निर्णय नं. ८३७३ - उत्प्रेषणयुक्त परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७३ - उत्प्रेषणयुक्त परमादेश समेत । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/११/२८ ३५३८ निर्णय नं: ८३७३ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६६ सालको रिट नं. ०६६–WO–००३७ आदेश मितिः २०६६।११।२८।६ विषय : उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः नेपाल बायुसेवा निगमको महाप्रबन्धक पदमा कार्यरत कुलबहादुर लिम्बू बिरुद्ध विपक्षीः नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § निगमको सञ्चालक समिति नीति निर्माण गर्ने सर्वोच्च निकाय भएको र त्यसले निर्धारण गरेका नीतिहरू महाप्रवन्धकले कार्यान्वयन गर्ने भन्ने निगम ऐनको उद्देश्य देखिन्छ । सञ्चालक समितिले महाप्रवन्धकको काम, कर्तव्य र अधिकार तोक्ने व्यवस्था भएको देखिदा सञ्चालक समितिको एक सदस्यको हैसियतले र प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी भएको महाप्रवन्धकलाई काम नदिई अधिकारविहीन बनाउने भन्ने निगम ऐनले परिकल्पना गरेको नदेखिने । (प्रकरण नं.४) § कुनै पनि पदमा नियुक्ति गर्दा Professional व्यक्ति नियुक्ति गरी त्यसरी नियुक्ति भएका व्यक्तिलाई कानूनमा तोकेको अवधिसम्म Security of Tenure प्रदान गरी Doctrine of Pleasure वा Spoils System लागू हुने पद जस्तो सरकार परिवर्तनसाथ नियुक्ति भएको पदाधिकारीहरूलाई पनि बदल्ने प्रचलन हटाउनु पर्ने । (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्घान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्घान अधिवक्ताहरू श्री शम्भु थापा, नरेन्द्रप्रसाद पाठक विपक्षी तर्फबाटः श्री हरिप्रसाद उप्रेती, श्री शिवप्रसाद रिजाल, विद्घान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी, विद्घान अधिवक्ता श्री सुशील पन्त, श्री गान्धी पण्डित, श्री हरिकृष्ण कार्की, श्री गोविन्दप्रसाद शर्मा, श्री तुलसी भट्ट, डा.श्री भिमार्जुन आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः § वायुसेवा निगम ऐन, २०१९ परिच्छेद ३ कोदफा १३, १४, १५ § वायुसेवा निगम ऐन कोदफा ४,४(१), आदेश ६, ६(१) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२, १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :— म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६४।९।२२ गतेको निर्णयानुसार ४ वर्षको सेवा अवधिको लागि निगमको महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । यसरी नियुक्त हुनु अगाडि म विपक्षी निगममा करिब २७ वर्षको अवधि देखि अनबरत रुपमा सेवारत रही सिनियर क्याप्टेनको हैसियतले कार्यरत रहेको थिएँ । मलाई निगमको महाप्रबन्धक पदमा नियुक्त गर्दा नै सो पदको पदीय हैसियतले मैले सम्पन्न गर्नुपर्ने कार्य क्षेत्रगत शर्तहरू (Terms of Reference) समेत तोकिएकोमा आफूलाई सुम्पिएको पदीय दायित्व उत्कृष्ट रुपमा सम्पन्न गर्दै आएको थिएँ । यसै क्रममा सरकारमा भएको परिवर्तनको कारण प्रशासनिक लगायत महत्वपूर्ण काम कारवाही माथि नै हस्तक्षेप हुन थाल्यो र सो नगर्न अनुरोध गरेको थिएँ । यसै अवस्थामा मन्त्रालयको मिति २०६५।७।२२ को पत्र मिति २०६५।७।२४ मा प्राप्त भई हेर्दा तपाईको सेवाको निरन्तरता गर्न मनासिब नहुने हुँदा तपाईलाई महाप्रबन्धक पदबाट हटाई सेवा मुक्त गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०६५।७।२० मा निर्णय भएको भन्ने व्यहोरा उल्लेख भएको रहेछ । मन्त्रिपरिषद्को सोही मितिको निर्णयबाट विपक्षीमध्येकै श्री सुगतरत्न कंसाकारलाई निगमको महाप्रब