निर्णय नं. ८३८९ - कर्तव्य ज्यान र जबरजस्ती चोरी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३८९ - कर्तव्य ज्यान र जबरजस्ती चोरी । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०१/१२ ४१६५ निर्णय नं. ८३८९ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६३ सालको फौ.पु. नं ..... ०१९० संवत् २०६५ सालको साधक नं. ०९७ फैसला मितिः २०६७।१।१२।१ मुद्दाः— कर्तव्य ज्यान र जबरजस्ती चोरी । पुनरावेदक वादीः नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः मोरङ्ग जिल्ला लेटाङ गा.वि.स. वडा नं. ८ बुधवारे बस्ने नबीन भुजेल वादीः नेपाल सरकार विरुद्ध प्रतिवादीः नबीन भुजेल शुरु फैसला गर्नेः मा.जि.न्या. श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री भीमेन्द्रबहादुर कार्की मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्नेत § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) मा भएको कानूनी व्यवस्था न्यायकर्ताले आफ्नो विवेकअनुकूल प्रयोग गर्नसक्ने प्रकृतिको नभई वाध्यात्मक प्रकृतिको भएकाले चौध वर्ष वा सोभन्दा बढी र सोह्र वर्षभन्दा कम उमेरको बालकले प्रचलित कानूनविपरीतको कसूर गरेमा निजको उमेर तत्वको कारणले एउटा वयष्क व्यक्तिलाई हुने सजायको आधा सजाय घोषणा गर्दा प्रतिवादीले गरेको कसूरको गाम्भीर्यता वा कसूरको मात्रामा कमी नआउने । (प्रकरण नं.७) § सर्वश्वसहित जन्मकैदको सजाय भएको मुद्दामा बालबालिका सम्बन्धी ऐनको प्रयोग भएकै आधारमा १८८ नं. बमोजिम राय व्यक्त गर्न अथवा व्यक्त गर्न नमिल्ने भन्न नसकिने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११, ११(३), § ज्यान सम्बन्धी महलको १ नं. ६(४) नं. र चोरीको ४ नं § अ.वं. १८८ नं. फैसला न्या.गिरीश चन्द्र लालः पुनरावेदन अदालत विराटनगरको मिति २०६३।२।२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर भई र यस अदालतको मिति २०६५।३।१५ को आदेशानुसार साधकमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः जिल्ला मोरङ्ग लेटाङ गा.वि.स. वडा नं. ७ नकलेधार जंगलबीच असारेको सुकेको ठूटो नजिक डेढ फीट गहिरो खाल्डो सो खाल्डोमा मृतक ऐ. लेटाङ ८ बस्ने वासीखारे राईको छोरा वर्ष ८ को मिथुन राइको लास रहेको सो लास हेर्दा कानको लोती च्यातिएको घाँटीमा थिचिएको डामजस्तो देखिएको, छातीमा घिस्रिएको जस्तो डाम समेत भएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लास जाँच मुचुल्का । मिति २०५९।१०।८ गतेका दिन बेलुकी अं.५ बजे जिल्ला मोरङ्ग लेटाङ ८ बस्ने वासीखोरे राईको छोरा वर्ष ८ को मिथुन राईलाई ऐ. बस्ने खड्गबहादुर राईको छोरा वर्ष १६ को नवीन भुजेलले नक्कलेधार जंगलमा लगी कुटपीट गरेर घाँटी थिचि कानमा लगाएको सुनको कुण्डल, २ आनामा १ लाल कम सुन लुछी तानी जवरजस्ती चोरी गरी लिई निजलाई कर्तव्य गरी मारेपश्चात् खाल्डो खनी पुरेको र चोरी गरी लिएको सुनको कुण्डल ऐ. लेटाङ ६ बस्ने राजेन्द्र वि.क लाई विक्री गरेको भन्ने समेत व्यहोराको प्र.ह. कुमार श्रेष्ठको प्रतिवेदन । निज नवीन भुजेलले सो सुनको कुण्डल लिई मेरो घरमा आई मेरो भाइको सुन हो किनिदिनुहोस् भनेकाले सो कुण्डल तौल गर्दा २ आनामा १ लाल कम थियो । भाइको सुन भएकोले मैले रू. ३००।— मा खरीद गरे सो रकममध्येबाट निजले चाँदीको २ आना १ लालको औंठी लिएको हुँदा सो चाँदीको औ