निर्णय नं. ८७९८ - पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७९८ - पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६९/०१/२१ ३४८० ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् ०६७ सालको–CR–०३५६ फैसला मितिः २०६९।१।२१।५ मुद्दा : चोरी । पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह विरुद्ध प्रत्यर्थी वादीः भगवती डिलीङ सेवा प्रा.लि.को पोप्राईटर भगवती कार्कीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : मा.न्या.श्री पदमराज भट्ट पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री विश्वम्भर श्रेष्ठ § निजी उपभोग वा प्रयोगको लागि सामान खरीद गर्नेले यसरी खरीद गर्दा कुनै कागज गरी लिने वा नलिने कुरा निजको ईच्छा र खरीद गरिएको वस्तुको प्रकृति र कानूनी बाध्यताको बिषयले निर्धारण हुने । § सामान्य उपभोगको लागि कुनै चीज वस्तु खरीद गर्दा कागज गरिलिने दिने भन्ने कुरा सम्बन्धित उपभोक्ता खरीदकर्ताको ईच्छामा समेत भर पर्ने हुनाले कुनै चीज वस्तु खरीद गर्दा कागज गरी लिने दिने कुरा निजको सम्बन्धमा त्यति सान्दर्भिक र महत्वपूर्ण नहुन सक्ने । § आफ्नो व्यावसायलाई नियमित रुपमा सञ्चालन गर्न कारोवारबाट भएको नाफा घाटाको कुरा यकीन गर्नको लागि व्यवसायीले सामान खरीदसम्बन्धी प्रत्येक कारोवारको बारेमा राखिएको अभिलेख वा कागजले सामानको पहिचानसहितको विवरण, खरीद मूल्य, खरीद भएको सामानको परिमाण (जस्तो कति थान, कति किलो आदि) विभिन्न प्रयोजनको लागि यस्तो सामानको बिक्रीकर्तालाई सम्पर्क गर्नु पर्दा आवश्यक पर्ने न्यूनतम् सम्पर्क ठेगाना आदि अभिलेख गरिएको कागज वा रेकर्डलाई नै चोरीको महलको २३ नं. को प्रयोजनको कागज मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § कीर्ते कागजको १, ९ र १२ नं. फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।२८ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६३।८।२७ गते जिल्ला भक्तपुर ताथली गा.वि.स.वडा नं. ६ स्थित रहेको कुनाल प्लाई इण्डष्ट्रिजको बोरिङ्गको कामको ठेक्का जिम्मा परेकोमा उक्त काम गर्नको लागि सोसम्बन्धी विभिन्न सामानहरू दिई फुर्वा रावल भन्ने धर्म रावल नविनलाई पठाएकोमा उक्त सामानहरू निजहरूले चोरी गरी वेपत्ता बनाएकोले खोजतलास गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६२।८।२८ गतेको भगवती कार्कीको निवेदन । मिति २०६२।८।२७ गते जिल्ला भक्तपुर, ताथली गा.वि.स.वडा नं. ६ स्थित कुनाल प्लाई फ्याक्ट्री रहेको सोको पूर्वतर्फको कुनाबाट ७ फीट, पश्चिमतर्फ फलामको बोरिङ्ग गर्ने जि.आई पाइप जडान गरेको अवस्थामा रहेको वोरिङ्ग गर्ने मेशिन समेत रहेको मिति २०६२।८।२८ गतेको घटनास्थल प्रकृति मुचुल्का । म जाहेरवालाले भगवती डिलिङ्ग सेवा प्रा.लि. नामक उद्योग खोली बोरिङ्गको काम गर्दै आएकोमा जिल्ला भक्तपुर ताथली गा.वि.स.