निर्णय नं. ८३८७ - कुटपीट अंगभंग ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३८७ - कुटपीट अंगभंग । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०२/१७ ४६३५ निर्णय नं. ८३८७ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६२ सालको फौ.पु.नं. ३३९३ फैसला मितिः २०६७।२।१७।२ मुद्दा : कुटपीट अंगभंग । पुनरावेदक/वादीः लोकबहादुर खर्बुजाको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/ प्रतिवादीः जिल्ला भक्तपुर, भक्तपुर न.पा. वार्ड नं. १५ बस्ने गणेशराम खर्बुजा समेत शुरु फैसला गर्ने : मा.जि.न्या. श्री प्रेमबहादुर के.सी. पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री नन्दराज अधिकारी मा.न्या. श्री आत्माराम भटृराई § कुनै पीडितलाई लागेको घाउ चोटको पीडाको मूल्याङ्कन घाउ चोट लागेकै समयमा देखिएको चोटको प्रकृति र अवस्थाबाट नै गर्नुपर्ने । (प्रकरण नं. ३) § अस्पतालका अभिलेखलाई अमान्य घोषित गर्नु कुटपीटको २० नं. को मनसाय होइन । कानूनको व्याख्या र प्रयोग समयसापेक्ष रूपमा गरिनु पर्दछ । समयको परिवर्तन, विज्ञान र प्रविधिको विकास, सामाजिक रूपान्तरणलाई पनि कानूनले ठाउँ दिएसम्म लचिलो रूपमा व्याख्या गर्दै आत्मसात् गर्दै जानु पर्ने । (प्रकरण नं. ८) § ढिलो जाहेरी पर्दा जाहेरवालाले असत्य तथ्यहरू समावेश गर्ने वा कसैसँग रिसइवी साध्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, घटना र वारदातलाई स्वतन्त्र प्रमाणहरूले पुष्टि गरिरहेका छन् तथा सार्वजनिक निकायका अभिलेखले समर्थन गरिरहेका छन् भने जाहेरीको ९ दिनको ढिलाई नै प्रतिवादीले सफाइ पाउने आधार बन्न नसक्ने । § कानूनको प्रयोग गर्दा पीडित तथा पीडितका परिवारको तत्कालको मानसिक पीडा पनि न्यायकर्ताले महसूस गर्न सक्नु पर्ने । (प्रकरण नं. ९) पुनरावेदक/वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी/ प्रतिवादीबाटः वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल, विद्वान अधिवक्ता श्री हेमकुमार श्रेष्ठ अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, कुटपीट महलको २, २० नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको मिति २०६२।२।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ : मिति २०६०।११।२ गतेका दिन म काम विशेषले बाहिर गएको समयमा विपक्षीहरू गणेशराम खर्बुजा समेत मिली राईस मीलको ताला तोडी जवरजस्ती गर्न लागेको अवस्थामा मेरी श्रीमती चन्द्रवेती खर्बुजाले देखी के गर्न लाग्नु भएको भनी सम्झाउँदा विपक्षीहरू मध्येकी नारायणदेवी खर्बुजाले कपालमा समाई कुटपीट गरेको र विपक्षी मध्येका पुनदेवी खर्बुजाले मेरी श्रीमतीको आँखामा औंला घुसाई आँखामा चोट लाग्ने गरी कुटपीट गरेको र अन्य विपक्षीहरू समेत मिलोमतोमा आँखा जस्तो संवेदनशील अंगमा चोट पुर्‍याई उपचारको लागि त्रिपुरेश्वर आँखा अस्पतालमा लगी उपचार गराउँदा दाहिने आँखाको हेर्ने शक्ति नष्ट हुन गई अंगभंग भएकोले विपक्षीहरूलाई पक्राउ गरी मुलुकी ऐन कुटपीटको महलको २(१) नं अनुसारको हदैसम्मको सजाय गरी उपचार खर्चसमेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।११।११ को लोकबहादुर खर्बुजाले दिएको जाहेरी दरखास्त । विपक्षी चन्द्रवेती खर्बुजाको ९ मी.मी.चोट आँखाको नानीछेउ माथिल्लो भागमा लागी आँखा फुटी आँखाको भित्रका अंशहरू बाहिर निस्केको गम्भीर प्रकृतिको चोट भएको कारण घाउ विस्तारै निको हुने सं