निर्णय नं. ८३९३ - बन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३९३ - बन्दीप्रत्यक्षीकरण । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०२/०३ ३३६५ निर्णय नं. ८३९३ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्बत् २०६६ सालको विविध MS ००१५ आदेश मितिः २०६७।२।३।२ मुद्दाः बन्दीप्रत्यक्षीकरण । निवेदकः धनुषा जिल्ला धनुषाधाम गा.वि.स.वडा नं ४ वस्ने कमल रायमाझी तथा सविता के.सी.रायमाझीको छोरी ११ महिनाको प्रार्थना रायमाझीको हकमा सविता के.सीं रायमाझी विरुद्ध विपक्षी :सर्लाही जिल्ला हजरिया गा.वि.स.वडा न. ८ वस्ने रामबहादुर रायमाझी समेत § नाबालकको पालनपोषण र संरक्षणमा विशेष सर्तकता अपनाउन पर्ने हुन्छ । यस प्रसँगमा बाबु र आमा कुनै कारणबश अलग अलग बस्ने भएमा मातृ वात्सल्यको आवश्यकता ठानिएकी नाबालिकाले निजकी आमाको काखमा हुर्कन पाउने र आमाको स्तनपान गर्न पाउने बालकको जन्मसिद्ध तथा बाँच्न पाउने अधिकारसँग गाँसिएको विषयलाई आत्मसात गरी मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं को देहाय (१) मा भएको कानूनी व्यवस्थालाई यस अदालतले नजरअन्दाज गर्न नसक्ने । (प्रकरण नं.७) § आमाको मञ्जूरी विना वलजफ्ती राखेको कार्यबाट वच्चीको स्वतन्त्रतालगायत सम्पूर्ण हक अपहरण भएको देखिन्छ । स्वतन्त्रतासम्बन्धी हक हनन भएको अवस्थामा साधारण अधिकारक्षेत्र अवलम्बन गर्नुपर्ने भन्न कानून र न्यायका मान्य सिद्धान्त समेतको विपरीत हुने । (प्रकरण नं.८) § नाबालिकालाई कानूनको अख्तियार विना गैरकानूनी रुपले निजकी आमाबाट जबरजस्ती छुटाई गैरकानूनी रुपमा बन्दी बनाइएकोले (छुटाई) आमाको जिम्मा लगाई दिनुपर्ने । (प्रकरण नं.९) निवदेक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश के.सी. विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भरतबहादुर राउत र श्री यदुनाथ खनाल अवलम्वित नजीरः नेकाप २०६१, अङ्क ६, पृष्ठ ६७६ सम्बद्ध कानूनः § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ४, ५, ६, ८ § नागरिक अधिकार ऐन, २०१२ को दफा १६ § लोग्ने स्वास्नीको महलको ३(१) आदेश न्या.तपबहादुर मगरः पुनरावेदन अदालत जनकपुरका माननीय न्यायाधीशहरू बीच रायमा एकरुपता कायम हुन नसकी न्याय प्रशासन ऐन, २०४८ को दफा ८ को देहाय (४) र सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ५(१) (च) बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं ठहर यस प्रकार रहेको छ : – म निवेदिका सविता के.सी.को जातिय धार्मिक तथा संस्कृति परम्पराअनुसार कमल रायमाझीसँग २०६२ साल जेष्ठ २ गते विवाह सम्पन्न भयो । उक्त वैवाहिक सम्बन्ध अभिभावकहरूको निर्णयानुसार परम्परागत रुपमा जन्ती ल्याई दाइजो उपहार समेतको वन्दोवस्तका साथ धुमधामसँग भएको थियो । सफल वैवाहिक सम्बन्धस्वरुप २०६५ साल मार्ग ७ गते छोरी सन्तान जन्मिन् निजको न्वारन गरी प्रार्थनाको नामबाट नामाकरण जुरेको छ । शिरखण्डका विपक्षीमध्येका रामबहादुर रायमाझी ससुरा, छुनुमाया रायमाझी सासू, कविता रायमाझी नन्द, तथा कमल रायमाझी पति नातामा पर्नु हुन्छ, सासू, ससुरा, पति तथा नन्दले विवाह भएदेखि नै दाइजोका लागि यातना दिदै आउनु भएको थियो छोरीको जायजन्म भएपछि दाइजोको माँग फेरि वढ्यो पिता पनि सामान्य परिवारका भएबाट मेरा पतिको घर तर्फको आर्थिक माग पुरा गर्न सक्ने क्षमता अभाव हुँदा सो हुन नसके पछि पटक पटक शारीरिक रुपमा यातना दिन लागे, यहि २०६६ साल भाद्र ८ गते वेलुका ८ वजेको समयमा म निवेदिकालाई कुटपीट गरी शारीरिक यातना दिई घरबाट निकाली मेरी १० महिनाकी छातीको द