निर्णय नं. ६३१२ - संविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३१२ - संविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । भाग: ३९ साल: २०५४ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/१०/२४ २७१४ निर्णय नं.- ६३१२ ने.का.प. २०५४ अङ्क १ विशेष इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय संवत् २०५३ सालको रिट नं. .. १९३८ आदेश मितिः- २०५३।१०।२४।५ विषयः- संविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । निवेदकः- जिल्ला मोरङ राजघाट गा.वि.स. वडा नं. २ घर भै का.जि.का.न.पा. वडा नं. ३२ वस्ने जीवन कुमार घिमिरे । विरुद्ध विपक्षीः- नेपाल राष्ट्र वैंक, केन्द्रीय कार्यालय । ऐ.ऐ. का कर्मचारी प्रशासनका मुख्य व्यवस्थापक । ऐ.ऐ. का पदपूर्ति समिति । श्री ५ को सरकार, अर्थ मन्त्रालय । § ऐन नियमका सामान्य व्यवस्थालाई अपवादित गर्ने गरी प्रतिवन्धात्मक वाक्यांश पनि ऐन नियममा राख्न सकिने नै हुन्छ । (प्र.नं. १०) § राष्ट्र वैंकमा नव प्रवेशीका लागि र विज्ञापित पद भन्दा एक तह मुनि काम गर्ने सबै प्रकारका व्यक्तिका लागि समान योग्यता नै निर्धारित हुनुपर्दछ । अनुभवलाई शैक्षिक योग्यताको परिपूरक गराउन मिल्दैन भन्न वा जुन संस्थाका लागि कर्मचारी नियुक्ति गर्न लागेको हो, त्यस संस्थाका कर्मचारीलाई शैक्षिक योग्यता केही फरक व्यवस्था गर्न हुदैन भन्ने कुनै खास कानून वा कानूनी सिद्धान्त रहेको देखिदैन । समानताको सिद्धान्त अनुसार समानहरुको बीच असमान हुन हुँदैन भन्ने हुँदा बैंकमा काम गरेका अनुभव प्राप्त व्यक्ति र नवप्रवेशी व्यक्तिहरुलाई समान अवस्थाका भनी मान्न नमिल्ने । (प्र.नं. १०) § राष्ट्र बैंकमा ५ वर्ष काम गर्ने कर्मचारीलाई स्नातक शैक्षिक योग्यता तोकेका कर्मचारी वाहेकको व्यक्तिलाई असमान भयो भनी मान्न मिल्ने देखिन नआउने । (प्र.नं. १०) § खुल्ला प्रतियोगितामा जस्ले परिक्षामा तूलनात्मक रुपमा राम्रो गर्दछ उही उत्तिर्ण हुने हुन्छ परिक्षामा सामेल हुन पाउने कार्य स्वयं नै निर्णायक नहुने प्रकृतिको हुने हुँदा ५ वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी व्यक्ति स्नातक भए पनि खुल्ला प्रतियोगितात्मक परिक्षामा भाग लिन पाउने भन्ने नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली, २०४९ को नियम १६(१) (क) र सो को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (क) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) सँग वाझिएको भन्ने कुराको वस्तुगत आधार नदेखिंदा अमान्य घोषित गर्न नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री हरि फूयाल विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी, विद्वान अधिवक्ता श्री सिताराम तिवारी । अबलम्बित नजिरः- x आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. म निवेदक व्यवस्थापन विषयमा स्नातक तह २०४७ सालमा व्दितीय श्रेणीमा उत्तिर्ण गरेको छुं । म निवेदक श्री ५ को सरकारको विभिन्न भागमा, कार्यालय तथा अन्यगैर सरकारी निकायहरुमा ५ वर्ष भन्दा बढि नोकरी गरेको अनुभव प्राप्त नेपाली नागरिक हुँ । स्नातक तह पास गरेका व्यक्तिहरुले प्रचलित कानून वमोजिम, अधिकृत स्तर तृतिय श्रेणीमा खुल्ला प्रतियोगितामा भाग लिन सक्ने सामान्य नियम हो । यही अनुरुप पदपूर्ति गरिदै आएको छ । योग्यता मुताविक पेशा रोजगार गर्न पाउने