निर्णय नं. ८३७५ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७५ - उत्प्रेषण । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०४/१९ ३२९४ निर्णय नं: ८३७५ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रणवहादुर बम सम्वत् २०६३ सालको रिट नं. ३४६८ आदेश मितिः २०६६।४।१९।२ विषयः उत्प्रेषण । निवेदकः मकवानपुर जिल्ला हेटौडा न.पा.वडा नं.३ कान्तिपथ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.३४ नयाँवानेश्वर वस्ने ज्ञानेन्द्र श्रेष्ठ विरुद्ध विपक्षीः महानिर्देशक, राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर समेत § भन्सार ऐनबमोजिम जफत हुने मालसामान भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार अड्डाका कर्मचारी वा सरकारबाट अधिकृत कर्मचारीले जुनसुकै ठाउँमा र जहिलेसुकै पनि कव्जा गर्नसक्ने । § मन्त्रिपरिषद्को निर्णयबाट अधिकार प्रत्योजन भएबमोजिम भन्सार अधिकृतको अधिकारसमेत प्रयोग गरी भन्सार ऐन, २०१९ अनुसार अनुसन्धान कारवाही गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट अधिकार प्रत्योजन भएबमोजिमको अधिकारसमेत प्रयोग गरेको कार्य कानूनबमोजिम नै कारवाही गरेको देखिने । (प्रकरण नं.७) § अवैध पैठारी भएको सामानका सम्बन्धमा अनुसन्धान तहकीकात भइरहेको अवस्थामा अधिकार प्राप्त निकाय र अधिकारीले आफ्नो क्षेत्राधिकारभित्र रही गरेको कार्यमा हस्तक्षेप हुने गरी रिट जारी गर्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § भन्सार ऐन, २०१९ को दफा १९, १९(क) आदेश न्या.तपबहादुर मगरः नेपाल अघिराज्यको संविधान २०४७ को धारा २३ र ८८ बमोजिम यस अदालतमा दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य ठहर यसप्रकार छ : म निवेदकलगायत चार दाजुभाईको एकासगोलमा रहेको अवण्डा साढे बाह्र कठ्ठा जग्गामा बनेको ४ वटा गोदाम घरमध्ये एउटामा ऋद्धिसिद्धि खाद्य उद्योगअन्तगर्त राइस मील मकवानपुर जिल्ला वसामाडी गा.वि.स. वडा.नं. ५ मा सञ्चालित छ । बाँकी ३ वटै गोदाम घर करार ऐन, २०५६ बमोजिम जिल्ला बारा अमृतगंज गा.वि.स.बस्ने देवेन्द्रप्रसाद महतोले मिति २०६२।७।५ देखि भाडामा लिई उपभोग गदै आएका छन् । मेरो नाममा दर्ता रहेको ऋद्धिसिद्धि खाद्य उद्योग, राइस मील र गोदाम घरसमेतको रेखदेख, भाडामा राख्ने, उठाउने सम्पूर्ण कारोवार सगोलका कान्छा भाई सुरेन्द्र श्रेष्ठले गर्दैआएका र निज सुरेन्द्र र भाडावाल देवेन्द्र प्र.महतोबीच भाडासम्बन्धी करारसमेत भएको रहेछ । करार शर्तबमोजिम भाडामा गोदामघरले चर्चेको क्षेत्रको प्रयोगबाट उत्पन्न हुने लाभ, हानि एवं देवानी तथा फौजदारी दायित्व (Civil and Criminal Liabilities) समेत भाडामा बस्ने निज देवेन्द्रप्रसाद महतोले नै वहन गर्नुपर्ने हुन्छ । यस्तो उपभोगसम्बन्धी सर्वमान्य सिद्धान्तबमोजिम भाडामा घर दिने र भाडामा लिनेको कानूनी अवस्था, दायित्व, प्रयोग र अधिकार फरक फरक रहन्छ । गोदाम भाडामा लिई कृषि उत्पादनसम्बन्धी सामान भण्डारण र विक्रीको व्यवसाय गर्दै आइरहेका निज भाडावाल देवेन्द्रप्रसाद महतोको ३ वटा गोदाममा विपक्षी राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल इकाई कार्यालय र सोका अनुसन्धान अधिकृतले आवश्यक अनुसन्धानका लागि भनी ताल्चा फोडी २३०६ बोरा रासायनिक मल र पार्किङ्ग गरी राखिएको ३०० बोरा लोड भएको ट्रकसमेत मिति २०६२।१२।१२ मा सिल लाहा छाप लगाई लिएर गए विरुद्ध निज देवेन्द्रप्रसाद महतोको सगोलका गोदाम घरधनीमध्येको म निवेदकलाई मात्र दुःख हैरानी पार्ने नियत राखी विपक्षी इकाई कार्यालय र अनुस