यादव पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री वुद्धिप्रसाद रेग्मी § सँगसाथबाट बरामद भएको सवारी चालक अनुमतिपत्र सद्दे नदेखिई त्यसमा लागेको सरकारी छाप र दस्तखत कीर्ते पाइएको, सो अनुमतिपत्र बनाई ल्याई दिने भनी पोल गरेका व्यक्तिका नाममा म्याद नै तामेल हुन नसकेको अवस्थामा प्रतिवादी निर्दोष रहेको मान्न मिल्ने आधार कारण नदेखिने । § उनाउ व्यक्तिको नाउँमा जारी भएको सरकारी छाप र दस्तखत कीर्ते गरी आफ्नो नाउँको सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्नु नै अभियोग दावी प्रमाणित हुने यथेष्ठ आधार हुने अन्यथा प्रमाणित गर्न चाहने पक्षले नै प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम प्रमाण पुर्‍याउनु पर्ने । (प्रकरण नं.४) पुनरावेदन तर्फबाटः विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा २७ फैसला न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति २०६४।११।२ को फैसलाउपर प्रतिवादी संजय महर्जनको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– क्षेत्रीय प्रहरी कार्यालय वागमतीबाट मिति २०६०।४।२० गते संजय महर्जनको नाउंमा जारी भएको २७०३३३ नं. को सवारी चालक अनुमतिपत्र र सिताराम अधिकारीको नामको सवारी चालक अनुमतिपत्र एकै भएकोले उक्त नं. को सवारी चालक अनुमतिपत्र को–कसको नाउँमा जारी भएको छ खुलाई पठाई दिने भनी क्षे.प्र.इ.का.वागमतीलाई पत्राचार गर्दा उक्त नं. को सवारी चलाक अनुमतिपत्र हुमबहादुर पुनको नाममा जारी भएको देखिन्छ भनी लेखि आएको हुँदा उक्त नं.को सवारी चालक अनुमतिपत्र संजय महर्जनले सरकारी छाप दस्तखत समेत कीर्ते गरी बनाएको देखिएकोले निजलाई आवश्यक कावाहीको लागि पठाइएको छ भन्ने समेत व्यहोराको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको पत्र । सवारी चालक अनुमतिपत्र सक्कली नै होला भन्ने विश्वासमा परी मैले सवारी साधन चलाई आएको हुँ । पछि ट्राफिक प्रहरी कार्यालय काठमाडौँले मेरो नामको सवारी चालक अनुमतिपत्र कीर्ते गरी बनाएको हो भने पछि थाहा पाएको हुँ । उक्त सवारी चालक अनुमतिपत्र आफन्त पर्ने शान्त महर्जनले मसँगबाट रकम लिई बनाई दिएको हुँदा निजले नै के कहाँबाट कीर्ते गरी बनाई मलाई दिएको हो थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी संजय महर्जनले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान । मिति २०६०।४।२० गतेको क्षे.प्र.इ.का. काठमाडौंबाट संजय महर्जनको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रमा भएको दस्तखत प्रहरी वरिष्ठ उपरिक्षक सनन्दन कुर्मीको भएको पाइएकोले प्रतिवादी संजय महर्जनको सवारी चालक अनुमतिपत्रमा भएको दस्तखत र जारी गर्ने अधिकारीको दस्तखत मिल्छ, मिल्दैन परिक्षण गराउनु पर्ने भएकोले दस्तखत नमूना पठाई दिनु हुन अनुरोध छ भनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साललाई लेखि पठाएको पत्र । प