निर्णय नं. ३५०८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५०८ - जग्गा खिचोला भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२७ २१६० निर्णय नं. ३५०८ ने.का.प. २०४५ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पू.ई.नं. १०६ फैसला भएको मिति २०४५।४।२७।५ मा निवेदक/वादी : का.प.जि मल्पी गाउँ पञ्चायत वडा नं. २ पनौती सानो कपालकोट बस्ने भू.पू. प्रमुख सेनानी तेजप्रसाद सिंह कार्की विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने रामबहादुर कार्की मुद्दा : जग्गा खिचोला (१) रसीदलाई वादीले जालसाजी भनी बयान गरेकोमा शुरु जिल्ला अदालतबाट रसीद सद्दे ठहर गरेकोमा वादीले पुनरावेदन नगरी रसीद सद्दे कायम रही फैसला अन्तिम भई राखेको पाइन्छ, यसबाट विवादित जग्गा वादीको हक लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. २०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना तथा विद्वान अधिवक्ता श्री शम्भू थापा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला फुल बेञ्चबाट दोहोराई पाउँ भनी चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४३।९।२३ मा तोक लागी आई पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ : २. मेरो हक तिरोको का.प.जि. मालमा ७३३ नं. मा दर्ता भएको तिरो रु १९।९८।१ लाग्ने मल्पी गा.पं. अन्तर्गतको वाल्चा समेतको खेत माटो मुरी २६।१२।४ को जग्गा मध्ये आधी जग्गा ऐ. वडा नं. १ कि.नं. २०२ को क्षेत्रफल ४–२–१।। कायम ठहर भई मेरै नाममा नाप जाँच हुन गएछ र बाँकी जग्गा विपक्षी रामबहादुर कार्कीका नाममा कि.नं. २०३ नं. भई क्षेत्रफल जग्गा रोपनी ३–१०–० कायम ठहर भई नाप जाँच हुन गएको कुरा ज.ध.प्र.पूर्जा लिएपछि थाहा भएकोले सो पुरै जग्गा मेरो पिताजी बमबहादुर कार्कीका नाममा हुँदा उहाँको २०२५ सालमा परलोक अवस्था पछि गाउँ पञ्चायत मार्फत तिरो बुझाएर भोगचलन गर्दै आएको छु । त्यसैले जग्गामा विपक्षीले कि.नं. २०३ को ज.रो. ३–१०–० आफ्नो साविक कि.नं. ७३९ को माटो मुरी ।।११।४ को तिरो रु. ७।२० लाग्नेसंग भिड्ने जग्गा हो भनी झुठ्ठा बयान गरेर दर्ता गराएको पूर्व वन जाने ठाडो बाटो पश्चिम गुठी खेत उत्तर गुठी खेत, दक्षिण जगतबहादुरको खेत यति ४ किल्ला भित्रको कि.नं. २०३ को क्षेत्रफल ३–१०–० को दर्ता बदर गरी मेरा नाममा दर्ता गराई मेरै हक कायम गरी विपक्षीकै दावी छुटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको जग्गा बाबुकै पालामा अंश बण्डा भई अहिले हामी छोरा नातीहरुले भोगचलन गरी आएका छौं र उक्त जग्गाको ३ वर्षको अर्थात् वादीले ०२७।२८।०२९ सालको तिरो आफ्नै हस्तेवारीबाट मेरा नाममा बुझाई दिएका छन् त्यस किसिमको तिरो बुझाईबाट पनि हाम्रो बाबु बाजेको अंश भागको रहेछ भन्ने कुरा प्रष्ट हुन आएको छ सो जग्गा अंशबण्डा नभएकोबाट खान्गी खारेज भई २००९ सालमा वादीका बाबा बमबहादुर जीवित छँदै आ–आफ्नो अंश भागको जग्गाहरु बाबा छउन्जेल बाबाहरुले नै तिरो नामसारी भोग गरी आएको र अहिले मेरो बाबाको शेषपछि मैले नै आफ्नो नाममा नामसारी तिरो बुझाई आएको हुँदा झुठ्ठा वादी दावीबाट र्फुसद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४.