निर्णय नं. ३५०६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५०६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०५/२८ २३४८ निर्णय नं. ३५०६ ने.का.प. २०४५ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट पू.ई.नं. ६५ आदेश भएको मिति २०४५।५।२८।४ मा रिट निवेदक/विपक्षी : महानिर्देशक, भन्सार विभागसमेत विरुद्ध प्रत्यर्थी : त्रि.वि. भन्सार कार्यालयको ना.सु. पदबाट बर्खास्ती गरिएको का.न.पं. वडा नं. १० मिनभवन वानेश्वर बस्ने शिवराम पाठक विषय : उत्प्रेषण (१) रिट क्षेत्रबाट निर्णय गरिंदा रिट निवेदन खारेजी वा रिट जारी गर्न सार्थक छ छैन भनी मुख्य विचार गरिनु पर्ने । (प्रकरण नं. १५) (२) श्री ५ को सरकारले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरी पदस्थापन गरी नि.से.नि., २०२१ को नियम ७.१(३) प्रयोग गरी अनिवार्य अवकाश दिई सकेको अवस्थामा निर्णय मिलेको छ छैन भनी विचार गर्नुपर्ने प्रयोजन नदेखिने, निर्णयमा पुनः विचार गर्न निरर्थक देखिएको हुँदा निर्णयमा कुनै परिवर्तन गरिरहनु पर्ने नदेखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री मेघराजबहादुर विष्ट प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या.पृथ्वीबहादुर सिंह : यस अदालतको फुल बेञ्चबाट मिति २०४३।१।२६।६ मा भएको निर्णय दोहोराई पाउँ भनी निवेदकहरुले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा विन्तिपत्रको व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको मुद्दाहरु दोहोराई हेरी चार महिनाभित्र कानून बमोजिम निर्णय गरी नतीजा जाहेर गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम पूर्ण इजालासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. त्रि.वि. भन्सार कार्यालयको ना.सु. पदमा कार्यरत रही इमान्दारीपूर्वक कार्य गरिआएको अवस्था एक्कासी मिति २०३९।२।२८ गतेको निर्णयानुसार नि.से.नि. ऐन, ०१३ को दफा ६.१(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि., २०२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको भन्ने भन्सार विभागको पत्र मिति २०३९।३।७ मा प्राप्त हुन आयो । सो निर्णय उपर अर्थ सचिवज्यू समक्ष पुनरावेदन गरेकोमा महानिर्देशकज्यूको निर्णय सदर गरी मिति २०४१।१।१९ मा पुनरावेदन निर्णय भएको जानकारी मिति २०४१।२।३० मा प्राप्त हुन आयो । ३. उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई सजायँ गर्न सकिने नि.से.नि., २०२१ को नियम १०.१ मा कानुनी व्यवस्था गरेको छ । कुनै पनि कर्मचारीलाई सजायँ गर्नु अघि सफाईको मौका दिनु पर्ने बाध्यात्मक व्यवस्था तोकेको छ । अपवादको रुपमा नि.से.ऐन, २०१३ को दफा ६.१(ख) को अवस्था हो त्यसमा पनि सफाईको सबूद दिने मौकाबाट बञ्चित गर्दा त्यसको कारण खुलाई पर्चा खडा गर्नु पर्छ विपक्षी महानिर्देशकले निवेदकलाई दिएको सूचनामा कुनै आरोप उल्लेख छैन । पर्याप्त आधार उचित कारण बेगर पर्चा खडा गर्दैमा बर्खास्त गर्न मिल्दैन । नि.से.नि., २०२१ को नियम १०.१(५) बमोजिम सजायँको लागि उचित र पर्याप्त कारण सोही नियमावलीको नियम १०.६ निर्दिष्ट आरोपलाई पुष्टि तथा प्रमाणित गर्ने किसिमको हुनुपर्छ । विपक्षी महानिर्देशकको मिति २०३९।२।२८ गतेको उक्त पत्रमा उचित र पर्