निर्णय नं. ६३०९ - खिचोला हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३०९ - खिचोला हक कायम । भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/०८/१४ ३०७६ निर्णय नं.– ६३०९ ने.का.प.०५४ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ सम्वत् २०५१ सालको दे.पु.ई.नं. ५२ फैसला मिति :- २०५३।८।१४।६ मुद्दाः- खिचोला हक कायम । पुनरावेदक वादी :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ५ वस्ने अमिर वहादुर शाखकर्मी विरुद्ध प्रत्यर्थी प्रतिवादी :- ऐ.ऐ. वस्ने कृष्णभक्त शाखकर्मी । § अंशवण्डा हुँदा वादीका बाबुको नाममा परेको जग्गाको स्वामित्व जुन रुपमा थियो सोही रुपमा प्रतिवादीले आफ्नो नाममा नामसारी गराएकोमा नामसारी गर्ने कार्यवाट मात्र नयां हक श्रृजना हुन सक्ने अवस्था नदेखिंने । (प्र.नं. १८) § प्रतिवादीले नापीमा दर्ता गराएपछि परेका मुद्दाहरुवाट समेत वादीको बाबुको हक रहेको देखिने गरी फैसला मिलापत्र भएको देखिंदा वादीका बाबुको हक टुटेको भन्न सकिने अवस्था नदेखिने । (प्र.नं.१८) § अंशवण्डाबाट अंश हक हुन आएको जग्गा साविक दर्तावाला बिकु बहादुर र निजपछि प्रतिवादी कृष्णभक्तका नाउँमा दर्ता भैरहेको कारणवाट मीन बहादुरको अंश भाग जाने भन्न नमिल्ने र निजपछि वादीलाई उक्त विवादित जग्गाका हक स्वामित्व प्राप्त हुन आएकोमा, फिल्डवुकमा आफ्नो नाउँ उल्लेख भएकै आधारमा मात्र प्रतिवादीले आफ्नो नाउँमा नामसारी गराउदैमा वादीको अंश हक नहुने भन्न मिलेन । एकाको भागमा परेको अन्य प्रमाणवाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानून बमोजिमको लिखत बेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने ने.का.प. २०३० नि.नं. ७२० पृष्ठ २४ मा सिद्धान्त प्रतिपादन समेत भएको देखिंदा हदम्याद नाघेको भनी संयुक्त इजलासवाट खारेज गर्ने गरेको र म.क्षे.अ. बाट वादी दावा पुरै नपुग्ने गरेको इन्साफ मिलेको नदेखिंदा बदर हुने । (प्र.नं. १९) पुनरावेदक वादी तर्फवाट :- विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम वहादुर श्रेष्ठ । विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी । प्रत्यर्थी प्रतिवादी तर्फबाट :- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर । विद्वान अधिवक्ता श्री शंभु थापा । विद्वान अधिवक्ता श्री तीर्थ वसौला । अवलम्बित नजीर :- § ने.का.प. २०३० नि.नं. ७२०, पृष्ठ २४ मा प्रतिपादित सिद्धान्त । फैसला न्या.लक्ष्मण प्रसाद अर्याल :- यस अदालतको डिभिजन वेन्चबाट भएको फैसला उपर बिन्तिपत्र पर्न गै श्री ५ महाराजधिराज सरकारबाट इन्साफ जांचको लागि हु.प्र.भै आएकोमा यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. साविक कि.नं. १४।१४ को ४-२-० हाल भ.पु.न.पा. वडा नं. ४ को (ग) कि.नं. २२ कायम भएको ३-१३-३-० जग्गा २००० सालको अंशवण्डामा मेरो पिताको भागमा परेको जग्गा मेरो नाउँमा दर्ता गरी पाउन भक्तपुर माल कार्यालयमा निवेदन दिंदा सो जग्गा विपक्षीले आफ्नो नाउँमा दर्ता गराई जग्गाधनी प्रमाणपूर्जा समेत लिई सकेकोले ३५ दिनभित्र अदालतमा गई आफ्नो हक कायम गराई ल्याउनु भनी सुनाएको हुँदा यो फिराद गर्न आएको छुं । तसर्थ मेरा बाबुले विपक्षीलाई कुनै किसिमबाट हक छाडि नदिएको जग्गा विपक्षीले के कति कारणबाट दर्ता गराएका हुन, बदरगरी मेरो नाउँमा गरी हक कायम गरी गरी पाउँ भन्