निर्णय नं. ६३०६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३०६ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/१०/०३ २६०७ निर्णय नं.- ६३०६ ने.का.प.०५४ अङ्क १ पूर्ण इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत् २०५२ सालको फौ.पु.ई.नं. २८ फैसला मिति :- २०५३।१०।३।५ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः- तनहुँ जिल्ला दूलेगौडा गा.पं. वडा नं. ८ वस्ने विश्वकला तिमिल्सिना । विरुद्ध विपक्षी वादीः- श्री ५ को सरकार । § वादी दावी प्रमाणित गर्ने दायित्व वादी पक्षको हुन्छ । वादी तर्फबाट आफ्नो दावी अनुसारको वारदात भएको भन्ने तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन ज्यान सम्वन्धी महलमा रहेको व्यवस्थातर्फ ध्यान पुग्न सकेको पाइदैन । अनुसन्धान तहकिकात गरी सही तथ्य प्रमाणित गराउनु पर्ने दायित्व बोकेको वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको प्रहरी प्रतिवेदन अवस्था र स्थिति अनुसार मिलेको भन्ने स्थिति छैन । प्रतिवादी मध्यकी सासु नाताकी ऋषुमाया तिमिल्सिना विरुद्ध अभियोग दावी लिई आएको भए पनि सफाई दिए उपर पुनरावेदन गर्न नसकी वादी पक्षबाट ऋषुमायाले पाएको सफाईलाई सकारी बसेको स्थिति पनि देखिन्छ । सफाई पाएकी ऋषुमायाको यस वारदातमा सम्लग्नता रहेछ भन्न सकिने अवस्था अब देखा परिरहेको छैन । अतः अपुरो र कमजोर अनुसन्धान तहकिकात एवं आफूले लिएको दावी समर्थित गराउन नसकेको वादीको भनाई सत्य रहेछ भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. ३२) § शंकाको सुविधा अभियुक्तले पाउने र वादी दावी नै नभएको कुरामा अदालत आफैले अनुमान गरी निष्कर्षमा पुग्न प्रचलित कानून एवं यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट मिल्ने नदेखिने । (प्र.नं. ३२) प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी वस्ने चिरन्जीवी पौडेलको हकमा समेत अ.वं. २०५ नं. वमोजिम विचार गर्नु पर्ने हुन आएबाट त्यसतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेकाले प्रतिवादी चिरन्जीवी पौडेलले अभियोग दावी वमोजिम कसुर गरेको भन्न नमिल्ने । (प्र.नं. ३२) पुनरावेदिका तर्फवाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ । विद्वान अधिवक्ता श्री देवेन्द्र प्रधान । विपक्षी तर्फवाटः- विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद । अवलम्बित नजीरः- x फैसला न्या.केदारनाथ आचार्यः सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच रायवाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. तनहुँ खैरेनी गा.पं. वडा नं. ८ वस्ने शिवराज पौडेलको श्रीमती सरस्वती पौडैललाई निजको सासु र आमाजु विश्वकला तिमिल्सिना समेतले कुटपिट समेत गरी झगडा गरेको थिएं । सोही पिटाईको चोटबाट सरस्वतीको मृत्यु भएको हो भन्ने वुझिएकाले लास कुरुवा राखी आवश्यक कारवाही हुन जाहेर गरेको छु भन्ने समेत प्रहरी चौकी वेलचौतारा तनहुको पत्र । ३. खद्धरको पछ्यौराले छोपिएको लासको नाक मुखबाट रगत निस्की सुकेको, हडेलोपानी निस्केको दूवै आंखा वन्द, मुख केही खुला शरीरको ठाउँ ठाउँमा छाला खुइलिएको घाउ देखिएको, घांटीमा डोरीको डाम देखिएको गूद्धारबाट मल निस्केको योनीबाट केही नआएको, मृतकको उचाई ५ फिट २ इन्च भएको भन्ने समेत लास प्रकृ