निर्णय नं. ८३७६ - बन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७६ - बन्दीप्रत्यक्षीकरण । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०२/३० ४९१७ निर्णय नं: ८३७६ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६७ सालको विविध MS ००६० आदेश मितिः २०६७।२।३०।१ विषयः– बन्दीप्रत्यक्षीकरण । निवेदकः काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स.वडा नं २ चामुण्डा चलचित्र मन्दिर जाने बाटो स्थित घर नं ००१०४२/००२ मा वन्दी बनाई राखिएको विश्वराज पन्तको छोरा उमेर ५ महिनाको आत्मेष राज पन्तको हकमा बाबु विश्वराज पन्त विरुद्ध विपक्षीः काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स.वडा नं २ वस्ने रीता ढकाल समेत § बच्चाको आमाले प्राकृतिक संरक्षकको हैसियतले आफ्नो भूमिका निभाउन नसक्ने र सो हैसियतले वच्चाको पालन पोषण गर्न नसक्ने अवस्थामा वावुले संरक्षकत्व ग्रहण गर्न पाउने । (प्रकरण नं.५) § कुनै नाबालक व्यक्तिले आफ्नो प्राकृतिक संरक्षकसँग रही वस्न र बाँच्न पाउने हक कानूनप्रदत्त हक मात्र नभै जन्मसिद्ध तथा प्राकृतिक हक हो, जो जुनसुकै अवस्थामा कानूनबमोजिम वाहेक अपहरण गर्न नपाइने । § कुनै नाबालक व्यक्तिले आफ्नो प्राकृतिक संरक्षकसँग बस्न पाउने हक निजको जन्मसिद्ध अधिकार भएकोले यस्तो हकको उल्लंघन भएको अवस्थामा जुन मार्गबाट निजलाई सरल र सहज उपचार प्राप्त हुन्छ, त्यही मार्ग अवलम्वन गर्न रोकावट गर्न मुनासिब नहुने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा र श्री वल्लभ वस्नेत विपक्षी तर्फवाटः वद्वान अधिवक्ता श्री सुमनराज आचार्य अवलम्वित नजीरः नेकाप २०६१, अङ्क ५, नि.नं. ६७६ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ § मुलुकी ऐन लोग्ने स्वास्नी महलको २, ३ र ३(१) § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ४(१), ८ आदेश न्या.तपबहादुर मगरः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदक र विपक्षी पिङ्की ढकालका वीच मिति २०६२।८।२ मा परम्परागत रुपमा विवाह भै दाम्पत्य सम्बन्ध कायम भएको हो । विपक्षी पिङ्की ढकालसँग विवाह हुनु अघिबाट नै म संयुक्त अधिराज्यस्थित लण्डनमा स्नातक तह अध्ययन गरिहेकाले विपक्षीसँग विवाह भएपश्चात् हामी दुवै जना पुनः लण्डन मै अध्ययन गरी आएका थियौ । त्यहाँ हामी ३ वर्ष वसी नेपालमा सगैं आएका थियौं । विपक्षी पिङ्की के कसको वहकावमा लागि निजको घरमा भएका आफ्ना तथा हाम्रा सामान समेत लिई गई माइतीको डेरामा बस्दै आउँदा समेत घरायसी मामला हो भन्ने सम्झी कतै उजूर गरेको थिइन । विपक्षी पिङ्कीले मउपर काठमाडौँ जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेद मुद्दा दायर गरी वेलायत गएकी रहिछन् । त्यस मुद्दामा मैले प्रतिउत्तर पेश गरिसकेको छु । म वेलायतमा वस्दा विपक्षीसँग Dependent Visa का आधारमा रहदै आएको, Visa को अवधि समाप्त हुन लागेकोले म Visa Extend र status change गर्न 1st Nov २००९ मा नेपाल आएँ । म नेपाल वसेकै वखत विपक्षी पत्नीले 3rd January 2010 मा London स्थित Queen Elizabeth Hospital, Woolwich मा छोराको जन्म भयो । छोराको जन्मपश्चात् निजले नवजात बच्चालाई नेपाल ल्याई मेरो घर हुँदाहुदै माइतमा वस्न गईन । मैले मिति २०६६।१२।२ मा बच्चा भेटन जाँदा भेट नदिई बच्चा समेत हेर्न नदिएको र पूनः वच्चा मेरो जिम्मा दिनु पर्यो भनी आग्रह गर्दा विपक्षीहरूले नदिएको, बच्चालाई निरन्तर लुकार्ई बच्चाको पा