निर्णय नं. ३५०९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५०९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२५ २०४१ निर्णय नं. ३५०९ ने.का.प. २०४५ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् ०४४ सालको रिट पु.इ.नं. ५३ आदेश भएको मिति : २०४५।४।२५।३ मा रिट निवेदक : का.न.पं. वडा नं. शान्ति गोरेटो बस्ने लक्ष्मीनाथ कोइराला विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मुद्दा परी कारवाही चली रहेको अवस्थामा कूत कबूलियत गरे गराएको देखिँदा पहिले देखिकै जोत्ने मोही हो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) मुद्दा पर्दा पर्दैका अवस्थामा गराई लिएको कबूलियतकै आधारमा मात्र मोही मान्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश राउत आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन पेश हुँदा श्री सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनपत्रको तथ्य यस प्रकार छ : २. निवेदक मध्ये लक्ष्मीनाथ कोइरालाले मिति २००१।१।२७।३ मा कृष्णबहादुर ज्यापूसंग निजको चावहिलमा रहेको जग्गाको मोहियानी हकको जग्गा राजीनामा पारित गराई लिएको र आफ्नै श्रमले जग्गा जोती ज.ध. लाई कूत तिरी आएको र पछि सो जग्गा मध्ये केही क्षेत्रफलमा लक्ष्मीनाथको भाई म रामनाथ कोइराला र म नारायण शर्माले समेत जोती ज.ध. सालसालै कूत बुझाई आएका थियौं । भूमिसम्बन्धी ऐन लागू हुँदा एक कित्ता म लक्ष्मीनाथले एक कित्ता म रामनाथले र एक कित्ता म नारायण शर्माले मोहीको हैसियतले जोती आएको हुँदा दफा २५(१) अनुसारको मोही हामीलाई प्राप्त छ । नापीमा म लक्ष्मीनाथले कमाएको जग्गा चावहिल गा.पं. वडा नं. ९(क) कि.नं. ७७ कायम भएको त्यस्तै म रामनाथ कोइरालाले कमाएको कि.नं. ७८ र म नारायण शर्माले कमाएको कि.नं. ७९ कायम भई जग्गाधनी म मानकुमारी कायम भएको थियो । २०३९ साल सम्मको कूत बुझाई सकेको र २०४० सालको वाली बुझाउन बाँकी नै थियो यस्तै अवस्थामा भूमिसुधार कार्यालय, काठमाडौंबाट हामीलाई एक म्याद प्राप्त हुन आयो । जस्मा हिराकाजीले हामीले कमाएको जग्गामा जोत कायम गरिपाउँ भनी निवेदन दिएको हुँदा हाजिर हुन आउनु भनिएको रहेछ । बुझ्दा मिति २०४१।९।६ मा विपक्षी हिराकाजीले भूमिसुधार कार्यालयमा निवेदन दिएकोमा सो निवेदनमा २०२५ सालदेखि हामी निवेदकसँग जग्गा जोत्न आएको र साल सालै वाली तिरेकोमा लक्ष्मीप्रसाद समेतले खनजोत गर्न आएकोमा मानकुमारीको जग्गा रहेछ भन्ने थाहापाई वडा नं. ७ समितिमा निवेदन दिई सरजमीन गरी हिराकाजीलाई मोही कायम गर्ने सरजमीन पठाई दिएको हुँदा उक्त कित्ताको मोहियानी कायम गराई पाउन हिराकाजीको निवेदन परेको रहेछ । हामीले हिराकाजीलाई जोत्न दिएको छैन । ७ नं. वडा समितिले गरेको सरजमीन हामीलाई थाहा नभएको र उपस्थित नगराइएकोले मान्यता नहुने हुँदा वादी खारेज होस् भन्ने बयान गरेका थियौं । ज.ध. मानकुमारीले बयान गर्दा हामीले जोती आएको उल्लेख गरेको २०३९ सालसम्मको वाली पाएको ०४०।०४१ को वाली बाँकी राखेकोमा बुझ्दा हिराकाजीले स्थानी