निर्णय नं. ६३०३ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३०३ - लिखत वदर भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/११/२३ ४५६८ निर्णय नं.- ६३०३ ने.का.प.०५४ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५२ सालको दे.पु.नं. .. ४५ फैसला मिति :- २०५३।११।२३।५ मुद्दा :- लिखत वदर । पुनरावेदक वादी :- कास्की मौजा गा.वि.स.वडा नं. ७ वस्ने लक्ष्मी देवी बास्तोला । ऐ.ऐ. वस्ने हरिकृष्ण बास्तोला । विरुद्ध विपक्षी प्रतिवादी :- कास्की मेलाम गा.वि.स. वडा नं. ३ वस्ने इन्द्रमोहन अधिकारी । § मुद्दाहरुको तथ्यहरु नै फरक रहेको २ निर्णयहरुमा भिन्न भिन्न प्रश्न उठी भिन्न भिन्न दफाहरुको व्याख्या गरिएको हुँदा रुलिङ बाझिएको भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. १३) § सगोलको अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी भएकोमा सगोलको सम्पत्ति होइन अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्ने पक्षले नै अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्तिको सवुद गुजार्नु पर्ने सर्वमान्य सिद्धान्त हो । (प्र.नं. १३) § एकासगोलको अंशियारमा जस्को नाममा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६ (क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुने । (प्र.नं. १३) § अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ.का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा बाहेक संगै बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने। (प्र.नं. १३) पुनरावेदक वादी तर्फवाट :- विद्वान अधिवक्ता श्री विश्वदीप अधिकारी । विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुवर । विपक्षी प्रतिवादी तर्फवाट :- विद्वान अधिवक्ता श्री वद्री प्रसाद शर्मा अबलम्बित नजीर :- ने.का.प. २०४६ को नि.नं. ४०१४, ने.का.प. २०४८ को नि.नं. ४४३७ मा प्रतिपादित सिद्धान्त । फैसला न्या.ओमभक्त श्रेष्ठः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ङ) वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ । २. विपक्षी मध्येका कलाधर वास्तोला हाम्रो पति र पिता हुनुहुन्छ । निज र हामी समेत गरी ५ अंशियार छौं । एका सगोलमा रही बसी आएका हामीहरुलाई थाहा जानकारी नदिई अंशमा ठग्ने नियत लिई २०४९ सालमा प्राप्त गरेका कास्की मौजा गा.पं. साविक विजयपुर वडा नं. ९ कि.नं. ३५९ क्षेत्रफल ७-६-२-३ को पुरै खेत जग्गा कलाधर दिने ईन्द्रमोहन लिने गरी विगो रु. ५५,०००।- मा मिति ०४५।१०।११ मा राजिनामा गरी लिनु दिनु गरेको हुँदा हाम्रो भागमा पर्न आउने ५ भागको २ भाग क्षेत्रफल २-७-३-० को जग्गा जतिको लिखत वदर गरी हक ईन्साफ गरी न्याय दिलाइ पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीदेवी वास्तोला र हरिकृष्ण वास्तोलाको संयुक्त फिराद दावी । ३. म कलाधरलाई उद्योग व्यवसाय गर्न मन लागेकोले कृषि विकास वैंक शाखा कार्यालय पोखरावाट रु.३२,२४६।- वरावरको पानी घट्टको सामान लिई निर्माण कार्य शुरु गर्दा रुपैया नपुगेकोले काम संचालन हुन नसकी ऋण समेत वढदै गएकोले सो ऋण र सिमन वहादुरको ऋण रु.१०,०००।- नवुझाई नहुने अवस्था परेको हुँदा सो जग्गा विक्रि गरी वाँकी रुपैयाको रु.८,०००।- को भैसी रु.४,०००।- को गोरु रु.३,०००।- को वाख्रा किनेको र रु.५,०००।- औषधी उपचार गरेको हुँ । आफू खुशी गर्न विक्रि गरेको नभै घर व्यवहार चलाउन ऋण लिएको र