निर्णय नं. ६३१४ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३१४ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०८/१७ २४०१ निर्णय नं.- ६३१४ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५० सालको रिट नं. .... २८२६ आदेश मितिः- २०५३।८।१७।२ विषयः- उत्प्रेषण मिश्रित परमादेश । रिट निवेदकः- जिल्ला कैलाली टिकापुर गाउँ विकास समिति वडा नं. ३ वस्ने थर्क वहादुर शाह । विरुद्ध विपक्षीः- टिकापुर विकास समिति, कैलाली समेत ४ । § मेरो नाम दर्ताको जग्गाको केही खण्डमा मैले नै रोपेको रुख काट्न जांदा विपक्षी समितिले प्रतिवाद गरेकाले कैलाली जिल्ला अदालतमा पृथक उजुरी दिएको छु भन्ने रिट निवेदन लेखलाई लिएर लिखित जवाफमा सोही मुद्दाबाट निरोपण हुने भन्ने जिकिर लिएको पाइन्छ । रिट निवेदकले जग्गा सट्टा भर्ना पाउँ भन्ने विषयको फिराद नभएर सो मा रोपिएका रुखका सम्वन्धमा सम्म दावी जिकिर लिएको देखिंदा सो मुद्दाबाट रिट निवेदनमा उल्लेख भए वमोजिम विवादको टुंगो लाग्ने स्थिति भएन । तत्कालिन नेपालको संविधान, २०१९ को धारा १५ मा कानून वमोजिम वाहेक कुनै पनि व्यक्तिको सम्पत्ति अपहरण हुने छैन भनी र हाल नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ ले सम्पत्तिको हक सुरक्षित गरेको छ । (प्र.नं. १५) § रिट निवेदकले आफ्नो जग्गा सट्टा भर्नाका लागि टिकापुर विकास समितिमा निवेदन दिई आफ्नो अधिकार प्राप्तिको लागि प्रयत्नरत रहि आएको र सो सम्वन्धमा हालसम्म कुनै आधिकारिक निर्णय नभएकोले टिकापुर विकास समितिको जिकिर वमोजिम रिट निवेदक दुषित मनासाय लिई विलम्व गरी आएको भन्न नमिल्ने । (प्र.नं. १६) § श्री ५ महाराजाधिराज सरकारबाट भएको वक्स निर्देशनका आधारमा निवेदकको उल्लेखित कित्ता जग्गाहरु टिकापुर विकास समितिमा आएको र त्यस्ता कित्ता जग्गाहरुको जमिन सोध भर्ना दिनु भन्ने कुरा सोही वक्स निर्देशनमा नै स्पष्ट रुपमा उल्लेख भै रहेकोले श्री ५ महाराजाधिराज सरकारबाट वक्स निर्देशनको विपरितको काम कारवाही अर्थहीन हुने र त्यस्तो वक्स भएको निर्देशनको विपरित अन्यथा हुन सक्ने स्थिति समेत नहुने । (प्र.नं. १७) निवेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री शुशिल कुमार सिन्हा श्री शरद प्रसाद कोईराला विपक्षी तर्फवाटः- विद्वान अधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीरः- आदेश न्या.त्रिलोक प्रताप राणाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ । २. जिल्ला कैलाली साविक मोरनिया हाल टिकापुर गाउँ विकास समिति वडा नं. ३ कि.नं. ५७१ को क्षेत्रफल ३-५-१५ ऐ. कि.नं. १७४ को क्षेत्रफल ३-६-५ जग्गा म निवेदकले २०४५।३।६ मा र.नं. ४६२२ द्वारा राजिनामा पारित गराई लिएको नम्वरी जग्गा हो । सो जग्गाको मालपोत म निवेदकले नै तिर्दै आएको छु । श्री ५ महारजधिराज सरकार तथा श्री ५ वडा महारानी सरकारबाट सुदूर पश्चिामान्चल क्षेत्रको अनौपचारीक भ्रमण गरी बक्संद टिकापुर विकास समितिको वंगलासित जोडिएको नम्वरी जग्गाहरुलाई सोही ठाउँको जंगल क्षेत्रको कुनानेरको जमिन सोधभर्ना दिई त्यहाँबाट हटाऐन निर्देशन नं. १५.१५.२ मा उल्लेख भएको आधारमा टिकपुर विकास समितिले ९५० विगाहा जग्गा सट्टा भर्ना दिने कार्य भई सकेको छ । मेरो उल्लेखित जग्गा पनि सोही निर्देशन अन्तर्गत टिकापुर विकास समितिले प्राप्त गरेको हो, मलाई हालसम्म सट्टा भर्ना दिइएको छैन । अनावश्यक रुपमा विपक्षी वन मन्