निर्णय नं. ६३११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३११ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०१/०५ २६२५ निर्णय नं.- ६३११ ने.का.प. २०५४ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५३ सालको रिट नं. .. ६२ आदेश मितिः- २०५४।१।५।५ विषयः- उत्प्रेषण । निवेदकः- ल.पु.जि. ल.पु.न.पा. वडा नं. ४ बस्ने सालिग्राम श्रेष्ठको वारिस भै आफ्नो हकमा समेत ऐ. वडा नं. १६ वस्ने मदन कुमार श्रेष्ठ । विरुद्ध विपक्षीः- नेपाल वैंक लिमिटेड, केन्द्रीय कार्यालय । ऐ.को संचालक समिति । ऐ. को महाप्रवन्धक । ऐ. का कर्मचारी प्रशासन विभाग । § निवेदकको मिति २०४९।८।१६ को निवेदन अनुसार नै २०५२।८।२८ मा स्वेच्छिक अवकास दिने निर्णय गरेको र सो अवकास २०४९।८।१८ देखि लागू हुने गरी निर्णय भएको समेत हुँदा संशोधन पछि स्वेच्छिकको निवेदन परी कार्यवाही भएको अवस्था नभै २०४९।८।१६ बाट कार्यवाही चली अन्तिम टुंगोसम्म ०५२।८।२८ मा भएको निरन्तरताको स्थिति हुँदा संशोधित नियम अनुसार निवृत्तिभरण पाउने भन्न मनासिव नदेखिएको कुरा संयुक्त इजलासबाट मिति २०५३।८।१८ मा फैसला हुँदा संशोधन अघि प्रारम्भ भएको कार्यवाहीमा संशोधनको कार्य विधिगत अंक गणना गर्ने कार्यविधि लागू नहुने भन्ने राय पनि व्यक्त भएको देखिन समेत आएको छ । तर वैंकले खाई पाई आएको र आखिरी तलव एउटै भन्ने जिकिर लिई विवाद उठाएको देखिन आएन । वैंकतर्फबाट संशोधनपछि निर्णय भएको हुँदा सो संशोधित नियमले तोके अनुसार निवृत्तिभरणको रकम पाउने हो भन्ने सम्म विवाद उठाएको तर कार्यवाही पुरानै नियम अनुसार प्रारम्भ भैसकेको टुंग्याउनसम्म संशोधन पछिको नियम अनुसार टुंग्याएको देखिदा मुख्य विवाद संशोधन अघिको वा पछिको निवृत्तिभरणको अंक एकिन हुने भन्ने विवादसम्म देखिदा आखिरी तलव र खाइपाई आएको तलवको सम्वन्धमा विवेचना गरी रिट खारेज गर्ने गरेको मिति २०५३।८।१८ को निर्णय नमिल्ने । (प्र.नं. १३) § सुविधा सम्वन्धी कुरा सारवान विषय भएकाले जुन वखतमा अवकास दिने कार्य भएको हो कानून पनि सोही वखत प्रचलनमा रहेको लागू हुने हुँदा मिति २०५२।८।२८ को नेपाल वैंक लिमिटेड संचालक समितिको निर्णय र २०५२।९।३ को पत्र अनुसार संशोधन पछिको नियमानुसार निवृत्तिभरणको रकम निर्धारण गरेको कानूनी त्रुटीपूर्ण हुने । (प्र.नं. १३) § संशोधन अगावैको नियमानुसार आखिरी तलबको अनुपातमा हिसाब गरी निवृत्तिभरण दिनु भनी नेपाल वैंक लिमिटेड केन्द्रीय कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. १३) निवेदकतर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने । विपक्षीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनौडिया । अबलम्बित नजिरः x आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः- २. निवेदक मध्ये म सालिग्राम श्रेष्ठ २०१६।६।१ देखि र मदन कुमार श्रेष्ठ २०१८।३।१५ देखि नेपाल बैंक लिमिटेडको सेवामा प्रवेश गरेका थियौं । नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०४८ को नियम ५.३(ख) को सुविधा पाउने गरी स्वेच्छिक अवकाश माग गरेकोमा सो सुविधा नपाउने गरी अवकाश दिए उपर रिट पर्दा सम्मानित अदालतबाट नियम ५.१(ख) वमोजिमको सुविधा दिई अवकाश दिनु भन्ने आदेश २०५२।२।२५ मा भई मिति २०४९।८।१८ देखि नियमावलीको नियम ५.३ (ख) वमोजिम सुविधा दिने गरी अवकाश दिने निर्णय