निर्णय नं. ३५०७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५०७ - जग्गा खिचोला भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२५ २०७४ निर्णय नं. ३५०७ ने.का.प. २०४५ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पू.ई.नं. ६६ फैसला भएको मिति २०४५।४।२५।३ मा पुनरावेदक/प्रतिवादी : तानसेन नगर पञ्चायत (पाल्पा) स्वशासित संगठित संस्थाको लागि ऐ. नगर पञ्चायतको प्रधानपञ्च गणेशमान महर्जन विरुद्ध विपक्षी/वादी : जिल्ला पाल्पा बन्दी पोखरा गा.पं. वडा नं. ६ छापथोक बस्ने चक्रबहादुर कार्की मुद्दा : जग्गा खिचोला (१) झगडा परेको जग्गा वादीको राजीनामा किल्लाभित्रको भए पुरानो ढुंगाले पर्खाल लगाउँदा र निलकांडाले बार लगाउँदा पर्खाल र निलकांडाको बारदेखि बाहिर पारी त्यसै छाडेको होला भनी सम्झन नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदकर्फबाट : विद्वान अधिवक्ता श्री शम्भू थापा प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त भई प्रतिवादीको पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. पाल्पामा तानसेन नगर पञ्चायत वडा नं. २ वडीगान टोलमा पर्ने साविक चौ. दुर्गाप्रसाद हालका चौ. रणबहादुर थापाका तालुकको दामासाही तिरो रु.१३।– लागेको पूर्व सडक उत्तर सडक, पश्चिम गोपालप्रसादको बारीको ढुंगो, दक्षिण टेकवीर जंग कै बारीको ढिक यति चार किल्लाभित्रको माथिल्लो बारी भन्ने पाखो जग्गा क.प. टेकवीर जंग राणाबाट मिति २०२४।२।१९ मा राजीनामा लिएको उक्त जग्गासंग जोडिएको दामासाही तिरो रु. ०३ पैसा लागेको पूर्व सडक, पश्चिम दाता टेकवीर जंगकै बारी उत्तर म चक्रबहादुरको जग्गाको ढिक दक्षिण टेकवीर जंगको ढोका माथिको ठुलो ढिक यति चार किल्लाभित्रको बडीगान टोलको बारी भन्ने पाखो रु. ९००।– मा मैले २०२५।५।१६ मा राजीनामा लिई तिरो तिरी भोगी आएको जग्गाको पूर्व भाग सडक लाइनतर्फ अन्यायवाला नगर पञ्चायतले मिति २०३४।२।१३ का दिन पिसाबखाना बनाउने भनी नाप जाँच गरी किल्ला ठोक्न लागेको देखि बन्द गरी पाउँ भनी मैले नगर पञ्चायतमा निवेदन दिएकोमा पिसाबखाना बनाउने निर्णय भइसकेकोले नबनाउनु भनी रोक्का गर्न सक्दैनौं भनी जवाफ दिएकोले आफ्नो हक नपुग्ने मेरो हक भोगको जग्गामा तानसेन नगर पञ्चायतले संविधानद्वारा प्रदत्त अधिकार साथै नागरिक अधिकार ऐन, २०१२ को दफा ९ द्वारा प्रदत्त अधिकारमा आघात पुर्‍याई जबरजस्ती पिसाबखाना बनाई खिचोला गरेकोले खिचोला मेटाई मेरो हक सदर कायम राखी निजले जबरजस्ती बनाएको पिसाबखाना घर बनाउनेको ३,४ नं. बमोजिम हटाई मोहडा निकास खुल्ला गराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३४।३।२०।२ को फिरादपत्र । ३. वादीले राजीनामा गरी लिएको जग्गामा पिसाबखाना बनाएको होइन छैन । वादीको राजीनामाको जग्गाको पूर्व सीमानामा दक्षिणतर्फको टेकवीर जंगको घर पस्ने ढोका माथिको ढिकदेखि उत्तर सडकसम्म नै पूरा आरपार क्रमशः ढुंगाको पर्खाल र निलकांडाको धारीको बारे वेष्ठीत गरेको छ र सो बार पर्खाल देखि पूर्वतर्फ सार्वजनिक सडकलाई सो वार पर्खालले प्रष्ट अलग छुट्याएको छ । हाल नगर पञ्चायतले बनाएको पिसाबखाना घर सो बार पर्खालदेखि बाहिर पूर्वतर्फको नगर पञ्चायत ऐन, २०१९ को दफा ३७(