निर्णय नं. ८३८३ - अपुताली हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३८३ - अपुताली हक कायम । भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/०२/०४ ३०२६ निर्णय नं: ८३८३ ने.का.प. २०६७ अङ्क ५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०५६ सालको दे.पु.नं. ६४३५ फैसला मितिः २०६७।२।४।३ मुद्दाः– अपुताली हक कायम । पुनरावेदक वादीः जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ बस्ने नरेन्द्रप्रसाद यादव भन्ने नरेन्द्रप्रसाद दास वैष्णव विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला, महोत्तरी, खुट्टा पिपराढी घर भै हाल जिल्ला धनुषा, जनकपुर नगरपालिका वस्ने हनुमान शरण पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री लक्ष्मीप्रसाद दाहाल मा.न्या. श्री गौरीबहादुर कार्की § अपुतालीको महलको १८ नं. मा उल्लेख भएको “वारेश” भन्ने शब्दले भेषधारीको चेलो भन्ने बुझिने हुन्छ, किनकी भेषधारी भएका साधु सन्तहरूको कुनै जात वा थर नहुने हुँदा त्यस्ता भेषधारीको आफ्नै छोरो पनि निजको हकमा वारेश हुन नसक्ने । § भेषधारीको अपुताली चेलोमा जाने भएकाले चेलो भन्ने नदेखिदा पछिबाट भनिएका चेलो हुँ, दीक्षा पनि लिएको हुँ, पगडी पनि पाएको छु भन्ने कुराले प्रमाणिक बल नराख्ने । (प्रकरण नं.३) § बकसपत्र गरिदिने दाताले चलाई आएसरह आउने अतिथि अभ्यागतलाई सेवा सत्कार गरी भोगचलन गर्नु भनी दाताको शर्त रहेको देखिएको र बकसपत्र प्राप्त गर्ने व्यक्तिले विवादित सम्पत्ति सोही शर्तबमोजिम सञ्चालन गरिआएको कुरामा विवाद नहुँदा सोही शर्तअनुरूप सम्पत्ति प्रयोग हुने भई यस सम्पत्तिमा अपुताली हक कायम हुन नसक्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्घान वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री विनोदकुमार शर्मा, विद्घान अधिवक्ता श्री खगेन्द्र अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्घान अधिवक्ता श्री कमलनारायण दास, विद्वान अधिवक्ताद्वय श्री सतिशचन्द्र झा, श्री नागेन्द्रलाल कर्ण अवलम्बित नजीरः सम्बद्ध कानूनः § अपुतालीको १८ नं २ § जग्गा पजनीको २ नं आदेश न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत जनकपुरको मिति २०५६।६।११ को फैसलाउपर मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी वादीको यस अदालतमा परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्ततु मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:– मेरा पिता रामकिशोर राय यादवले वैष्णव धर्म ग्रहण गर्नु भएकाले पिताबाट नै वैष्णव धर्मको दीक्षा लिई म फिरादी समेत वैष्णव सम्प्रदायमा प्रवेश गरी पिता तथा धर्मगुरु रामकिशोर यादवको संरक्षकत्वमा जीवनयापन गरी आएकोमा पिता २०५०।१०।४ गते परलोक हुनुभयो । पिताले सञ्चालन गरी आउनु भएको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ स्थित बिहार कुण्ड कुटीको पगरी रत्नसागरका महन्थद्वारा मलाई प्रदान गरिएको हुँदा हाल मैले नै महन्थको रुपमा सञ्चालन गरीआएको छु । पिता र म समेतले वैष्णव धर्म ग्रहण गरे पनि गृहस्थी त्यागेको सम्झन मिल्दैन । पिता परलोक हुनु भएपश्चात् उहाँको नाममा दर्ता गरेको जग्गा अपुतालीको २ र १८ नं. समेतको व्यवस्थाले मेरा नाउँमा स्वतः दर्ता हुन आउने हुँदा नामसारी दर्ता गराई माग्न जनकपुर गुठी तहसील तथा खर्च कार्यालयमा निवेदन दिएकोमा विपक्षले आफूलाई रामकिशोर यादवको चेलो देखाई मेरा नाममा दर्ता गर्न विरोध र आफ्नो नाममा दर्ता गरी पाउन माग प्रस्तुत गरेकोमा बिहारकुण्ड पोखरीको दक्षिणपट्टि