निर्णय नं. ८३७० - उत्प्रेषणयुक्त प्रतिषेध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३७० - उत्प्रेषणयुक्त प्रतिषेध । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०२/११ ६२३२ निर्णय नं: ८३७० ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६५ सालको रिट.नं. ००९२ आदेश मितिः २०६७।२।११।३ विषय : उत्प्रेषणयुक्त प्रतिषेध । निवेदकः जिल्ला मोरंग, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने नरेशमान शाक्य समेत विरुद्ध विपक्षीः ल.पु.जि.ल.उप.म.न.पा. वडा नं १० कुमारीथान कुपण्डोल स्थित ओम शिवा बहुमुखी सहकारी संस्था लिमिटेड समेत § ऋण लिँदा दिँदा सम्पन्न सम्झौता उल्लघंन भएको छ छैन, उल्लघंन भएको छ भने कुन पक्षबाट र ऋण दिंदा लिँदा धितो सम्पत्तिको दुवै पक्षले स्वीकारेको मूल्य के कति रहेछ तथा लिलामपूर्व मूल्याङ्कन भएको भए सो मूल्य कति रहेछ भन्ने कुराको विश्लेषण केन्द्रविन्दुमा राख्दै ऋण असूल गर्न तोकिएको कानूनी कार्यविधिको परिपालन भएको छ छैन भन्ने कुराको परीक्षण गर्नुपर्ने । § ऋण प्रदायकले कुनै मौखिक आश्वासन दिएको भन्ने कुरा वा व्याज मिन्हा वा हर्जानामा छूट कसैलाई दिइयो कसैलाई दिइएन भन्ने जस्ता कुरा ऋणीका कानूनी अधिकारका विषयवस्तु बन्न नसक्ने । § ऋणीको सम्पत्ति कव्जा नै गर्ने वा साम्पत्तिक हक गैरकानूनी रुपले अपहरण नै गर्ने मात्र नियत ऋण प्रदायकले राखेको छैन भने ऋण असूलीको कारवाही न्यायिक परीक्षणको विषय बन्न नसक्ने । § ऋण प्रदायकले धितो लिएको सम्पत्तिको ऋण प्रदायकले नै निर्धारण गरेको मूल्य अदालतका लागि विचारवस्तु वन्न सक्दछ, तर ऋणीले नै स्वघोषणा गरेको धितो सम्पत्तिको मूल्य विचारवस्तु वन्न नसक्ने । § ऋण प्रदायकले कानूनी कार्यविधिको परिपालना नगरी ऋणीको साम्पत्तिक हकमा आघात पुर्‍याउने उद्देश्य नै राखी काम कारवाही गरिएको देखिएको अवस्थामा वाहेक लिलामी प्रक्रिया न्यायिक परीक्षणको विषय वन्न नसक्ने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता युवराज भण्डारी विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री प्रेमराज कार्की, विद्वान अधिवक्ता श्री वच्चुसिँह खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः § सहकारी नियमावली, २०४९ को नियम २५(२), ३९, ३९(१), (२) § सहकारी ऐन, २०४८ को दफा ३९ आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा, ३२ एवं धारा,१०७(२) बमोजिम यस अदालतमा पर्न आएको निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः– म निवेदक नरशेमान शाक्यले सहकारी ऐन, २०४८ अन्तर्गत संस्थापित भएको प्रत्यर्थी ओम शिवा बहुमुखी सहकारी संस्था लिमिटेडबाट २०६०।६।३० मा रु ७,५०,०००।, मिति २०६०।६।३० मा रु ५०,०००। र मिति २०६०।७।१७ मा कर्जा रु १५,००,०००। (पन्ध्र लाख) कर्जा प्राप्त गरेको थिएँ । उक्त कर्जाको निमित्त म नरशेमानकी पत्नी म निवेदिका मनोरमा शाक्यको नाममा दर्ता रहेको रु ४०,००,०००। (चालिस लाख) मूल्य पर्ने मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. १३ को कि.नं १६ को ०—२—१ र सो जग्गामा भएको घर लिग लगापात समेत म नरशेमान शाक्यकी आमा म निवेदिका दिलकुमारी शाक्यको नाममा दर्ता रहेको रु १५,००,०००। (पन्ध्र लाख) मूल्याङ्कन पर्ने मोरंग जिल्ला विराटनगर उप—महानगरपालिका वडा नं.१२ (ख) को कि.नं.६६ को ०—०—७—२ र लिग लगापात समेत धितो बन्धकी दिएको थिएँ । कर्जा प्राप्त गरिसकेपछि म निवेदिका मनोरमाले उपर्युक्त कि.नं १६ को ०—२—१ जग्गामा नयाँ घर न