निर्णय नं. ८३७४ - कुटपीट अंगभंग ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३७४ - कुटपीट अंगभंग । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/१२/०९ ६१६९ निर्णय नं: ८३७४ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजालस माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको फौ.पु.नं. –५७२ फैसला मितिः २०६६।१२।९।२ मुद्दा :कुटपीट अंगभंग । निवेदक वादीः नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला सिरहा, रामनगर मिर्चिया गा.वि.स. वडा नं. २ बस्ने बिपीन महरा समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री सहदेव बास्तोला पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री जगन्नाथ पाठक मा.न्या. श्री रामप्रसाद खनाल § राज्यले कानूनबमोजिम सजाय नै गर्नुपर्दा पनि कैद वा जरीवानासम्म मात्र गर्न सक्छ । सजायस्वरुप कुटपीट वा यातना दिन नसक्ने । § कुटपीट एक फौजदारी अपराध भएकाले कुटपीटको अपराधमा कुटिने व्यक्तिको शरीरमा यातना पीडा घाउ आदि भई क्षति पुग्दछ । कसैको अनतिक्रम्य शरीरमा कसैले कुटपीट गरी क्षति पुर्‍याउँछ भने त्यसरी क्षति पुर्‍याउने व्यक्तिलाई सजाय गर्नुका साथै कुटपीटको कारण कुटिने व्यक्तिको शरीरमा पुगेको क्षतिबापत क्षतिपूर्ति Compensation समेत पाउनु पर्ने । (प्रकरण नं.७) § क्षतिपूर्ति भराउने कार्य सजाय नभई यो कार्य Civil Liability अन्तर्गत पर्ने कार्य हो । त्यसैले प्रतिवादी दोषी ठहर भएपछि क्षतिपूर्ति भराउने सम्बन्धमा न्यायको रोहमा यस अदालतले पनि विगो रकम यकीन गर्न सक्छ । पीडितले उपचार गर्दा फलफूल र खाना खर्च समेतमा खर्च गरेको भनी विल भरपाइ समेत पेश गरेमध्ये औषधि उपचारबापत र कुरुवा खर्चबापत खर्च गरेको प्रमाणित भएको रकम At Cost घा खर्चबापत भराई दिनुपर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटःविद्वान नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मु.ऐ.कुटपीटको महलको १, २, ६, १८ र २५ आदेश न्या.बलराम के.सी.: पुनरावेदन अदालत राजविराजको मिति २०६३।६।२६ को निर्णय उपर दोहोर्‍याई हेरीपाउन दायर भएको निवेदनमा निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एवं ठहर यसप्रकार छ :– मिति २०६२।१।३ गते बिहान ९.०० वजेको समयमा जिल्ला सिरहा रामनगर मिर्चैया गा.वि.स. वार्ड नं. २ बस्ने बीपिन महरा समेतका ७ जना व्यक्तिहरूले जग्गाको विवादसम्बन्धी रिसइवी लिई मेरो भाउजू गनौरीदेवी साहलाई कुटपीट गरी अंगभंग बनाई दिएको हुँदा निज भाउजूको उपचार गराउँदा लागेको खर्च दिलाई भराई पाउनुका साथै निजहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको महेश साहले दिएको जाहेरी दर्खास्त । मिति २०६२।१।३ गते जाहेरवालाको भाउजू गनौरीदेवी साहलाई रगताम्मे अवस्थामा रिक्सामा हाली उपचारको लागि लाँदै गरेको देखेको हुँ । सो सम्बन्धमा बुझ्दा निजलाई बीपिन महरा समेतका जाहेरी दरखास्तमा उल्लिखित व्यक्तिहरूले कुटपीट घाइते पारी अंगभंग समेत वनाई दिएको ठीक हो र सो घटना जग्गा विवादका कारण भएको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको रामसागर साहले गरी दिएको कागज । मिति २०६२।१।३ गते जाहेरीमा उल्लिखित समयमा जिल्ला सिरहा रामनगर मिर्चिया गा.वि.स. वार्ड नं. २ बस्ने बीपिन महरा समेत जाहेरीमा उल्लिखित व्यक्तिहरूले मेरो भाई जाहेरवाला तथा श्रीमती गनौरी देवी साहलाई पूर्व जग्गाको विवादको रिसइवीले गर्दा तत्काल कलको पानी समेतको रिसइवी बनाई मेरो श्रीमती गनौरीदेवी साहको शरीरको विभिन्न भागमा रड तथ