निर्णय नं. ८३८० - मोही नामसारी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३८० - मोही नामसारी । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०३/१८ ८७७३ निर्णय नं. ८३८० ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६६–CI–०५८८ फैसला मितिः २०६७।३।१८।६ मुद्दा :– मोही नामसारी । पुनरावेदक प्रतिवादीः बारा जिल्ला पिप्राविर्ता गा.वि.स. वडा नं. ६ बस्ने दुर्योधन शुक्ला विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. दुर्गादास तत्मा शुरु फैसला गर्नेः भू.सु.का.श्री राजाराम थापा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री केशरीराज पण्डित मा.न्या.श्री गिरीराज पौड्याल § परिवारका कुनै व्यक्तिको मृत्युपश्चात् सम्पत्तिमा रहेको भोगाधिकार स्वतः समाप्त हुँदैन । कुनै पक्षले मोहीका रुपमा भोगाधिकार रहेको व्यक्तिको मृत्युपछि मोही लागेको जग्गाको भोगाधिकार आफूमा सारेको स्वघोषणा गर्नु मोहियानी हक समाप्तिको आधार हुन नसक्ने । § मोहियानी हकको समाप्तिका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को बाटो जग्गाधनीले अपनाएको हुनैपर्छ । अन्यथा सो जग्गामा रहेको जग्गाधनीलाई बाली बुझाई जोत आवाद गर्ने हक मृतक मोहीका परिवारमा स्वतः सर्ने । (प्रकरण नं.२) § सम्पत्ति स्वामित्वहीन हुन सक्दैन । त्यसैले हक जग्गा पजनीको २क ले पैंतीस दिन पछि दश रुपैया दस्तूर लिई जहिले सुकै पनि नामसारी हुन सक्ने गरी असीमित समय राखेको छ । मोहियानी हक नामसारी गर्न कुनै समय सीमा कानूनले तोकिएको छैन । बाबुको मृत्यु पछि निजका छोरा समेतका हकवाला मोहियानी हक नामसारी गर्ने औपचारिकता पूरै गर्नैपर्छ भन्ने कानूनी बाध्यता छैन । नामसारी गर्नु भनेको अभिलेख अद्यावधिक गर्नु हो । नामसारीको प्रक्रियाले नभएको हक सिर्जना गर्ने नभई कायमी हक हकवालामा सर्ने । § बाजेको मोहियानी हक निजको २०२४ सालमा देहान्त भएपछि अन्य हकवालाको विवाद नहुँदा यी प्रत्यर्थीका बाबुमा सर्‍यो । बाबुले नामसारी गराई अभिलेख अद्यावधिक नगराउँदैमा निजको मोहियानी हक सिर्जना नै नभएको मान्न नसकिने । § बाजेबाट बाबुमा सरेको मोहियानी २०३१ सालमा निजको देहान्तपछि यी प्रत्यर्थीमा सर्नु भूमिसम्बन्धी ऐन, २०२१ को तत्काल बहाल दफा २६(१) को परिप्रेक्ष्यमा नितान्त कानूनसंगत छ । उक्त जग्गाको मोहीलाई प्रतिवादीले भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको प्रक्रिया पूरा गरी नहटाएको अवस्थामा मोहीले निरन्तरता पाइरहेको मान्नु न्यायसंगत हुने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१), २९ § जग्गा पजनीको २(क) फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– प्रतिवादीका नाममा दर्ता कायम रहेको जिल्ला बारा, गाउँ विकास समिति पिप्राविर्ता वडा नं. ५ कि.नं. ६७ को ज.वि. ०–६–० जग्गामा मेरो बाजे मोही रही आएको र निज स्वर्गवास भई निजको श्रीमती तथा छोरा समेत परलोक भएको हुँदा हक खाने म नाति भई जग्गाधनीले मलाई मोहीमा पत्यार गरी जग्गा जोती आएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाऊँ भन्ने वादीको उजूरी माग दावी । मेरो नाउँको उल्लिखित जग्गामा वादीका बाजे लगन दाश मोही रही आएकोमा निज २०२४ सालमा परलोक भएको र निजको श्रीमती पनि परलोक भैसकेको, छोरा २०३१ सालमै स्वर्गवास भै सकेको, वादीका बाजेले जीवनकालमा उक्त जग्