निर्णय नं. ८३८८ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३८८ - उत्प्रेषण । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०३/०६ २९८० निर्णय नं. ८३८८ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको रिट नं ....३४६६ आदेश मितिः २०६७।३।६।१ मुद्दाः— उत्प्रेषण । निवेदकः का.जि.कपन गा.वि.स. वडा नं. २ बस्ने राजकुमार अधिकारी समेत विरुद्ध विपक्षीः गुठी संस्थान, केन्द्रीय कार्यालय समेत § दावीको जग्गामा निवेदकहरूका पिता मोही कायम हुने मिति २०४४।८।१६ को गुठी संस्थानको निर्णय सर्वोच्च अदालतबाट समेत बदर भएर अन्तिम रहेको अवस्था हुँदा सो निर्णयको आधारमा २०४६।६।६ मा गणेशबहादुर अधिकारीले रैतान गराएको कुराको वैधानिक आधार समाप्त भई त्यसको कुनै अस्तित्व र औचित्य कायम रहन नसक्ने । (प्रकरण नं.३) § मोहीको हक प्राप्त सुमित्रा खड्काले निवेदकहरूलाई जग्गाधनीको हैसियत प्रदान गर्ने गरी गरेको मिलापत्रकै आधारमा गुठी जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं.४) § प्रचलित कानूनबमोजिम भएको मिलापत्रको आधारमा मालपोत कार्यालयले जग्गा दर्ता वा दाखिल खारेज गर्दा सम्बन्धित जग्गाको साविक दर्ता, मोठ वा नम्वरीसँग भिड्न आएमा मात्र त्यस्तो जग्गाको दर्ता वा दाखिल खारेज गर्नेछ भनी उल्लेख भएको देखिँदा उक्त कानूनी व्यवस्थाबाट साविक मोठ, दर्ता वा नम्वरीसँग नभिड्ने गरी मिलापत्र भएमा त्यस्तो जग्गाको दर्ता वा दाखिल खारेज गर्न मालपोत कार्यालय वाध्य नहुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल अवलम्बित नजीरः सम्वद्ध कानूनः § मालपोत ऐन, २०३४ को दफा ८(३) आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः— का.जि.कपन गा.वि.स. वडा नं. २(क) कि.नं. १७० क्षे.फ. ३–१–० जग्गाको जग्गाधनी तीनधारा पाठशाला गुठी भएको र दर्तावाला मोही ललिता सिग्देल भएकोमा दर्तावाला मोही ललितादेवी सिग्देलले कि.नं. १७० को जग्गा समेत निवदेकहरूका पिता गणेशबहादुर अधिकारीलाई आफू वृद्ध भई कमाउन नसक्ने भएकोले खनजोत गरी खानू भनी मिति २०४०।९।२ मा लिखित गरी दिएकीले हाम्रा पिताले खनजोत गरी ललितादेवीलाई बाली समेत बुझाई आएको हुनाले उक्त जग्गाको जग्गाधनी तीनधारा पाठशाला आफूलाई मोही कायम गरिपाऊँ भनी गुठी संस्थान तहसिल कार्यालय कालमोचनमा निवेदन गरेकोमा पिता गणेशबहादुर अधिकारी मोही र जग्गाधनी तीनधारा पाठशाला गुठी कायम हुने गरी मिति २०४४।८।१६ मा निर्णय भए पश्चात पिता गणेशबहादुरले रैतान नम्बरी गरिपाऊँ भनी गुठी संस्थान कार्यालय कालमोचनमा निवेदन दिएको हुनाले मिति २०४६।६।६ मा रैतान नम्बरी गर्ने निर्णय भई लाग्ने दस्तूर तिरी रैतान नम्बरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरी भोगचलन गरी आएकोमा ललितादेवी सिग्देलले मोहीमा विवाद उठाई काठमाडौं जिल्ला अदालतमा निर्णय बदर समेतका मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतले मिति २०५०।२।५ मा र मिति २०५२।११।१ मा पुनरावेदन अदालत पाटनबाट ललिता देवीको हक हुन नसक्ने गरी फैसला भए पश्चात कपन गा.वि.स. वडा नं. २(क) कि.नं. १७० को क्षे.फ. ३–१–० जग्गा मध्ये मिति २०५६।१०।२४ मा कित्ताकाट गरी कि.नं. ७३३ को क्षे.फ. ०–१२–१ जग्गा निवेदक राजकुमार अधिकारीलाई र.नं. ३८९१ को लिखत मार्फत र मिति २०५७।१२।२८ म