निर्णय नं. ८३७१ - अंश हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७१ - अंश हक कायम । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०१/०२ ४२३१ निर्णय नं: ८३७१ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६३ सालको दे.पु.नं. ५४५ फैसला मितिः २०६७।१।२।५ मुद्दा : अंश हक कायम । पुनरावेदक वादीः वारा जिल्ला विश्रामपुर गा.वि.स. वडा नं. ८ बस्ने विश्वनाथ साह कलवार विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने रामचन्द्रप्रसाद कलवार शुरु फैसला गर्नेः मा.जि.न्या श्री अजयराज उपाध्याय पुनरावेदन फैसला गर्नेः— मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या. श्री गौरीबहादुर कार्की § बण्डापत्रमा अवण्डा भनी नजनिएको सम्पत्ति यदि कुनै अंशियारको नाउँमा दर्ता कायम रहेको छ भने त्यो सम्पत्ति वण्डा गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार सम्बन्धित पक्षमा नै निहीत रहन जाने । § कुनै अचल सम्पत्ति राजिखुसी साथ अंशियारबीच बण्डा गर्दैमा त्यस्तो अंशियारले निजी आर्जन तथा स्रोतबाट खरीद गरेको अन्य सम्पत्ति समेतबाट त्यस्तो अंशियारलाई वण्डा दिन पक्ष बाध्य हुन्छ भनेर भन्न नमिल्ने । § लिखतमा एकासगोलको अंशियार भनी साक्षी नराखेको अवस्थामा कुनै अंशियारको नाउँमा रहेको जग्गा त्यस्तो अंशियारले बेचविखन तथा वकस गरी दिँदा अर्को अंशियार साक्षी राखेको भन्दैमा अंशियारहरू एकासगोलमा रही बसी आएका रहेछन् भनी अनुमान गर्न नमिल्नुका साथै त्यस्तो अवस्थामा बसेको साक्षीको हैसियत साक्षीको रुपमा मात्र सीमित रहन जाने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सुधीरकुमार दास प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण नेउपाने र श्री रविनारायण खनाल अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।४।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः— सिदयाल साह कलवारका दुई छोरामध्ये जेठा विपक्षी रामचन्द्रप्रसाद कलवारका पिता जोधा साह र कान्छो म वादी भै पिता माताको मृत्युपश्चात् पैत्रिक सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति समेत सगोलमानै भोग गरी आउँदा पैत्रिक सम्पत्तिको आयस्ताबाट वीरगञ्ज बजारमा जग्गा खरीद गर्ने दाजु जोधा साह र म वादीको समेत सल्लाह भै वीरगञ्ज नगर समितिले मूल्य निर्धारण गरी विक्री वितरण गर्न शुरु गरेका जग्गामध्ये प्लट नं ३४८ को ज.वि. ०—१—३—३।४ जग्गा खरीदका लागि पहिला पटक मिति २०३३।१०।१० मा रू. १२००।— मिति २०३३।१२।११ मा दाजु जोधा साहको नामबाट दाखिल गराई कार्यव्यस्तताले आफ्नो नाउँमा गराउन नसकेपनि भाग शान्ति आधा—आधा भोगी आउने क्रममा सो दर्ता हुन नसकेको जग्गा छाडी बाँकी दर्ता भएका अचल जग्गा जमिन मिति २०३३।३।३२ मा वण्डापत्र पारित भएपश्चात् दाजु जोधा साहको मृत्यु भयो । दाजुको मृत्यु भएकोले सो जग्गा आफ्ना नाउँमा गराउन वीरगञ्ज नगर विकास समितिमा जादा जसका नामबाट रुपैयाँ दाखिल भएको छ उसैका हकवालाको नाममा मात्र दर्ता हुने भन्ने भएबाट म समेतको मञ्जूरीले जोधा साहको छोरा भतिजा विपक्षी रामचन्द्रप्रसाद कलवारको नाममा मिति २०४५।४।२४ मा सोही मूल्यमा लिखत पारित गराई हाल कि.नं. ३५२ को जग्गा कायम भएको छ । सो जग्गा भोगअनुसार वण्डा गरौं भनी विपक्षीलाई मिति २०६१।५।१९ मा भन्दा इन्कार गरेकाले अंशवण्डाको